Thursday, October 15, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

तरहरामा शनिबार कोरा च्यालेन्ज, तयारी पूरा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन ९, २०८१
in विविध, समाचार
0
तरहरामा शनिबार कोरा च्यालेन्ज, तयारी पूरा
146
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी २० तरहरामा कोरा साइक्लिङ शनिबार आयोजना हुने भएको छ । तरहरा साइक्लिङको आयोजनामा आगामी शनिबार हुने तरहरा कोरामा साइक्लिस्टहरूले २५ किलोमिटर साइक्लिङ गर्नेछन् ।

कार्यक्रम संयोजक बहादुर तामाङका अनुसार यो तेस्रो संस्करण हो । बुधबार पत्रकार सम्मेलन गरी तयारी पूरा भएको र साइक्लिङमा कोशी प्रदेशका पाँच सय बढी साइक्लिस्टहरूको सहभागिता हुने उनले जनाए ।

शिक्षामा लगानी, बालबालिकालाई भोलिको सुनौलो बिहानी भन्ने सन्देशका साथ कोरा आयोजना गर्न लागिएको उनले बताए । कोरा च्यालेन्ज नेपालका विभिन्न स्थानमा वार्षिक रूपमा आयोजना हुने र यसले स्थानीय धार्मिक स्थलहरूको प्रचार गर्ने बताइएको छ ।

साइक्लिङका अध्यक्ष खड्ग भण्डारी (रमेश)ले धार्मिक स्थलको वरिपरी घडीको दिशामा घुम्दै परिक्रमा गराइने र साइकल राइडमा वस्ती, गाउँदेखि सहरलाई साइकलसँग जोड्ने लक्ष्य रहेको बताए ।

कोरा च्यालेन्जमा ६ देखि ६५ उमेर समूहका सहभागी रहने जनाइएको छ । सिनियरको लागि २५ किलोमिटर दूरी हुने र जुनियरका लागि १० किलोमिटरको यात्रा तय गरिएको छ ।

तरहरा चौकबाट शनिबार बिहान ७ बजे सुरु हुने कोरा स्थानीय शिव मन्दिर, गोल्डेन चोक, बि एन्ड बि चोक, गुरुङ गुम्बा, यलम्बर चोक, इमो लाइन, सहमति चोक, हिमशिखर स्कुल, सुन्दर टोल, धरान रोड, पानीपिया, देविथान चोक, चर्च रोड, राई टोल, शिव मन्दिर चोक, हुँदै पर्यटकीय क्षेत्र हुँदै तालतलैया पुग्नेछ ।

त्यहाँबाट भेटघाट चोक, प्रणामी मन्दिर, इटहरी उपमहानगरपालिकाको कार्यालय, आर्मी क्याम्प, हलगडा चोक, जननायक वीपी रोड, भवानी चोक, फुजिसान स्कुल, सामुदायिक वन कार्यालय, तामाङ गुम्बा हुँदै बहुभाषी स्कुल पुगेर समापन हुने तयारी छ ।

जुनियरको लागि भने तरहरा चोकबाट सुरु भई शिव मन्दिर, गोल्डेन चोक, बि एन्ड बि चोक, गुरुङ गुम्बा, यलम्बर चोक,इमो लाइन, सहमति चोक, हिमशिखर स्कुल, सुन्दर टोल, धरान रोड, तरहरा चोक, धनपुरी रोड, जनसहयोग मावि, महुलिया रोड, पश्चिम रोड, भवानी चोक फुजिसान स्कुल, भवानीपुर बास्केटबल खेल्ने मैदान, एकता टोल, नयाँ टोल हुँदै सामुदायिक वन कार्यालय, तामाङ गुम्बा हुँदै बहुभाषी स्कुल पुगेर समापन हुनेछ ।

तरहरा आसपास क्षेत्रका सामुदायिक विद्यालयहरूमा अध्ययनरत गरिब तथा जेहेन्दार बालबालिकाहरूलाई शैक्षिक छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो ।

