ब्राह्मण समाज नेपाल इटहरी साविक हाँसपोसाको वोर्ड बैठकले जनैपूर्णिमामा घर–घरमा गएर रक्षाबन्धन नबाध्ने निर्णय गरेको छ ।
ब्राह्मण समाज तरहराका बरिष्ठ उपाध्यक्ष गोबिन्द कोईरालाका अनुसार समाजको मुख्य उदेश्य नै धर्म, संस्कृति जगेर्ना गर्ने भएपनि अहिलेको बिषम् परिस्थितिमा यसपटक भने घर–घरमा नजाने निर्णय भएको हो ।
सबैले आ–आफ्नै घरमा जनैपूर्णिमा मनाउँन र यस क्षेत्रका ब्राह्मण, पुरोहितहरुलाई अरुका घरमा नजान निर्देशन समेत गरिएको उनले बताए ।
कोरोना भाईरसले जनजिवन प्रभावित भएको अबस्थामा यस बर्षको रक्षाबन्धन घरमै मनाउँन अपिल गरिएको उनले बताए ।

















Discussion about this post