Friday, August 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home भिजिट नेपाल

‘रमणीय कोशी’ भन्ने सन्देशसहित प्रदेश सरकारले २०८२ लाई पर्यटन वर्ष मनाउने

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज ११, २०८१
in भिजिट नेपाल, समाचार
0
‘रमणीय कोशी’ भन्ने सन्देशसहित प्रदेश सरकारले २०८२ लाई पर्यटन वर्ष मनाउने
94
SHARES
Share on FacebookShare on Twitter

इटहरी : कोशी प्रदेश सरकारले ‘रमणीय कोशी’ भन्ने सन्देशका साथ २०८२ साललाई ‘कोशी पर्यटन वर्ष’ मनाउने घोषणा गरेको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ घोषणा गर्दै ८२ पर्यटकीय गन्तव्य घोषणा गरे । उनले ‘८२ सालका लागि ८२ पर्यटकीय गन्तव्य’ सूची पनि तयार गरेको बताए ।

उनका अनुसार कोशी प्रदेशमा नेपालकै होचो क्षेत्र झापाको केचनाकवलदेखि विश्वको सर्वोच्च शिखर सगरमाथासमेत पर्छ । विश्वका १० अग्ला हिमालमध्ये ५ वटा मकालु, लोत्से, कञ्चनजंघा र कुम्भकर्ण हिमालले विश्वका पर्यटकहरुको ध्यान आकृष्ट गरेको छ ।

पाथीभरा, बराहक्षेत्र, रामधुनी, हलेसी, विजयपुर, चौदण्डीगढी, उदयपुरगढी, हिलिहांग, हतुवागढ़ी, विराट राजाको दरबार, अर्जुनधारा, खुवालुङदेखि फक्ताङ्लुङ, तुवाचुङ, जायजुङ माङ्सेबुङ, तिम्बुंग पोखरी, सभापोखरी, गुफापोखरी जस्ता ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक सम्पदाहरुले हाम्रो सामाजिक, सांस्कृतिक तथा धार्मिक विविधतालाई उजागर गरेको मुख्यमन्त्री कार्कीले बताए ।

पर्यटन वर्षका लागि सरकारले १० करोड रकम बजेट विनियोजन गरेको छ ।

‘कोभिड १९ को विश्वव्यापी महामारी र पछिल्लो समय हामीले खेप्नुपरेको आर्थिक शिथिलताले पर्यटन क्षेत्र पनि अछुतो रहन सकेन ।

हामिले अब यी प्रतिकुलताहरूलाई छिचोल्दै अघि बढ्नु पर्नेछ,’ मुख्यमन्त्री कार्कीले भने, ‘यसमा कोशी प्रदेश सरकार नीतिगत, कार्यगत र व्यवस्थापकीय कार्यहरू गर्ने सोच र दृष्टिकोण निर्माण गरी अगाडि बढ्ने प्रयत्न गरीरहेको छ । यसको प्रस्थान बिन्दुका रुपमा कोशी प्रदेश पर्यटन वर्ष २०८२ लाई लिन सकिन्छ ।’

सगरमाथा राष्ट्रिय निकुञ्ज, कञ्चनजंघा संरक्षण क्षेत्र र कोशी टप्पु वन्यजन्तु आरक्षजस्ता पर्यटकीय स्थल यही प्रदेशमा हुनुले पनि पर्यटक आकर्षित गर्न सकिने मुख्यमन्त्री कार्कीले बताए ।

कोशी प्रदेश यी धार्मिक तथा प्राकृतिक सम्पदाकै जगमा मुलुककै पर्यटनको ‘हब’ बन्न सक्ने र पोकली झरना, ह्यात्रुङ झरना, कन्याम, श्रीअन्तु, नाम्चे, पाताले, भेडेटार, नमस्ते झरना, हिले, तीनजुरे मिल्केजलजले, जेफाले आदि उत्कृष्ट पर्यटकीय क्षेत्रको गन्तव्य रहेको समारोहमा जानकारी गराइयो ।

‘प्याराग्लाइडिङ, तमोर तथा कोशी ¥याफ्टिङ जस्ता साहसिक खेल पर्यटनले हाम्रो पर्यटकीय आधार लाई बलियो बनाएको छ । चियाको राजधानी भनेर चिनिने इलामको सन्दकपुर, कन्याम, माइपोखरी पूर्वी नाकाबाट नेपाल छिर्नेहरुलाई स्वागत गरिरहेको दृष्य हामीले देखिरहेका छौँ,’ मुख्यमन्त्री कार्की भन्छन्, ‘विश्वमै दुर्लभ रेडपान्डा, अर्ना लगायत जैविक विविधतायुक्त पर्यटकका लागि आर्कषणको केन्द्र बन्न सक्छ । एकै स्थानमा २८ प्रजातिका गुराँस फुल्ने टि एम जे क्षेत्रमा गुराँस फुल्ने मौसम सुरु भएसँगै विदेशी पर्यटकलाई आकर्षित गर्न सकिन्छ । हामीले यही समयलाई मध्यनजर गरेर पर्यटन वर्षको भव्य उद्घाटन गर्ने तयारी गरेको जानकारी गराउन चाहन्छु ।’

