झापा : झापाको मेचीनगर नगरपालिका ६ स्थित मेची पुलबाट लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका धनुषाको मिथिला नगरपालिका ९ का २८ वर्षीय श्यामबहादुर लोप्चनलाई ३५ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
यसैगरी बुद्धशान्ति गाउँपालिका ३ का ३३ वर्षीय रोजन राजवंशीलाई १ ग्राम ५६० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।
ब्राउनसुगरसहित पक्राउ परेका दुवैजनाको इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post