Friday, September 25, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विचार

सूचनाको हकसम्बन्धी ऐनको १७ वर्षः नागरिक अधिकार कार्यान्वयनको लेखाजोखा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ ३, २०८१
in विचार, समाचार
0
सूचनाको हकसम्बन्धी ऐनको १७ वर्षः नागरिक अधिकार कार्यान्वयनको लेखाजोखा
99
SHARES
Share on FacebookShare on Twitter

आजभन्दा १७ वर्ष पहिले अर्थात् २०६४ मा आजैका दिनदेखि सूचनाको हक कार्यान्वयनमा आएको हो । सोही वर्षको साउन ५ गते संसद्बाट पारित भएको यो ऐन ३० दिनभित्र जारी हुने प्रावधानअनुसार भदौ ३ गतेदेखि कार्यान्वयनमा आएको हो ।

सूचनाको हक कार्यान्वयनमा आउनेबित्तिकै सुशासनका साथै पारदर्शी र सहभागितामूलक लोकतन्त्र प्रवर्द्धनका सन्दर्भमा नयाँ बहस प्रारम्भ भयो भन्दा अस्वाभाविक हुँदैन ।

कालान्तरमा यो वहस यतिमा मात्र सीमित रहेन । यो वहस, सूचनाको हकलाई भ्रष्टाचारमा लगाम लगाउने एक सशक्त औजार, नागरिक स्वतन्त्रताको उपयोगलाई थप परिष्कृत बनाउने एक आधार र मिडियालाई थप धारिलो बनाउने संस्कार विकसित गर्ने सन्दर्भमा पनि विस्तार भयो ।

निश्चय पनि कुनै पनि देश र समाजको विकासका लागि सुशासन आवश्यक पर्दछ । यही सुशासनयुक्त राज्य संयन्त्रको उपस्थितिमा देशले चाहेको जस्तो नवनिर्माण र समृद्धि सम्भव हुनसक्छ ।

यसका लागि सूचनाको हक सहायकसिद्ध हुनसक्ने सर्वत्र स्वीकार गरिएको छ । भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने दिशामा यो कानुनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । यसमा शङ्का छैन । यसका पक्षमा अनेकौ उदाहरण प्रस्तुत गर्न सकिन्छ । आजको युगमा विश्वव्यापी अभ्यासहरूबाट यो तथ्य प्रमाणित भइसकेको छ ।

यसै ऐनको प्रयोग गरेर पछिल्लो केही वर्षमा छिमेकी राष्ट्र भारतले उल्लेख्य सफलता प्राप्त गरेको उदाहरण हाम्रासामु छ । अन्य देशमा पनि यो ऐनको प्रयोग बढ्दो छ । नेपालमा पनि यो कानुन छ र यस कानुनअनुरुप सेवाग्राहीलाई आवश्यक सूचना उपलब्ध गराउन, जनताको सूचनाको हक संरक्षण, प्रवर्द्धन र प्रचलन गर्न यही सूचनाको हकसम्बन्धी ऐनका आधारमा राष्ट्रिय सूचना आयोगको गठन गरिएको छ ।

पछिल्लो अभ्यासले के देखाएको छ भने नेपालमा सूचना आयोग जनतालाई सूचना उपलब्ध गराउने दिशामा सक्रिय रहन खोजेको छ तर यहाँ सूचनाको माग गर्नेहरूमा नै उत्साहको अभाव छ । स्वयं सूचना आयोगका पदाधिकारीहरूबाट पनि सूचना मागको संस्कृति मौलाउन नसकेको धारणा यदाकदा स्वीकार गर्ने गरिएको सार्वजनिक हुने गरेको छ । यस अवस्थाले निश्चय पनि यो हकका पक्षपातीलाई केही सोच्न बाध्य बनाएको छ ।

