Monday, August 10, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध अन्तर्वार्ता

इटहरी वडा नं. १६ को प्राथमिकता : गाउँमा सडक र सिचाई

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ २७, २०८१
in अन्तर्वार्ता, समाचार
0
इटहरी वडा नं. १६ को प्राथमिकता : गाउँमा सडक र सिचाई
169
SHARES
Share on FacebookShare on Twitter

इटहरी : व्यापारिक सहरको छवि बनाइरहेको इटहरी उपमहानगरपालिकाको ग्रामीण क्षेत्रमा पर्छ वडा नम्बर १६ । तत्कालीन पकली गाविसका ३ र एकम्बा गाविसका ३ वटा वडा मिलेर हालको वडा नम्बर १६ बनेको हो ।

पूर्व पश्चिम हाईवेले छोएका केही क्षेत्र सहरको रूपमा विकास भएको छ भने अधिकांश क्षेत्र ग्रामीण क्षेत्रको रूपमा रहेका छन् ।  ग्रामीण क्षेत्र भएकाले सडक पूर्वाधार र कृषिका लागि सिचाई यहाँका स्थानीयको पहिलो माग थियो, छ र अझै पनि यही माग कायमै छ ।

स्थानियबासीको यही माग पुरा गराउन आफू दिनरात काममा खटिरहेको वडा न. १६ का अध्यक्ष तेजनारायण चौधरीले बताए । वडाका सबै ठाउँमा ग्राभेल तथा कालोपत्रे सडक पु¥याउनु र कृषकका लागि सिचाई उपलब्ध गराउनु आफ्नो पहिलो प्राथमिकता भएको अध्यक्ष तेजनारायण चौधरीले सुनाए ।

हिलाम्मे र धुलाम्मे सडकलाई ग्राभेल अनि कालोपत्रे गर्ने उनले जनतासँग वाचा गरेका थिए । कृषकलाई बाली लगाउन सिचाई पु¥याउने उनले गरेको अर्को वाचा हो । यी वाचाहरू पुरा गराउन अध्यक्ष तेजनारायण योजनाबद्ध रूपमा काम गर्दै छन् ।

सडक पूर्वाधार 

भौगोलिक हिसाबले पनि यस क्षेत्रमा सडक पूर्वाधार राम्रो छैन । गाउँ गाउँमा बाटो पु¥याउनुपर्नेछ । भएका बाटोहरू पनि हिलाम्मे र धुलाम्मे हुन्छन् । यी सडकहरूलाई ड्रेन, ग्राभेल र कालोपत्रे गर्दै सुविधा सम्पन्न बनाउनुपर्ने छ ।

सडक पूर्वाधार नै यहाँका जनताको प्रमुख माग हो, अध्यक्ष तेजनारायण चौधरीले बताए । जनताको माग पुरा गराउन उनले वडा, नगर र बहुबर्षिय योजनामा समेटेर सडक बनाउने काम गर्दै आएको जानकारी दिए ।

उनी निर्वाचित भएर आए पछि हाल सम्म साढे ३ किलोमिटर सडक कालोपत्रे भएको उनले बताए । यस्तै ३ किलोमिटर जति बाटो ग्राभेल भएको छ । पछिल्लो समय सजिलो र राम्रो देखिने भएकाले माग बढेको ब्लक टाली लगाउने काम पनि यहाँ भएका छन् । जनताको माग अनुसार २ किलोमिटर सडकमा ब्लक टाली लगाएर सडकलाई हिलाम्मे र धुलाम्मे मुक्त बनाइएको छ ।

अझै पनि धेरै ठाउँमा सडकलाई स्तर उन्नति गर्दै कालोपत्रे गर्नुपर्ने उनले बताए । यसका लागि चालु वर्ष र आगामी वर्षका लागि पाइप लाइनमा योजनालाई राखिएको उनले सुनाए ।

सडक पुगेपछि मात्रै अन्य पूर्वाधार पुग्न सक्ने भएकाले वडाका सबै गाउँ ठाउँमा सडक सञ्जाल पु¥याउने लक्ष्य अनुसार काम गरिरहेको अध्यक्ष चौधरीले बताए ।

कृषकलाई सिचाई 

यस वडाका अधिकांश जनता खेती गर्छन् । कृषकहरूले मौसमी र बेमौसमी तरकारी बाली लगाउँछन् । खेती तथा तरकारी बालीका लागि नियमित रूपमा सिचाई आवश्यक हुन्छ । नदी तथा नहरले भेट्ने ठाउँमा त सिचाइको सुविधा हुन्छ । तर उच्च ठाउँमा सिचाइको सुविधा छैन ।

