Wednesday, October 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीका मेयर पौडेलविरूद्ध नारा – ‘नगरबासीले तिरेको कर, दुरुपयोग गर्न बन्द गर’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ २६, २०८१
in समाचार
0
इटहरीका मेयर पौडेलविरूद्ध नारा – ‘नगरबासीले तिरेको कर, दुरुपयोग गर्न बन्द गर’
184
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी उपमहानगरपालिका अगाडि उपभोक्ताहरूले मेयर हेमकर्ण पौडेलविरूद्ध नाराबाजी गरेका छन् । रकम भुक्तानी नभएको भन्दै आक्रोशित बनेका उपभोक्ताहरूले मेयर पौडेलविरूद्ध नाराबाजी गरेका हुन् ।

आर्थिक वर्ष २०८०।०८१ को नीति तथा बजेटमा समाजेश भएका नगरस्तरीय योजना सम्झौता भएर काम सम्पन्न भएपनि लामो समयदेखि भुक्तानी नपाएको भन्दै यहाँका उपभोक्ताहरू आन्दोलित बनेका हुन् ।

संघर्ष समितिका संयोजक दीपक श्रेष्ठका अनुसार इटहरीका दुई सय पचास भन्दा बढी उपभोक्ताहरूको पूर्ण रकम भुक्तानी हुन बाँकी रहेको र तीन सय पचास भन्दा बढीको आंशिक भुक्तानी भएको छ । करिब १७ करोड रुपैयाँ रकम उपभोक्ताले पाउन बाँकी भएका कारण आन्दोलनमा उत्रन बाध्य भएको उनले बताए ।

बुधबार (आज) उपमहानगरअगाडि भएको विरोध कार्यक्रममा बाक्लो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरी परिचालन गरिएको थियो ।

मेयर पौडेलविरूद्ध ‘नगरबासीले तिरेको कर, दुरुपयोग गर्न बन्द गर,’ ‘उपभोक्तामाथिको अत्याचार बन्द गर,’ ‘उपभोक्ताहरूको भुक्तानी तुरुन्त दे,’ ‘उपभोक्ताहरू एक हौँ,’ ‘उपभोक्ता हेप्न पाइँदैन, हिलो छ्याप्न पाइँदैन,’ ‘उपभोक्तामाथिको अत्याचार, एकपटक होइन, बारम्बार,’ लगायतका प्लेकार्डसहित नारा लगाइयो ।

‘आम उपभोक्ताले वडा र नगरमार्फत सम्झौता गरेर काम सम्पन्न गरेका थियौँ, असार मसान्तमै पाउनुपर्ने भुक्तानी हालसम्म पाइएको छैन,’ संघर्ष समितिका संयोजक श्रेष्ठले भने, ‘हामी विभिन्न महिनादेखि यहाँ धाइरहेका छौँ । नगर प्रमुख र जनप्रतिनिधिसँग नजिक भएकाहरूले यसअघि नै भुक्तानी पाएको कुरा पनि आएको छ ।’

उनले भुक्तानी नपाउँदा आजित भएर आन्दोलन गर्न बाध्य भएको बताए । उनले अदालतले तारेख दिएजस्तो उपमहानगरले पनि तारेख दिएको जनाए ।

‘हामीलाई अदालतले दिएको तारेखजस्तो पटकपटक धाइरहेका छौँ,’ उनले भने, ‘हामीलाई फेसबुके आन्दोलनकारी भनेर उहाँ (मेयर हेमकर्ण पौडेल)ले भन्नुहुन्छ, त्यसैले आज प्रत्यक्ष उपस्थित भएका हौँ ।’

पटकपटक साउन ७, १५, २९ गते, भदौ ५, १५ र २२ गतेसम्मको समयसीमा दिएपनि अझैसम्म भुक्तानी नदिएका कारण आन्दोलन गर्न बाध्य भएको उनको भनाइ छ ।

मेयर पौडेलले संघर्ष समितिसँग वार्ता र छलफलमै बस्न नचाहेको र फेसबुकमार्फत मात्रै प्रतिवाद गरेका कारणसमेत आन्दोलनमा उत्रन बाध्य भएको उनको भनाइ छ ।

भिडियो

यो पनि – भुक्तानी नपाएपछि उपभोक्ता समितिले बनाए संघर्ष समिति, इटहरी उपमहानगर अगाडि विरोध प्रदर्शन

Tags: #इटहरी#इटहरी उपमहानगरपालिकाआन्दोलन
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा
समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईँले पदबाट राजीनामा दिएका छन्। गुरागाईँले कात्तिक १० गते प्रदेश प्रमुख परशुराम खापुङसमक्ष...

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो
खेलकुद

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको खेलमा विराटनगर किङ्ग्स चितवन राइनोजसँग ८ रनले पराजित भएको छ। चितवनले दिएको...

सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

कार्तिक १०, २०८३

झापामा तीन लाखभन्दा बढीका पटका बरामद

कार्तिक १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कार्तिक १०, २०८३
विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

कार्तिक १०, २०८३
सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    841 shares
    Share 336 Tweet 210
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    643 shares
    Share 257 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    512 shares
    Share 205 Tweet 128
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    285 shares
    Share 114 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.