इटहरी उपमहानगरपालिकामा थप एकजनामा कोरोना भाइरसको संक्रमण भएको छ।
केही दिन अगाडि इटहरी उपमहानगरपालिकाका एक कर्मचारीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि ७८ जनाको स्वाब परीक्षण गरिएको थियो ।
७८ जनाको मध्ये ४० जनाको प्रदेश ल्याबमा पठाईएको र उनीहरुको आज रातीसम्म रिपोर्ट आउँने र ३८ जनाको कोशी ल्याब पठाईएको र उनीहरुको पनि रिपोर्ट आउँने क्रममा रहेको इटहरी अस्पतालका इमरजेन्सी इन्चार्ज रामकुमार धमलाले बताए ।
एकजनामा रिपोर्ट चैँ पोजेटिभ आएको भन्ने छ, उनले फोन सम्पर्कमा भने, तर त्यसको आधिकारिक रिपोर्ट आउँन बाँकी नै छ ।
उनले आधिकारिक रिपोर्ट नआइ केही बताउन नमिल्ने जानकारी दिए ।
















Discussion about this post