कृषकका हरेक दुःख कष्टसँगै भोगेका तेजनारायणलाई सिचाई पु¥याउनु ठुलो चुनौती छ । सिचाइका लागि ठुलो लगानीका योजना आवश्यक थियो । तर वडा र नगरसँग पर्याप्त स्रोत भएन । त्यस पछि उनले माथिल्लो सरकारको सहयोग मागे । प्रदेश सरकारलाई विश्वास दिलाएर उनले करिब ७० लाख बजेटका भूमिगत सिचाई योजना ल्याउन सफल भए ।

नियमित खेती लगाउने र बेमौसमी तरकारी बाली लगाउने कृषकका लागि भूमिगत सिचाई योजना सञ्चालनमा आयो ।  डिप बोरिङ मार्फत अन्डरग्राउन्ड पाइप विच्छ्याएर उच्च जमिनमा पनि सिचाई पु¥याउन अध्यक्ष चौधरी सफल भए ।

यस योजना अनुसार करिब ६० देखि ७० बिगाहा जमिनमा सिचाई सुविधा पुगेको छ । नियमित रूपमा पानी उपलब्ध भएपछि यहाँका किसानले सिजन अनुसार ३ बाली लगाउने गरेको छन् ।

धान, गहुँ, मकै,तोरी लगायतका अन्नबाली ३ बाली लगाउँछन् । तर अहिले कृषकहरूले मौसमी र बेमौसमी तरकारी बाली पनि लगाउँछन् । पानी नियमित भएपछि बाली लगाउन सजिलो भएको स्थानीय कृषक रमेश चौधरीले जानकारी दिए । नियमित रूपमा तरकारी खेती गर्दै आएका उनी जस्ता अन्य २५ देखि ३० जना कृषकले बेमौसमी तरकारी खेती लगाउने गरेका छन् ।

यहाँ सिजन अनुसारका फर्सी, भिण्डी, बैगुन, काँक्रा, बोडी, घिरौँला, करेला लगायतका तरकारी खेती हुन्छ । यहाँ उत्पादन भएका तरकारीहरू इटहरीका स्थानीय बजार देखि विराटनगरका मुख्य तथा सहायक बजार सम्म पुग्ने गरेको छ ।

वडा सदस्य हुँदै वडाध्यक्ष  

अघिल्लो कार्यकालमा वडा सदस्य रहेका तेजनारायण चौधरी यस पटक भने वडा अध्यक्षमा निर्वाचित भएका हुन । तत्कालीन वडा अध्यक्षलाई सफल बनाउन उनले पूर्ण रूपमा सहयोग गरे । वडा सदस्य हुँदा गाउँ गाउँमा पुगेर जनताको काम गरेका तेजनारायणले दोस्रो पटकको निर्वाचनमा अध्यक्ष उठ्ने अवसर पाए । अघिल्लो कार्यकालका आफ्नै वडा अध्यक्षलाई तेजनारायणले पराजित गर्दै वडा अध्यक्षमा निर्वाचित भए ।

इटहरीका थारु अगुवा नेताको छवि बनाएका तेजनारायण चौधरीसँग उनले गरेका कामको विषयमा गरिएको छोटो कुराकानी :-

वडा नम्बर १६ कस्तो वडा हो ? 

१६ नम्बर वडा साबिकको पकली गा.विसको ३ वडा र एकम्बा गाविसका ३ वटा वडा गरी ६ वटा वडा मिलेर बनेको वडा हो । भौगोलिक हिसाबले केही सहरी क्षेत्रमा पर्छ भने धेरै जसो ग्रामीण क्षेत्र पर्छ ।

साबिक गाविस भएको कारणले गर्दा र ग्रामीण क्षेत्र भएकोले पूर्वाधार हिसाबले कमजोर छ । तर अहिले उपमहानगरपालिका भएपछि विकास हुन थालेको छ । तर अझै पनि पूर्वाधार विकास देखि मानवीय विकास सम्मका कामहरू गर्नुपर्ने छ ।

यस वडाको प्राथमिकता के के हुन् ? 

