प्रदेश १ मा आज ३१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो सँगै प्रदेश १ मा संक्रमितहरुको संख्या १ हजार २४ पुगेको छ ।
आज झापामा १३, मोरङमा १२, इलाममा ५ र उदयपुरमा १ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताले बताए ।
झापाको मेचीनगरमा ११ पुरुष र २ महिलामा संक्रमण भएको हो भने विराटनगरमा ६ पुरुष र ५ महिलामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, सुनबर्षी नगरपालिकामा १ महिला, इलामको इलाम नगरपालिकामा ५ पुरुष, उदयपुरको त्रियुगामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।
















Discussion about this post