तरहरा जेसीजले नयाँ सदस्यता थप गरेको छ ।
तरहरा जेसीजका अध्यक्ष सुनिल तिम्सिनाका अनुसार विभिन्न क्षेत्रमा सक्रिय ३० जना नयाँ युवाहरुलाई सदस्य थपिएको हो । शनिबार इटहरीमा एक कार्यक्रमको आयोजना गरी तरहरा जेसीजका लागि ३० जना नयाँ सदस्य थप गरिएको तिम्सिनाले बताए ।
नेपाल जेसीजका निवर्तमान राष्ट्रिय अध्यक्ष महेश पौडेलले जेसीजको भिजन र मिसन बारेमा प्रष्ट्याएका थिए । उनले युवाहरुले अबको नेतृत्व लिन आवश्यक रहेको बताए ।

उनले भने, नेतृत्व लिनका लागि पदमा मात्रै बस्नुपर्छ भन्ने होईन, पदबिना पनि नेतृत्व लिन सकिन्छ । आम मानिसले भाग्यलाई दोष दिने र परिश्रम नगर्ने गरेको उदृत गर्दै मेहनत गरेमा फल अवश्य मिल्ने पौडेलको तर्क थियो ।
कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष अमिश ढकाल, तरहरा जेसीजका पूर्व अध्यक्ष भोलाकाजी बस्नेत, तरहरा जेसीजका निवर्तमान अध्यक्ष विकास गिरी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नयाँ सदस्यहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।
















Discussion about this post