म अघिल्लो कार्यकालमा पनि वडा सदस्य भएर काम गरेको हो । र अहिले वडा अध्यक्षको रूपमा कार्यरत छु । मैले अघि पनि भने यो वडा विगतमा गाविसको वडा भएकोले पूर्वाधारको हिसाबले कमजोर थियो । यहाँका अधिकांश मानिसहरूले हामीसँग त्यो बेला पनि र अहिले पनि यहाँका बाटोघाटो, सिचाइको नै माग गर्नुहुन्छ ।

सडक कालोपत्रे देखि लिएर बाली लगाउन सिचाइको व्यवस्था गरिदिन माग गर्नुहुन्छ । यस हिसाबले पनि यहाँको पहिलो प्राथमिकता सडक पूर्वाधार र कृषकका लागि सिचाइको प्रबन्ध नै हो । यस पछि शिक्षा, स्वास्थ्य लगायत अन्य पूर्वाधारहरू छन् ।

अहिले सम्म आउँदा भएका मध्ये राम्रा काम के के हुन् ? 

राम्रा कामको सन्दर्भमा कुरा गर्दा हामीले धेरै राम्रा काम गरेका छौँ । पूर्वाधारको क्षेत्रमा धेरै वटा बाटोहरू हामीले बनाएका छौँ । वडा, नगर र बहुबर्षिय योजना अन्तर्गतका बाटोहरू निर्माण सम्पन्न भएका छन् । धेरै बाटोहरू कालोपत्रे भएका छन् । हिजो हिँड्नै नसक्ने बाटो अहिले सररर गाडी गुड्ने कालोपत्रे भएको छ ।

सयौँ वर्ष देखि नबनेको टिकुलिया टोलको बाटो परापूर्व काल देखि चल्दै आएको तर अत्यन्तै जीर्ण थियो । त्यो बाटो बनाउने भनेर मैले जनतासँग प्रतिबद्धता पनि गरेको थिएँ । सो बाटो अहिले कालोपत्रे भएको छ । मैले मेरो वाचा पुरा गरेको छु ।

अन्य विकास निर्माण र सेवा प्रवाहको विषयमा वडाले गर्ने वडाको पहलमा र नसक्ने कामहरू नगर र प्रदेश सरकारसँग समन्वय गरेर सम्पन्न भएका छन् ।

ग्रामीण क्षेत्र भन्नुभयो, सिचाइका लागि के के काम भएका छन् ? 

यहाँका किसानका लागि हामीले धेरै ठाउँमा डिप बोरिङ गरेर उच्च ठाउँमा सिचाई पु¥याउने काम गरेका छौँ । हामीले प्रदेश सरकारको सहयोग तथा समन्वयमा करिब ७० लाख बजेटको वैज्ञानिक सिचाई योजना सम्पन्न गरेका छौँ ।

उच्च भूभागमा अन्डरग्राउन्ड पाइप विच्छ्याएर सिचाई गर्न मिल्ने बनाइएको छ । यसबाट करिब ६० देखि ७० बिगाहा जग्गामा सिचाइको सुविधा पुगेको छ । यसबाट धेरै कृषकहरू लाभान्वित भएका छन् । यसबाट खेती लगाउन सहज मात्रै भएको छैन । उत्पादन पनि बढेको छ ।

हाम्रा कृषकहरूले उत्पादन गरेका तरकारीहरू इटहरीका बजार देखि लिएर विराटनगरको बजार सम्म पुग्ने गरेको छ । यसबाट धेरै कृषकहरूलाई फाइदा पुगेको छ ।  आगामी दिनमा पनि सिचाई नपुगेका क्षेत्रमा सिचाई पु¥याउने लक्ष्य छ ।

शिक्षा र खेलकुदको क्षेत्रमा के के काम भएका छन् ? 

हामीसँग २ सामुदायिक विद्यालय छन् भने एक बाल विकास केन्द्र छ । विद्यालयहरूको भौतिक पूर्वाधार अत्यन्तै जीर्ण छ । हामी आएपछि सरस्वती जब्दी मा.बिमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत एउटा भवन बनाउन सक्यौँ ।

त्यसमा अहिले बजेट हालेर वैज्ञानिक हिसाबले पढ्न पाउन भनेर स्मार्ट बोर्ड लगाउने काम भएको छ । अहिले त्यो चालु भइसकेको छ । कतिपय स्कुलमा शिक्षकहरूको अभाव थियो । त्यसमा वडाबाटै बजेट हालेर भएर पनि शिक्षक अभाव भएको विद्यालयमा शिक्षक व्यवस्था गरेका छौँ ।

