रोट्र्याक्ट क्लब अफ धरान घोपाले (रोटा फोरेस्ट) नाम दिएर मेगा वृक्षारोपण परियोजनाको पहिलो चरण सम्पन्न गरेको छ।
यस परियोजना अन्तर्गत क्लबले वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको डम्पिङ्ग साइटमा एक हजार दुई सय बिरुवा रोपेको छ ।
कार्यक्रममा चार्टर्ड प्रेसिडन्ट डा. विष्णु पोखरेल, क्लबका सल्लाहकार रोटरियन डा. आशिष श्रेष्ठ, धरान उप–महानगरपालिकाका पर्यावरण विभाग प्रमुख भेषराज पोखरेल, डा. इन्द्र लिम्बु, क्लबका अध्यक्ष रश्मिता सुनुवार लगायतको सहभागिता रहेको थियो ।

परियोजनालाई दीर्घकालीन योजनाको रूपमा लिने र रोपिएका एक हजार दुई सय रूखहरूको हेर बिचारका लागि पूर्ण जिम्मेवारी लिने क्लबकी जनसम्पर्क अधिकरी रुची आचार्यले बताईन् ।
क्लबका निवर्तमान अध्यक्ष दीपेन्द्र प्रसाद यादवको संरचनामा उक्त बृक्षारोपण कार्यक्रम सफल भएको बुझिएको छ ।
















Discussion about this post