इटहरी : सुनसरीमा राति १० बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले बुधबार एक सूचना जारी गर्दै राति १० बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने जनाएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठद्धारा जारी सूचनाअनुसार प्रशासनले एक सूचना जारी गर्दै भिडजन्य गतिविधि, समाजमा अशान्ति अशोभनीय क्रियाकलाप जन्य कार्यहरू नगर्न अनुरोध गरेको छ ।
यसैगरी झै–झगडा गर्ने कार्यलाई निरुत्साहित पार्ने, पटका, अतिसवाजी, झिरझिरे, भुईचम्पाजस्ता विस्फोटक पदार्थ प्रयोग नगर्न र निकासी, ओसारपसार वा बिक्री वितरण नगर्न पनि आग्रह गरिएको सूचनामा उल्लेख छ ।
यसैगरी सार्वजनिक यातायात र जीवनलाई असर नपर्नेगरी मर्यादित र अनुशासित रूपमा देउसी भैलो कार्यक्रमहरू सञ्चालन गर्न पनि प्रशासनले आग्रह गरेको छ ।

यस्तै, समाजमा अशान्ति एवं अशोभनीय क्रियाकलापजन्य कार्यहरू नगर्न पनि प्रशासनले आग्रह गरेको छ ।














Discussion about this post