आयोगले भने आफूकहाँ प्राप्त निवेदनमध्ये अधिकांशमा निर्णय दिएर मुलुकमा सूचना संस्कृतिको विकासमा टेवा पुर्याउने प्रयत्न गरेको छ जो स्वागतयोग्य छ । सूचनाको हकसम्बधी ऐनअनुसार सार्वजनिक महत्वका सूचना प्रवाह गर्नुपर्ने दायित्व सार्वजनिक निकायको हो । तर नेपालमा भने सार्वजनिक निकायको परिभाषाकै सम्बन्धमा अहिलेसम्म एक प्रकारको अलमल अनुभव गरिएको छ ।

सामान्यतया: सार्वजनिक प्रयोजन र हीतका लागि स्थापित जुनसुकै संस्थालाई सार्वजनिक निकाय मानिनु पर्ने हो तर नेपालमा यसबारे समान धारणाको विकास भइसकेको छैन ।

यद्यपि, ऐनले सार्वजनिक निकायको फराकिलो परिभाषा दिन खोजेको छ तर व्याख्यामा एकरुपता नहुँदा कतिपय निकाय आफूलाई सार्वजनिक हुने दायित्वबाट उन्मुक्त बनाउन खोज्दछन् र सफल पनि हुन्छन् । सूचनाको हकसम्बन्धी ऐन लागू भएको दिनलाई महत्वपूर्ण दिवस मान्दै गर्दा यी विषयका बारेमा थप छलफल अपेक्षित छ भनियो भने असङ्गत हुने छैन । पारदर्शिताको अभावमा भ्रष्टाचार मौलाउने मात्र होइन, संस्थागत हुने वातावरणको निर्माण हुन्छ ।

सूचनामा पारदर्शिता नहँुदा दोषीले उन्मुक्ति पाउने सम्भावनाबाट इन्कार गर्न सकिँदैन । सूचना आयोगले यसै अवस्थामा अङ्कुश लगाउने अपेक्षा गरिन्छ ।

यसै अपेक्षाअनुरुप भ्याट बिल छलि, प्रवेशिका, उच्च मावि र विश्वविद्यालय परीक्षाको कापी हेर्ने, लोकसेवा परीक्षाको कापी हेर्ने, आयल निगमको तेल वितरण, पत्रकार जे पी जोशी हत्या प्रकरण, न्यायाधीश स्वयंले न्याय पाएको आदि सन्दर्भमा आयोगले महत्त्वपूर्ण नजीर स्थापना गरेर सुशासनका दिशामा कोशेढुङ्गा थपेको विश्लेषण गर्न सकिन्छ ।

तर आमनागरिकका बीचमा आफूलाई थप प्रभावकारी रूपमा उभ्याउन आयोगले आफ्नो आकारमा थप वृद्धि खोज्नु भने अपरिहार्य छ ।

सुशासनको लोकतन्त्रसँग अत्यन्त घनिष्ठ सम्बन्ध छ । वास्तवमा दुवै एकअर्काका पूरक हुन् । न त सुशासनबिना लोकतन्त्र गतिशील हुन सक्दछ न त लोकतन्त्रबिना सुशासन नै कायम हुन सक्दछ । जबजब सुशासनको कुरा उठ्छ पारदर्शी र खुलापन तथा जनउत्तरदायीजस्ता शब्दसँगै रहने अपेक्षा गरिन्छ ।

सूचनाको हकसम्बन्धी ऐनको कार्यान्वयनको सन्दर्भले सुशासन र लोकतन्त्रको भावनालाई बल पुर्याउँछ । लोकतन्त्रले शासनका संयन्त्रहरू खुला र जिम्मेबार हुनुपर्ने अपेक्षा राख्दछ । लोकतन्त्रले सूचनामा व्यक्तिको निर्वाध पहुँचको वकालत गर्दछ । विश्वका सरकारहरूले आपफूलाई यस कसीमा मूल्याङ्कन गर्नु अपरिहार्य छ ।

