भोजपुरको आमचौक गाउँपालिका ३ हाँतातुङमा भएको ट्याक्टर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् ।
बोयाङबाट बालंखातर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त ५८८ नम्बरको ट्याक्टर आफैँ आनियन्त्रीत भई सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो ।
दुर्घटनामा घाईते भएका आमचोक गाउँपालिका ३ का २८ बर्षीय दीपक कुवँरको स्थानीय बालंखा स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
सोही दुर्घटनामा परेर घाईते भएका अन्य २ जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भईरहेको तथा तीन जनालाई थप उपचारको लागि धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान धरान ल्याईएको प्रहरीले जनाएको छ ।
















Discussion about this post