Tuesday, July 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

‘सुरक्षित आवास कार्यक्रम’अन्तर्गत एक हजार सात सय ४२ घर निर्माण

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन २६, २०८१
in विविध, समाचार
0
72
SHARES
Share on FacebookShare on Twitter

झापा : झापामा पछिल्लो सात वर्षमा ‘सुरक्षित आवास कार्यक्रम’अन्तर्गत एक हजार सात सय ४२ घर निर्माण भएका छन् ।

स्थानीय तह, ह्याविट्याट फर ह्युमानिटी इन्टरनेशनल नेपाल र सहारा नेपालको संयुक्त साझेदारीमा यहाँका आठ स्थानीय तहमा ती घर निर्माण गरिएका हुन् ।

‘सहारा नेपाल’का सुरक्षित आवास कार्यक्रम संयोजक भीमप्रसाद भेटवालका अनुसार २०७४ सालमा आएको बाढीबाट विस्थापितका लागि सात सय २५ अस्थायी आवाससहित झापा र मोरङमा गरी दुई हजार नौ सय ९८ घर निर्माण गरिएका छन् ।

त्रिपक्षीय साझेदारीमा निर्माण हुने सुरक्षित आवासका लागि निम्न आय भएका र आफ्नो घर बनाउन नसक्ने परिवारका लागि सुरक्षित आवास प्रदान गरिने संयोजक भेटवालले बताए ।

“सम्बन्धित स्थानीय तहको वडाले त्यस्ता लाभग्राहीको नाम छनोट गर्दछन्”, उनले भने, “वडाको सिफारिसका आधारमा ह्याविट्याट, सहारा नेपाल र स्थानीय तहको संयुक्त टोलीले अनुगमन गरेर मात्र नाम छनोट हुन्छ ।” जग्गा भएकाको हकमा उनीहरुकै जग्गामा घर निर्माण गर्ने गरिन्छ भने जग्गा नभएकाको हकमा स्थानीय तहले जग्गा यकिन गरेर निस्सा उपलब्ध गराएपछि मात्र घर निर्माण गरिन्छ ।

झापा र मोरङ जिल्लामा निर्माण भएका घरको ढाँचाअनुसार प्रतिघर लागत मूल्य रू एक लाख ८५ हजारदेखि रू ६ लाख २३ हजारसम्म (जन श्रमदानबाहेक) रहेको सहारा नेपालका राजु गिरीले जानकारी दिए । झापामा निर्माण भएका घर १६ फिट लम्बाइ र २० फिट चौडाइका रहेका छन् । बरण्डासहित दुई कोठा र एउटा भन्साकोठा तथा सबै घरमा शौचालय अनिवार्य गरिएको छ । मोरङ जिल्लामा निर्माण भएका घर १७.६७ फिट लम्बाइ र २२ फिट चौडाइका छन् ।

झापा गाउँपालिका सबैभन्दा बढी आठ सय ५० घर निर्माण भएका छन् । आव २०८०÷८१ मा एक २० घर निर्माण भएको सहारा नेपालले जनाएको छ । गाउँपालिकाको सहकार्यमा निर्मित घरमा हस्तान्तरण नभए पनि लाभग्राहीले बसोबास सुरु गरिसकेका छन् ।

हल्दीबारी गाउँपालिका ३२, बिर्तामोड नगरपालिकामा पाँच सय १४, अर्जुनधारा नगरपालिकामा ५४, गौरीगञ्ज गाउँपालिकामा ८६, भद्रपुर नगरपालिकामा १५, बाह्रदशी गाँउपालिकामा ३३ र कनकाई नगरपालिका एक सय ५८ घर निर्माण गरिएका छन् ।

मोरङको बेलबारी नगरपालिकामा एक सय एक, धनपालथान गाउँपालिकामा ३९ तथा कानेपोखरी गाउँपालिकामा ५५ घर निर्माण भएका छन् भने २८ घर निर्माणाधीन अवस्थामा रहेका सहारा नेपालले जनाएको छ ।

Tags: निर्माणसुरक्षित आवास
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

तनाव नघटेपछि कप्तानगन्जमा नेपाली सेना परिचालन
FEATURE BREAKING

सुनसरीमा फेरि अनिश्चितकालीन कर्फ्यू जारी, महेन्द्र राजमार्ग र इनरुवा बजार क्षेत्रमा आवतजावत निषेध

by टाकुरा न्यूज । इटहरी
साउन १२, २०८३
0

इटहरी : सुनसरी जिल्लाको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला...

सुनसरीको कप्तानगन्जमा कर्फ्यु निष्प्रभावी, सुरक्षा निकायमाथि चुनौती
FEATURE BREAKING

सुनसरी घटनाको असर विराटनगरसम्म, बजार क्षेत्र बन्द

by टाकुरा न्यूज । इटहरी
साउन १२, २०८३
0

इटहरी : सुनसरीको देवानगञ्ज–३ कप्तानगन्जमा आइतबार राति भएको हिंसात्मक घटनाको प्रभाव छिमेकी जिल्ला मोरङमा पनि परेको छ। घटनाको विरोधमा मंगलबार...

बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

पूर्वी नाकाबाट दैनिक औसत २६ विदेशी पर्यटक नेपाल प्रवेश

साउन १२, २०८३

झापामा नयाँ उद्योग दर्ता बढ्यो, राजस्व पनि दुई करोड नाघ्यो

साउन १२, २०८३
धनकुटामा ब्रेक फेल भएर दुर्घटनाग्रस्त ट्रकमा आगलागी, चालकले ज्यान जोगाउन सकेनन्

धनकुटामा ब्रेक फेल भएर दुर्घटनाग्रस्त ट्रकमा आगलागी, चालकले ज्यान जोगाउन सकेनन्

साउन १२, २०८३
मोरङका सरकारी कार्यालयमा बिचौलियाविरुद्ध प्रशासनको ‘एक्सन’, ३० जना पक्राउ

मोरङमा डिजे बजाउन निषेध

साउन १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

तनाव नघटेपछि कप्तानगन्जमा नेपाली सेना परिचालन

सुनसरीमा फेरि अनिश्चितकालीन कर्फ्यू जारी, महेन्द्र राजमार्ग र इनरुवा बजार क्षेत्रमा आवतजावत निषेध

साउन १२, २०८३
सुनसरीको कप्तानगन्जमा कर्फ्यु निष्प्रभावी, सुरक्षा निकायमाथि चुनौती

सुनसरी घटनाको असर विराटनगरसम्म, बजार क्षेत्र बन्द

साउन १२, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

पूर्वी नाकाबाट दैनिक औसत २६ विदेशी पर्यटक नेपाल प्रवेश

साउन १२, २०८३

झापामा नयाँ उद्योग दर्ता बढ्यो, राजस्व पनि दुई करोड नाघ्यो

साउन १२, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    630 shares
    Share 252 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.