स्कुलहरूमा चाहिएको विभिन्न शैक्षिक सामाग्रीहरू खरिद गरी उपलब्ध गराएका छौँ । यसोसँगै नियमित रूपमा अनुगमन र निरीक्षण गर्ने व्यवस्था मिलाएका छौँ । विद्यालयका विद्यार्थीहरूसँग अन्तक्रिया गरी शिक्षकहरूले पढाउने तरिका,अवस्थाका बारेमा जानकारी लिने काम गरेका छौँ । यस्तै अभिभावकसँग पनि अन्तर्क्रिरया गर्दै उहाँहरूको कुरा सुन्ने र वडाको शैक्षिक गुणस्तर सुधारका लागि गर्नुपर्ने कामको बारेमा सचेतना जगाउने काम गरेका छौँ ।

यता, खेलकुदको क्षेत्रमा भने पर्याप्त बजेट नहुँदा सोचे अनुसार काम गर्न सकेको छैन । खेल क्षेत्रमा अन्य भन्दा कम बजेट भएको महसुस भएको छ । आगामी दिनमा खेल क्षेत्रमा बजेट वृद्धि गर्दै राम्रा काम गर्ने योजना बनाएका छौँ ।

 

-ADVT

Tags: #इटहरी उपमहानगरपालिकातेजनारायण चौधरी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरी घटना : सहिद घोषणाको विवादले एक सातादेखि रवीन्द्र मेहताको शव अस्पतालमै
FEATURE BREAKING

सुनसरी घटना : सहिद घोषणाको विवादले एक सातादेखि रवीन्द्र मेहताको शव अस्पतालमै

by टाकुरा न्यूज । इटहरी
साउन २५, २०८३
0

इटहरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भई मृत्यु भएका २२ वर्षीय रवीन्द्र मेहताको शव एक सातादेखि त्रिवि...

बीपी प्रतिष्ठानमा प्यालियेटिभ तथा हस्पिस केयरसम्बन्धी पाँचदिने कार्यशाला सुरु
विविध

बीपी प्रतिष्ठानमा प्यालियेटिभ तथा हस्पिस केयरसम्बन्धी पाँचदिने कार्यशाला सुरु

by टाकुरा न्यूज । इटहरी
साउन २५, २०८३
0

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोशी प्रदेशमा प्यालियेटिभ तथा हस्पिस केयर (प्रशामक सेवा) विस्तार गर्ने उद्देश्यले पाँचदिने...

इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

साउन २५, २०८३
विपन्न महिलालाई नेकपाको घर उपहार, झापामा आवास अभियानको सुरुआत

विपन्न महिलालाई नेकपाको घर उपहार, झापामा आवास अभियानको सुरुआत

साउन २५, २०८३
‘गरिबी निवारणका लागि प्राङ्गारिक कफीखेती’ कार्यक्रम

कफी खेतीमा भोजपुरको भविष्य खोज्दै किसान, नगरपालिकाको दुई करोडभन्दा बढी लगानी

साउन २५, २०८३
इटहरी–धरानसहितका ठाउँमा खाना पकाउने ग्यासको चरम अभाव

सङ्खुवासभामा ग्यास कालोबजारी, एक व्यवसायीलाई पक्राउ

साउन २५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरी घटना : सहिद घोषणाको विवादले एक सातादेखि रवीन्द्र मेहताको शव अस्पतालमै

सुनसरी घटना : सहिद घोषणाको विवादले एक सातादेखि रवीन्द्र मेहताको शव अस्पतालमै

साउन २५, २०८३
बीपी प्रतिष्ठानमा प्यालियेटिभ तथा हस्पिस केयरसम्बन्धी पाँचदिने कार्यशाला सुरु

बीपी प्रतिष्ठानमा प्यालियेटिभ तथा हस्पिस केयरसम्बन्धी पाँचदिने कार्यशाला सुरु

साउन २५, २०८३
इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

साउन २५, २०८३
विपन्न महिलालाई नेकपाको घर उपहार, झापामा आवास अभियानको सुरुआत

विपन्न महिलालाई नेकपाको घर उपहार, झापामा आवास अभियानको सुरुआत

साउन २५, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1113 shares
    Share 445 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    633 shares
    Share 253 Tweet 158
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    467 shares
    Share 187 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    441 shares
    Share 176 Tweet 110

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.