ईलामको साक्फारा घर भई झापाको दमक नगरपालिका १ मा डेरा गरी बस्ने २८ बर्षीय रोशन तामाङको करेन्ट लागेर मृत्यु भएको छ ।
सोमवार राती घर नजिकै रहेको खेतमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका तामाङको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उपचारको लागि एडभान्स अस्पताल दमक लगिएकोमा उपचारको क्रममा मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
















Discussion about this post