जसले आफू लोकतान्त्रिक भएको दाबी गर्दछ, उसलाई सूचनामा जनताको पहुँच स्थापनाका लागि पहल नगर्ने छूट छैन र छूट हुनु पनि हुँदैन । नागरिकको चाहना भ्रष्टाचारमुक्त असल शासन हो । निश्चय पनि यस आधारमा मात्र समृद्धितर्फको यात्रा सम्भव हुन सक्छ । यसका लागि निश्चितरुपमा पारदर्शी लोकतान्त्रिक शासन प्रणाली आवश्यक पर्दछ ।

यो सूचनाको निर्वाध सम्प्रेषण अर्थात सूचनामा जनताको निर्वाध पहुँचको अवस्थामा मात्र सम्भव छ । सूचना लुकाउने वा लुक्ने अवस्था जति बढी हुन्छ त्यहाँ भ्रष्टाचार र अनियमितताको सम्भावना त्यति नै बढी हुन्छ । नेपालमा पनि लोकतन्त्रलाई संस्थागत गर्न र शासनको दैनन्दिन प्रक्रियामा नागरिकलाई सहभागी गराउन सूचनाको हकलाई संविधानमै व्यवस्थित गरी १७ वर्षअघि ऐन ल्याइएको हो ।

तर यस अवधिको मूल्याङ्कनका आधारमा के भन्न सकिन्छ भने कार्यान्वयनका सन्दर्भमा सन्तोष मान्न सकिने अवस्था छैन । आमव्यक्तिले त यस हकको समुचित प्रयोग गर्न सकेका छैनन नै मिडिया पनि यो हकको प्रयोगका सन्दर्भमा गम्भीर हुन सकेको छैन ।

सूचनाको हक प्रयोग गरी मिडियाले समाचार संहलन र सम्प्रेषणको कार्यलाई तीव्रता प्रदान गर्न सक्यो भने विद्यमान अवस्थामा सुधार आउने अपेक्षा गर्न सकिन्छ र यसले समृद्धिको दुरुह यात्रालाई सम्भव बनाउन सक्छ । आजको महत्वपूर्ण दिनका सन्दर्भमा एउटा अर्को कुरा पनि विचारणीय छ ।

त्यो के भने, कतिपय सूचनादाताबाट यो कानुन जान्ने व्यक्तिबाट यदाकदा दुरुपयोग हुने खतरा पनि बढेको गुनासो आउने गरेको छ । एकातिर ठूलो संख्यामा सम्बद्ध व्यक्तिबाट यो कानुनको प्रयोग नहुनु र अर्कोतफ केही जान्नेबाट यसको दुरुपयोग हुने सम्भावना बढने अवस्था निकै विरोधाभाषपूर्ण छ । यसबारे पनि आयोग गम्भीर हुनु जरुरी छ ।

साँच्चै यस्तो अवस्था हो भने यो कानुनको प्रभावकारिता र लोकप्रियतामाथि प्रश्नचिन्ह तेर्सिन सक्छ । यो विषय निकै दुःखद हुनेमा विमति हुन सक्दैन । यो हकको कार्यान्वयनका सन्दर्भमा सार्वजनिक निकायमा अर्को समस्या पनि देखिने गरेको छ । प्रायःजसो कर्मचारी सूचना अधिकारीको भूमिका निर्वाह गर्न सहजै तयार हुँदैनन् ।

यो दायित्व निर्वाहका लागि कसैले कुनै आकर्षण बोध गर्दैनन् । कानुन जारी भएको १७ वर्ष बितिसक्दा पनि यस दायित्वलाई पेशागत पदका रुपमा रुपान्तरण गर्न सकिएको छैन ।

एउटै कर्मचारीले दोहोरो जिम्मेवारी वहन गर्नुपर्ने र यस्तो दोहोरो जिम्मेबारी वहन गरेवापत आकर्षणका रुपमा लिन नसकिने कुनै सेवा सुविधा वा अवसर उसले नपाउने अवस्था छ । तर सूचना अधिकारीका रुपमा थप दायित्व ब्यहोर्ने क्रममा सम्बद्ध कर्मचारी सम्भावित जोखिम मोल्नुपर्ने बाध्यतामा भने हम्मेसी रहन्छ ।

