विराटनगर महानगरपालिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ह्वात्तै बढेसँगै पुनः लकडाउन हुने भएको छ ।
संक्रमितको संख्या बढ्दै गएपछि विराटनगर महानगरपालिकाले १४ दिने लकडाउनको घोषणा गरेको हो ।
महानगरमा शुक्रबार राति १२ बजेदेखि दुई सातासम्मका लागि लकडाउन गरिएको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले जानकारी दिए ।
महानगरपालिकाले यसअघि नै लकडाउन गर्न जोड गरे पनि प्रदेश सरकारले अनुमति नदिएको आरोप लगाउँदै आएको थियो ।
















Discussion about this post