विराटनगरमा पत्रकारसहित थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार (राति) गरिएको पीसीआर परीक्षणमा स्थानीय एक दैनिक पत्रिकाका सम्पादक र अर्का एक संवाददातासहित २३ जना संक्रमित थपिएका हुन्।
मंगलबार (आज) थप भएकासहित विभिन्न संचारमाध्यममा कार्यरत विराटगरका ६ जना पत्रकारमा कोरोना पोजिटिभ देखिएको नेपाल पत्रकार महासंघ प्रदेश १ ले जनाएको छ ।
थप भएका संक्रमितहरूमध्ये सबैभन्दा बढी विराटनगर–१७ मा सातजना छन्। यस्तै विराटनगर–३ मा एकजना, वडा नम्बर–५ मा चारजना, ६ मा तीनजना, ७ मा एकजना, ८ मा तीनजना, ९ मा दुईजना, १५ मा एकजना भेटिएका छन्।
















Discussion about this post