यस्तो अवस्थामा त्यस्तो कर्मचारी सूचना मागको संस्कृति विकसित नहोस् भन्ने चाहन्छ भने निश्चय पनि यसले एक फरक वहस निम्त्याउनेछ ।

यस्तोमा सरकारी सेवामा अन्य सेवा समूहजस्तै सूचना सेवा वा समूहको फरक व्यवस्था गरी स्थानीयदेखि सङ्घसम्म कर्मचारीको ‘क्यारियर’ सुनिश्चित गर्नु जरुरी छ र यसका लागि सूचना आयोग पनि क्रियाशील हुनु अपेक्षित छ । माथि उल्लेख गरिएका अवस्थामा सुधार ल्याउन सकेका खण्डमा यो ऐनको कार्यान्वयनमा थप उपलब्धि प्राप्त हुने पक्का छ ।

(लेखक राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष हुन् ।)

Tags: #राससधर्मेन्द्र झासूचना
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ
FEATURE BREAKING

एक अर्ब तीन करोड ८४ लाखको हुण्डी कारोबार, धरानकी ज्योति पक्राउ

by टाकुरा न्यूज । इटहरी
अशोज ९, २०८३
0

इटहरी : हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले सुनसरीको धरानबाट एक महिलालाई पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय...

Auto Draft
FEATURE BREAKING

प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्र सङ्घीय कार्यक्रममा सम्बोधन (नेपालीमा पूर्ण पाठ)

by टाकुरा न्यूज । इटहरी
अशोज ९, २०८३
0

इटहरी : प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्र सङ्घको महासभामा शुक्रबार सम्बोधन गरेका छन्। उनले अङ्ग्रेजी भाषामा गरेको सम्बोधनको पूर्ण पाठ नेपालीमा...

काँग्रेस धरान नगर सभापतिमा प्रवीण राई, शपथ लिए

काँग्रेस धरान नगर सभापतिमा प्रवीण राई, शपथ लिए

अशोज ८, २०८३
सप्तकोशीले निरन्तर खेतीयाेग्य जमिन कटान, गरिबीकाे चपेटामा स्थानीय

सप्तकोशीले निरन्तर खेतीयाेग्य जमिन कटान, गरिबीकाे चपेटामा स्थानीय

अशोज ८, २०८३
बढ्दो लैङ्गिक हिंसाले बढायो चिन्ता, तीन महिनामा  ५३ उजुरी

बढ्दो लैङ्गिक हिंसाले बढायो चिन्ता, तीन महिनामा ५३ उजुरी

अशोज ८, २०८३
काँग्रेस इटहरीको उपसभापतिमा विक्रम घिमिरे र मेनुका गिरी सर्वसम्मत

काँग्रेस इटहरीको उपसभापतिमा विक्रम घिमिरे र मेनुका गिरी सर्वसम्मत

अशोज ८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

एक अर्ब तीन करोड ८४ लाखको हुण्डी कारोबार, धरानकी ज्योति पक्राउ

अशोज ९, २०८३
Auto Draft

प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्र सङ्घीय कार्यक्रममा सम्बोधन (नेपालीमा पूर्ण पाठ)

अशोज ९, २०८३
काँग्रेस धरान नगर सभापतिमा प्रवीण राई, शपथ लिए

काँग्रेस धरान नगर सभापतिमा प्रवीण राई, शपथ लिए

अशोज ८, २०८३
सप्तकोशीले निरन्तर खेतीयाेग्य जमिन कटान, गरिबीकाे चपेटामा स्थानीय

सप्तकोशीले निरन्तर खेतीयाेग्य जमिन कटान, गरिबीकाे चपेटामा स्थानीय

अशोज ८, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    960 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.