Tuesday, September 8, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

‘एक सातासम्म रिपोर्ट नआउँदा मानिसक समस्यामा गईसकेँ’

सर्वसाधारण प्रश्न गर्छन् – पहुँचवालाको मात्रै रिपोर्ट छिटो आउँने हो ?

विवेक विवश रेग्मी by विवेक विवश रेग्मी
साउन २८, २०७७
in टाकुरा विशेष, समाचार
0
मास्क महँगो गर्‍यो वा लुकायो भने गर्नुस् यो नम्बरमा फोन, दोषीलाई हुनेछ ३ लाख जरिवाना

file foto

835
SHARES
Share on FacebookShare on Twitter

इटहरी : मोरङ विराटनगरका २४ बर्षीय एक युवकले गत २० गते कोशी अस्पतालको ल्याबमा कोरोना भाइरस संक्रमण भए नभएको थाहा पाउँनका लागि स्वाब दिए । तर, उनले स्वाब दिएको ८ दिन बितिसक्दा पनि रिपोर्ट नआउँदा आँफू मानिसक समस्यामा गईसकेको बताएका छन् ।

‘स्वाब परीक्षणको रिपोर्ट नआउँदा मानसिक समस्यामा गईसकेँ,’ ती युवकले आफ्नो नाम नखुलाउने सर्तमा टाकुरान्यूजसँग भने, ‘पहुँचवालाको रिपोर्ट भने एकै घण्टामा आउँने, हाम्रो रिपोर्ट एक साता वितिसक्दा पनि नआउँने ?’ सोही दिन प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले पनि स्वाब परीक्षण गरेको भएपनि उनको रिपोर्ट भने एकै घण्टामा आएको तर सर्वसाधारण मानिसको रिपोर्ट भने अहिलेसम्म नआउँदा आँफू मानिसक समस्यामा गएको उनले बताए ।

‘मानसिक सन्त्रासमा बस्न बाध्य भएको छु, संकुचित मानसिकता भएका समाजले पनि औँलो उठाउँछ,’ उनले भने, ‘त्यो दिन दुई सय बढीले गरेको स्वाब परीक्षणको रिपोर्ट पहुँवालाको आयो, हामीजस्ता सर्वसाधारणको आएन ।’

उनले बिराटनगर महानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रमेश कार्कीलाई यस बिषयमा पटक–पटक फोन सम्पर्क गरिएपनि फोन नउठाउने र उठाउँदा पनि पन्छिने गरेको बताए । । ‘मैले फोन गर्दा फोन नै उठ्दैन, फोन उठेपनि पन्छिने गरेका छन् । हामीले अब समस्या लिएर कहाँ जाने ?’ उनले भने ।

उनी एक प्रतिनिधि पात्र मात्र हुन् ।

उनीजस्ता हजारौँ सर्वसाधारण मानिसहरु अहिले कोरोना टेष्ट गरेको रिपोर्टको पर्खाईमा छन् । प्रशासनको बेवास्तका कारण अहिले सर्वसाधारण मानिसहरु त्रसित छन् ।

इटहरी २० तरहरामा गत २१ गते दुई युवकमा कोरोना पुष्टि भएपछि उनीहरुको सम्पर्कमा आएका ९ जनाको २३ गते इटहरीको जनता बहुमुखी क्याम्पसमा स्वाब संकलन गरियो । तर, स्वाब संकलन गरिएको एक साता वितिसक्दा समेत रिपोर्ट नआउँदा गाउँलेहरु चिन्तित बनेका छन् ।

संक्रमितको सम्पर्कमा आएका मानिसहरुको नै रिपोर्ट ढिलो आउँदा आँफूहरु चिन्तित रहेको स्थानीय देवेन्द्र पराजुलीले बताए । ‘रिपोर्ट छिटो आउँनका लागि सरकारी तहमै हुनुपर्ने भन्ने जस्तो देखियो,’ पराजुलीले टाकुरासँग भने, ‘सर्वसाधारण जनताको बिषयमा सरकारले चरम लापरबाही गरेको छ ।’

रिपोर्ट ढिलो आउँदा समूदायमा कोरोना संक्रमण फैलिने डर रहेको उदृत गर्दै उनले भने, ‘स्वाब संकलन भएपनि रिपोर्ट आउँन १५ दिनसम्म लाग्ने गरेकाले आम सर्वसाधारण त्रसित बन्नुपरेको छ ।’

उनले स्थानीय मानिसहरुको स्वाब परीक्षण गरिएपनि रिपोर्ट नआएकाले समस्या रहेको र समूदायका अन्य मानिसहरुमा पनि जोखीम रहेको बताए ।

