Sunday, July 26, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयले सार्वजनिक ग¥यो नीति तथा कार्यक्रम

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन ३१, २०८१
in समाचार
0
इटहरीमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयले सार्वजनिक ग¥यो नीति तथा कार्यक्रम
264
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा सञ्चालित सामूदायिक विद्यालयमध्ये वडा नं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयले पहिलोपल्ट वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

आर्थिक वर्ष २०८१/८२ का लागि विद्यालयले तय गरेका कार्यक्रम पूरा गर्न सात करोड बजेट आवश्यक पर्ने नीति तथा कार्यक्रम बिहीबार इटहरीका मेयर हेमकर्ण पौडेलले सार्वजनिक गरेका हुन् ।

इटहरी उपमहानगरपालिकाले अघिल्लो शैक्षिक सत्रदेखि विद्यालय सुधार अभियान चलाइरहेका बेला राष्ट्रिय माध्यमिक विद्यालयले उदाहरणीय कार्य गरेको र अरु विद्यालयले सिको गर्ने मेयर पौडेलले बताए ।

विद्यालयले तय गरेको वार्षिक नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार विकासतर्फ विद्यार्थीको चापलाई मध्यनजर गरेर छ कोठे पक्की भवन निर्माण, विद्यालयको खेलमैदान स्तरोन्नति, सिसि क्यामेरा जडान, विद्यार्थीको निम्ति थप दुईवटा वस थप गर्ने, दुईवटा सौचालय थप गरिने, शुद्द पीउने पानी (फिल्टरसहित) व्यवस्था गर्ने र स्मार्ट विद्यालय स्मार्ट शिक्षक कार्यक्रम लागू गरिने उल्लेख छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोविदजंग कार्कीद्दारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा विद्यालयको बाल उद्यन निर्माण, पार्किङको उचित व्यवस्था, विद्यार्थीको उमेर समूहअनुसार फर्निचरको व्यवस्था, छुट्टै परीक्षा शाखा, चमेना गृह व्यवस्थित गर्ने र आँपगाछी चोकमा साना स्कुल बालबालिकालाई मध्यनज गरेर आउजाउ गर्न सहजताका लागि आकाशे पुल निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउने उल्लेख छ ।

यसैगरी, मानव संसाधन विकासतर्फ तल्लो तहका कक्षामा अध्यापन गर्ने शिक्षकको क्षमता विकास, सवै तहका शिक्षक तथा कर्मचारीलाई विधागत तालिम, विद्यार्थी अनुपातमा शिक्षकको व्यवस्थालगायतका कार्यक्रम गरिने भएको छ ।

यस्तै, शैक्षिक क्रियाकलापतर्फ शिक्षक कार्यसम्पादन सम्झौता करार गरि कार्यान्वयन गरिने मुख्य कार्यक्रममा समेटिएको छ ।

वार्षिक नीति तथा कार्यक्रममा विद्यार्थीका अतिरिक्त क्रियाकलाप बढाउने, ग्रीन क्लबको नेतृत्वमा एक विद्यार्थी एक बिरुवा कार्यक्रम, त्रैमासिक भित्ते पत्रिका प्रकाशन, अभिभावक अभिमुखीकरण कार्यक्रम, कक्षा ८ देखि १२ सम्मका विद्यार्थीलाई ग्रासरुट फुटबल प्रशिक्षण, सिकाई क्षमता कमजोर भएका विद्यार्थीलाई पकेट कक्षा सञ्चालन, योग शिक्षा कार्यक्रम सुरु गर्ने र विद्यार्थीसँग मेयर कार्यक्रम वर्षमा दुईपटक गर्ने गरिने व्यवस्थापन समिति अध्यक्ष कार्कीले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।

कार्यक्रममा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पढ्दै कमाउँदै कार्यक्रम अनुसार कापी उत्पादन गरी बिक्री गरिने, ट्राफिक व्यवस्थापन, लागूऔषध नियन्त्रण सम्बन्धी सचेतना, विद्यार्थीको प्रतिभा पहिचान गरी प्रतिभालाई संरक्षण गरिने, शिक्षक, विद्यार्थी र अभिभावक आचारसंहिता लागू गर्ने लगायत समेटिएका छन् ।

यस्तै, विद्यालय वडापत्रको व्यवस्था, लेखा प्रणाली थप व्यवस्थित, आयव्यय हरेक तीन महिनाको अन्तरमा सूचना पार्टी तथा वेभसाइटमार्फत सार्वजनिक गरिने, अक्षयकोषको रकम वृद्दि गरि थप विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेलगायतका कार्यक्रम समेटिएका छन् ।

अघिल्लो मंसिरमा विद्यालयले ६७ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको थियो । विद्यालयको ६८ औं वार्षिकोत्सवको अवसरमा बालविकासदेखि कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई दाताले स्थापना गरेको १८ लाख ५८ हजार ८६० रुपैयाँको ब्याजबाट प्राप्त ९८ हजार २७३ रुपैयाको छात्रवृत्ति रकम वितरण गरेको थियो ।