पर्यटनको विकास र प्रवर्धनका लागी कोशी प्रदेशले हरेक प्रकारका पर्यटकलाई समुचित व्यवस्थापन गर्न सक्नुपर्छ । धार्मिक पर्यटकहरूलाई केन्द्रित गरेर सोही बमोजिमको पूर्वाधार विकास, विलासी प्रकृतिका पर्यटकहरूका लागि पर्याप्त सुविधा–सम्पन्न होटलहरू निर्माण गर्ने र पर्वतारोहण, ट्रेकिङ, साहसिक खेलका लागि आउने पर्यटकहरूको लागि पनि राम्रो व्यवस्थापन गर्नुपर्ने उनले सुनाए ।

हिमाल आरोहण, बन्जी जम्पिङ, रक क्लाइम्बिङ, क्यानोइङ, कायाकिंग, प्याराग्लाइडिङ आदि साहसिक पर्यटनमार्फत हामीले गुणस्तरीय पर्यटकहरूलाई भित्र्याउन सकिने सरकारको विश्वास छ । कोशी प्रदेशको समृद्धि र विकासका लागि पर्यटन नै महत्वपूर्ण आधार रहेको बताइएको छ ।

पर्यटन क्षेत्रको विकास र पर्यटन वर्षलाई उत्सवका रूपमा मनाउनका लागि निजी क्षेत्र र पर्यटन व्यवसायीहरूलाई सँगसँगै लिएर जाने बताइयो । खासगरी सीमा जोडिएको भारतको सिक्किम, बिहार, पश्चिम बंगाल लगायतका पर्यटकलाई मात्रै भित्र्याउन सकेमा उपलब्धि हुने बताइएको छ ।

‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ प्रदेशको पर्यटनसँग सम्बन्धित नीति निर्माण, संरचनाहरूको निर्माण र पर्यटकीय पूर्वाधार विकास गर्दै पर्यटनमार्फत समृद्धिको आधार खोज्ने वर्षको रूपमा विश्वास व्यक्त गरिएको छ ।

Tags: #पर्यटन#भिजिट नेपालकोसी प्रदेश
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

ठगी गर्ने इटहरीका सुन पसले जेल चलान
FEATURE BREAKING

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ १२, २०८३
0

इटहरी : सुनसरीको झुम्का कारागारबाट फरार भएका लागूऔषध मुद्दाका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ। रामधुनी नगरपालिका–३ का २७ वर्षीय...

जेनजी आन्दोलनमा हराएका सामग्री बुझाउन इटहरी ट्राफिकको आग्रह, नबुझाए के हुन्छ ?
FEATURE BREAKING

कोशीमा साउनमै ४४० सवारी दुर्घटना, १९२ को कारण तीव्र गति

by टाकुरा न्यूज । इटहरी
भदौ १२, २०८३
0

इटहरी : कोशी प्रदेशमा सवारी दुर्घटनाको सबैभन्दा ठूलो जोखिम सडक वा सवारीसाधनको अवस्था नभई चालकको व्यवहार र गति देखिएको छ।...

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

भोटेकोशी विपद् : कोशी प्रदेश सरकारद्धारा तीन करोड सहयोग

भदौ १२, २०८३
आज जनैपूर्णिमा

आज जनैपूर्णिमा मनाइँदै, जनै फेर्नेदेखि रक्षाबन्धन र क्वाँटी खानेसम्मको परम्परा

भदौ १२, २०८३
एकै दिनमा किन पछाडि हट्यो सुनसरी प्रशासन ? भोलिबाट औषधी पसल बाहेक अरु पसल खोल्न नपाईने

भोटेकोशी बाढीमा सुनसरीका १५ जना सम्पर्कविहीन

भदौ १२, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका पाँच जना प्रतिवादी धरानबाट पक्राउ

भदौ ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी पक्राउ

भदौ १२, २०८३
जेनजी आन्दोलनमा हराएका सामग्री बुझाउन इटहरी ट्राफिकको आग्रह, नबुझाए के हुन्छ ?

कोशीमा साउनमै ४४० सवारी दुर्घटना, १९२ को कारण तीव्र गति

भदौ १२, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

भोटेकोशी विपद् : कोशी प्रदेश सरकारद्धारा तीन करोड सहयोग

भदौ १२, २०८३
आज जनैपूर्णिमा

आज जनैपूर्णिमा मनाइँदै, जनै फेर्नेदेखि रक्षाबन्धन र क्वाँटी खानेसम्मको परम्परा

भदौ १२, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    306 shares
    Share 122 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    278 shares
    Share 111 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.