प्रशासनिक निकाय जनताको बिषयमा गैरजिम्मेवार रहेको उनको भनाई थियो । ‘प्रशासनले मुखले बोल्ने मात्रै गरेको छ, हामीले फोन गर्दा समेत फोन उठ्दैन,’ उनले भने, ‘कोरोना शीर्षकमा करोडौँ रुपैँया खर्च गरेका स्थानीय तहमा भरपर्दो क्वारेन्टिन नहुनु, कोरोना संक्रमित घरमै बस्नु र बजार क्षेत्रमा पनि भीँडभाड हुनु जस्ता कुरामा प्रशासनको ध्यान गएको पाईँदैन ।’

यी माथि उल्लेख गरिएका दुईजना पात्र प्रतिनिधि मात्र हुन् ।

अहिले स्वाब दिएर रिपोर्टको पर्खाईमा रहेका हजारौँ मानिसहरु त्रसित त छन् नै तर प्रशासनको लापरबाहीप्रति पनि उत्तिकै आक्रोशित छन् । प्रशासन जनताको पक्षमा मुकदर्शक बन्ने गरेको सर्वसाधारणको तर्क छ ।

यस बिषयमा बुझ्नका लागि विराटनगरस्थित कोशी अस्पतालका कोभिड १९ रोकथाम तथा नियन्त्रण संयोजक डा. लक्ष्मीनारायण यादवले भने आँफूलाई यो बिषयमा जानकारी नहुने प्रतिक्रिया दिए । उनले भने, ‘त्यो बिषयमा त मलाई थाहै हुँदैन, ल्याबमा सोध्नुस् ।’

उनले आँफूलाई केही पनि थाहा नहुने भन्दै पन्छिने काम गरे ।

यता, इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमलाई यस बिषयमा पटक–पटक सम्पर्क गर्दा उनको फोन उठेन ।

गौतमले यसअघि आँफूहरुले कोरोना संक्रमितका लागि काम गरिरहेको भएपनि इटहरीमा घरमै रहेका संक्रमितहरुले सम्पर्क गर्दा समेत फोन नउठाउने गरेकी छिन् ।

विवेक विवश रेग्मी

विवेक विवश रेग्मी

Related Posts

भोटेकोशी विपत्तिका दिवंगतको स्मृतिमा सुनसरीमा सामूहिक पाठ
विविध

भोटेकोशी विपत्तिका दिवंगतको स्मृतिमा सुनसरीमा सामूहिक पाठ

by टाकुरा न्यूज । इटहरी
भदौ २२, २०८३
0

इटहरी : रसुवाको भोटेकोशी क्षेत्रमा भएको भीषण विपत्तिमा दिवंगत भएकाहरूको चिरशान्तिको कामना तथा बेपत्ता भएकाहरूको सकुशल खोजीका लागि सुनसरीका विभिन्न...

हिमाल चढ्नेहरूको भीडमा टासीको अधुरो यात्रा
FEATURE BREAKING

हिमाल चढ्नेहरूको भीडमा टासीको अधुरो यात्रा

by अर्जुन उप्रेती
भदौ २२, २०८३
0

इटहरी : शिखर चुम्ने सपना पछाउँदै गर्दा आधार शिविरमै ज्यान गुमाउन पुगे टाशी शेर्पाले । टेन्टमा सुतिरहेकै अवस्थामा उनको मृत्यु...

चार हजार तीन सय किलोभन्दा बढी गाँजासहित ९९ जना पक्राउ

चार हजार तीन सय किलोभन्दा बढी गाँजासहित ९९ जना पक्राउ

भदौ २२, २०८३
भोटेकोशी बाढी पीडितलाई ताप्ली गाउँपालिकाकाे उन्नाईस लाख सहयोग

भोटेकोशी बाढी पीडितलाई ताप्ली गाउँपालिकाकाे उन्नाईस लाख सहयोग

भदौ २२, २०८३
भोजपुरमा ग्रामीण जनजीवनलाई थप सहज बनाउँदै विद्युत् सेवा

करेन्ट लागेर विद्युत कर्मचारीकोे ज्यान गयो

भदौ २२, २०८३
बसाइँसराइले उदयपुरका पहाडी गाउँ रित्तिँदै

बसाइँसराइले उदयपुरका पहाडी गाउँ रित्तिँदै

भदौ २२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

भोटेकोशी विपत्तिका दिवंगतको स्मृतिमा सुनसरीमा सामूहिक पाठ

भोटेकोशी विपत्तिका दिवंगतको स्मृतिमा सुनसरीमा सामूहिक पाठ

भदौ २२, २०८३
हिमाल चढ्नेहरूको भीडमा टासीको अधुरो यात्रा

हिमाल चढ्नेहरूको भीडमा टासीको अधुरो यात्रा

भदौ २२, २०८३
प्रकृतिको ताण्डव (कविता)

प्रकृतिको ताण्डव (कविता)

भदौ २२, २०८३
चार हजार तीन सय किलोभन्दा बढी गाँजासहित ९९ जना पक्राउ

चार हजार तीन सय किलोभन्दा बढी गाँजासहित ९९ जना पक्राउ

भदौ २२, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    449 shares
    Share 180 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    310 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    293 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    281 shares
    Share 112 Tweet 70

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.