सहभागी र सहयोगीबाट उठेको शुल्कको खर्च कटाएर बाँकी रहेको रकम विद्यार्थीहरूमाथि लगानी गर्ने उदेश्य रहेको आयोजकले जनाएको छ ।

Tags: #तरहरा#साइक्लिङकोरातरहरा साइक्लिङबहादुर तामाङ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सातै प्रदेशबीच विकास साझेदारीलाई संस्थागत गर्ने कोशी घोषणा–२०८३
FEATURE BREAKING

सातै प्रदेशबीच विकास साझेदारीलाई संस्थागत गर्ने कोशी घोषणा–२०८३

by टाकुरा न्यूज । इटहरी
अशोज २८, २०८३
0

विराटनगर : सातै प्रदेशबीच विकास साझेदारी, साझा पूर्वाधार निर्माण र पारस्परिक लाभमा आधारित सहकार्यलाई संस्थागत गर्ने प्रतिबद्धतासहित ‘कोशी घोषणा–२०८३’ जारी गरिएको...

खुला केन्द्रीय सदस्यमा राजीव कोइराला आठौँ स्थानमा, युवातर्फ पछ्याउँदै दोर्ची शेर्पा
समाचार

खुला केन्द्रीय सदस्यमा राजीव कोइराला आठौँ स्थानमा, युवातर्फ पछ्याउँदै दोर्ची शेर्पा

by टाकुरा न्यूज । इटहरी
अशोज २८, २०८३
0

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदको मतगणनामा चार हजार मत गन्दा राजीव कोइरालाले २ हजार ३१२ मत प्राप्त गरेका...

विदेशमा ज्यान गुमाएका २९ परिवारलाई पालिकाको दसैँ खर्च

विदेशमा ज्यान गुमाएका २९ परिवारलाई पालिकाको दसैँ खर्च

अशोज २८, २०८३
भूमा अधिकारीको ‘तिमी बोल्दा’ गीतको म्युजिक भिडियो सार्वजनिक

भूमा अधिकारीको ‘तिमी बोल्दा’ गीतको म्युजिक भिडियो सार्वजनिक

अशोज २८, २०८३
सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक पुरुषको मृत्यु

भोजपुरमा भरुवा बन्दुक बरामद

अशोज २८, २०८३
परम्परागत रूपमा माटोले घर पोत्ने चलन हराउँदै

परम्परागत रूपमा माटोले घर पोत्ने चलन हराउँदै

अशोज २८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सातै प्रदेशबीच विकास साझेदारीलाई संस्थागत गर्ने कोशी घोषणा–२०८३

सातै प्रदेशबीच विकास साझेदारीलाई संस्थागत गर्ने कोशी घोषणा–२०८३

अशोज २८, २०८३
खुला केन्द्रीय सदस्यमा राजीव कोइराला आठौँ स्थानमा, युवातर्फ पछ्याउँदै दोर्ची शेर्पा

खुला केन्द्रीय सदस्यमा राजीव कोइराला आठौँ स्थानमा, युवातर्फ पछ्याउँदै दोर्ची शेर्पा

अशोज २८, २०८३
विदेशमा ज्यान गुमाएका २९ परिवारलाई पालिकाको दसैँ खर्च

विदेशमा ज्यान गुमाएका २९ परिवारलाई पालिकाको दसैँ खर्च

अशोज २८, २०८३
भूमा अधिकारीको ‘तिमी बोल्दा’ गीतको म्युजिक भिडियो सार्वजनिक

भूमा अधिकारीको ‘तिमी बोल्दा’ गीतको म्युजिक भिडियो सार्वजनिक

अशोज २८, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    634 shares
    Share 254 Tweet 159
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

    289 shares
    Share 116 Tweet 72
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    286 shares
    Share 114 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.