ताप्लेजुङ : ताप्लेजुङमा पौडी खेल्ने क्रममा बेपत्ता दुई बालबालिकामध्ये एकको शव फेला परेको छ ।
असोज १८ गते मैवाखोला गाउँपालिका २ खानीबाट बेपत्ता बालबालिकामध्ये १२ वर्षीय आइतमाया शेर्पा मृत अवस्थामा फेला परेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक रबी रावलका अनुसार उनको शव आठराई त्रिवेणी गाउँपालिका ४ ओडारे भन्ने स्थानमा मैवाखोलाको किनारमा फेला परेको हो ।
एकै समयमा हराएका ११ वर्षीय सन्देश बराइली भने अझै बेपत्ता रहेका छन् । उनको खोजी भइरहेको रावलले जानकारी दिए ।














Discussion about this post