अब मंसिरमा थप विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने बताइएको छ । वार्षिक नीति तथा कार्यक्रम सार्वजनिकका क्रममा विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतले आर्थिक वर्ष २०८१/०८२ का लागि अनुमानित आय ११ करोड ७७ लाख ९९ हजार ७४२ रुपैयाँ र व्यय ११ करोड ८३ लाख ६१ हजार ६०३ रुपैयाँ प्रस्तुत गरे ।

सो क्रममा इटहरी उपमहानगरपालिका शिक्षा शाखा प्रमुख दोर्ण दाहालले इटहरी क्षेत्रका १९ वटा माध्यमिक विद्यालयमध्ये राष्ट्रिय माध्यमिक विद्यालय उत्कृष्ट भएको जनाए ।

राष्ट्रिय माध्यमिक विद्यालयमा बालविकासदेखि कक्षा १२ सम्म अध्यापन हुँदै आएको छ भने कुल एक हजार ८८१ जना विद्यार्थी अध्ययनरत छन् ।

Tags: राष्ट्रिय माध्यमिक विद्यालयविद्यालयशरण बस्नेतशिक्षासरन बस्नेत
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सालिक किन रंगहीन? मूर्तिकार विक्रमश्री भन्छन्– प्राकृतिक स्वरूपले नै दिन्छ कालजयी पहिचान
FEATURE BREAKING

सालिक किन रंगहीन? मूर्तिकार विक्रमश्री भन्छन्– प्राकृतिक स्वरूपले नै दिन्छ कालजयी पहिचान

by टाकुरा न्यूज । इटहरी
साउन १०, २०८३
0

इटहरी : प्रसिद्ध मूर्तिकार विक्रमश्रीले सार्वजनिक स्थलमा निर्माण गरिने अधिकांश सालिकहरूमा कृत्रिम रङ प्रयोग नगर्नुको कारण त्यसको दीर्घकालीन सौन्दर्य, ऐतिहासिक...

सुनसरीमा भन्सार छलीका सामान छाडेर तस्कर फरार, ८ लाखको कपडा र तीन मोटरसाइकल बरामद
समाचार

सुनसरीमा भन्सार छलीका सामान छाडेर तस्कर फरार, ८ लाखको कपडा र तीन मोटरसाइकल बरामद

by टाकुरा न्यूज । इटहरी
साउन ९, २०८३
0

इनरुवा : सुनसरी प्रहरीले भन्सार छली गरेर नेपाल भित्र्याइएका करिब आठ लाख रुपैयाँ बराबरका सामान बरामद गरेको छ। प्रहरी टोली...

माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

मोरङमा साथीसँग खेल्न गएकी बालिका पोखरीमा डुबिन्

साउन ९, २०८३
फरार कैदी पुनः अपराधमा, झुम्का कारागारबाट भागेका अभिषेक चोरीको स्कुटरसहित पक्राउ

७५० क्षमताको कारागारमा एक हजार ५८५ कैदीबन्दी, नयाँ संरचनातर्फ झापा प्रशासनको तयारी

साउन ९, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा १०८ ग्राम ब्राउनसुगरसहित एक पुरुष पक्राउ

साउन ९, २०८३
१ अर्ब ३१ करोडको भ्याट छली प्रकरणमा विराटनगरका व्यवसायी सौरभ बियानी कारागार चलान

विराटनगर : ६० हजारभन्दा बढी करदाता, तर लक्ष्यअनुसार राजस्व उठेन

साउन ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सालिक किन रंगहीन? मूर्तिकार विक्रमश्री भन्छन्– प्राकृतिक स्वरूपले नै दिन्छ कालजयी पहिचान

सालिक किन रंगहीन? मूर्तिकार विक्रमश्री भन्छन्– प्राकृतिक स्वरूपले नै दिन्छ कालजयी पहिचान

साउन १०, २०८३
सुनसरीमा भन्सार छलीका सामान छाडेर तस्कर फरार, ८ लाखको कपडा र तीन मोटरसाइकल बरामद

सुनसरीमा भन्सार छलीका सामान छाडेर तस्कर फरार, ८ लाखको कपडा र तीन मोटरसाइकल बरामद

साउन ९, २०८३
माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

मोरङमा साथीसँग खेल्न गएकी बालिका पोखरीमा डुबिन्

साउन ९, २०८३
फरार कैदी पुनः अपराधमा, झुम्का कारागारबाट भागेका अभिषेक चोरीको स्कुटरसहित पक्राउ

७५० क्षमताको कारागारमा एक हजार ५८५ कैदीबन्दी, नयाँ संरचनातर्फ झापा प्रशासनको तयारी

साउन ९, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1108 shares
    Share 443 Tweet 277
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    772 shares
    Share 309 Tweet 193
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    628 shares
    Share 251 Tweet 157
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    600 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    465 shares
    Share 186 Tweet 116

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.