ज्यान मार्ने उद्योगमा इटहरीबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
गत असार २९ गते इटहरी ६ बस्ने संजय चौधरीको ग्यास सप्लायर्स गोदाममा प्रशान्त भन्ने सन्तोष खड्काले ग्यास सिलिण्डर भण्डार कोठामा आगो लगाई ज्यान मार्ने उद्योग गरी तत्काल फरार रहेको अभियोगमा उनलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
तत्काल फरार रहेका निज खड्कालाई पक्राउ गरी ज्यान मार्ने उद्योग मुद्धामा सुनसरी जिल्ला अदालतवाट म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
















Discussion about this post