Friday, September 11, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

राष्ट्रिय माविमा ७५ जना विद्यार्थीलाई एक लाख ३७ हजार छात्रवृत्ति वितरण

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर १३, २०८१
in समाचार
0
राष्ट्रिय माविमा ७५ जना विद्यार्थीलाई एक लाख ३७ हजार छात्रवृत्ति वितरण
86
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी वडा नं. १ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालयले विहीबार ७५ जना विद्यार्थीलाई छात्रवृत्ति रकम वितरण गरेको छ ।

विद्यालयको ६९ औं वार्षिकोत्सवको अवसरमा बालविकासदेखि कक्षा १२ सम्मको साधारण तथा प्राविधिकतर्फ अध्ययन गर्ने विद्यार्थीलाई दाताले स्थापना गरेको अक्षयकोषको ब्याजबाट एक लाख ३७ हजार ४२ रुपैयाँ बराबरको छात्रवृत्ति रकम वितरण गरेको हो ।

विद्यालयमा अहिलेसम्म ७५ जना दाताले २० लाख ८८ हजार ७७१ रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेका छन् । अघिल्लो ६८ औं वार्षिकोत्सवको बेला १८ लाख ५८ हजार ८६० रुपैयाँको ब्याजबाट ९८ हजार २७३ रुपैयाँको छात्रवृत्ति रकम वितरण गरिएको थियो ।

बर्सेनि विद्यार्थीलाई छात्रवृत्ति रकम बढाएर लैजाने योजना अनुसार दाताले अक्षयकोषमा रकम जम्मा गर्ने क्रम पनि बढेको विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतले बताए । यस वर्ष २९ जना थप दाताले अक्षयकोषमा रकम जम्मा गरेका छन् ।

प्रधानाध्यापक बस्नेतका अनुसार विद्यालयमा छात्रवृत्ति वितरणका लागि अघिल्लो वर्षसम्म २३ वटा अक्षयकोष स्थापना गरिएकोमा यसपटक अक्षयकोषको संख्या ७५ पुगेको छ ।

पूर्व विद्यार्थी समूहले यस वर्ष थप एक लाख रुपैयाँ बढाएका छन् । अघिल्लो पटकसम्म ३२ जनाले अक्षयकोषमा झन्डै दुई लाख रुपैयाँ जम्मा गरेकोमा यस वर्ष बढाएर तीन लाख रुपैयाँ पु¥याएका छन् ।

कार्यक्रममा एक जना पूर्व जनप्रतिनिधि र अर्का एक जना पूर्व जनप्रतिनिधिलाई मरणोपरान्त सम्मान गरियो । जसमा २०४९ सालदेखि २०५९ सालसम्म तत्कालीन हाँसपोसा गाउँ विकास समिति वडा नं. १ (हालको इटहरी वडा नं. १) का वडाध्यक्ष लालबहादुर लुइँटेल र २०७४ साल असारमा भएको निर्वाचनबाट निर्वाचित वडाध्यक्ष विष्णुलाल चौधरीको निधन २०७७ वैशाख ४ गते भएकोमा मरणोपरान्त सम्मान गरिएको हो । स्वर्गीय चौधरीकी श्रीमती गौरीदेवी र छोरी एलिनाले सम्मान ग्रहण गरिन् ।

सो क्रममा अक्षयकोषमा रकम जम्मा गर्ने २२ जना पूर्व विद्यार्थीलाई सम्मान गरियो । यस्तै, यसै वर्षदेखि अक्षयकोष स्थापना गर्ने पूर्व प्रधानाध्यापक विराटनगर निवासी शम्भुप्रसाद सापकोटा, इटहरीका बद्री अधिकारी तथा पद्माकुमारी अधिकारी, नूतनप्रसाद ढकाल र दीपेन्द्र ढकाललाईं इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले दोसल्ला एवम् सम्मात्रपत्रले सम्मान गरे ।

यस्तै, अक्षय कोष स्थापना गर्ने पूर्व विद्यार्थी इन्जिनियर एकराज भट्टराई, किरण ढुङ्गेल र चित्रबहादुर कार्कीको नेतृत्वमा रहेको निवर्तमान विद्यालय व्यवस्थापन समितिलाई पनि सम्मान गरियो ।

वार्षिकोत्सवको अवसरमा आफ्ना नानीहरुलाई शैक्षिक सत्रभरी विद्यालय सञ्चालन भएको विद्यालयमा उपस्थित गराउने र पढाईमा सहजीकरण गर्ने अभिभावक राजु तामाङ, सुष्मा तामाङ, दानबहादुर विश्वकर्मा, भूमादेवी विश्वकर्मा, मनमाया विक र विद्यालयमा सधैंभरी सफासुग्घर भएर आउने विद्यार्थी कक्षा १ का असिम खत्रीलाई नगदसहित सम्मान गरियो ।

कार्यक्रममा सात जना शिक्षक–कर्मचारीलाई पनि नगदसहित सम्मान गरियो । जसमा शिक्षकहरू कुमारी भारती, सावित्रा श्रेष्ठ, सन्दीप बास्तोला, राजकुमार ढकाल, इन्दिरा थापा, डम्बरकुमारी थापा र कर्मचारी मधुरलाल चौधरीलाई सम्मान गरिएको हो ।

वार्षिकत्सवको अवसरमा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक आय–व्यय विद्यालयका प्रधानाध्यापक बस्नेतले प्रस्तुत गरेका थिए । जसमा आन्तरिक र बाह्य गरी वार्षिक आम्दानी चार करोड ७२ लाख १८ हजार ८९८ रुपैयाँ र खर्च चार करोड ६६ लाख ४६ हजार ८६० प्रस्तुत गरियो । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा आम्दानीतर्फ पाँच करोड ६२ लाख ९५ हजार ६८६ रुपैयाँ र सञ्चालन खर्च पाँच करोड ५७ लाख सात हजार ५६८ रुपैयाँ भएको थियो ।

सोही क्रममा विद्यालयले चालु शैक्षिक सत्रका लागि तय गरेको वार्षिक नीति तथा कार्यक्रम पनि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोविदजंग कार्कीले सार्वजनिक गरे ।

उनले सार्वजनिक गरेको कार्यक्रममा विद्यार्थीको चापलाई मध्यनजर गरेर ६ कोठे पक्की भवन निर्माण, विद्यालयको खेलमैदान स्तरोन्नति, सिसि क्यामेरा जडान, विद्यार्थीको निम्ति थप दुईवटा वस थप गर्ने, दुईवटा सौचालय थप गरिने, शुद्द पीउने पानी (फिल्टरसहित) व्यवस्था गर्ने र स्मार्ट विद्यालय स्मार्ट शिक्षक कार्यक्रम लागू गरिने उल्लेख छ । यस्तै, वाल उद्यन निर्माण, पार्किङ्को उचित व्यवस्था, विद्यार्थीको उमेर समूह अनुसार फर्निचरको व्यवस्था, अलगै परीक्षा शाखा, चमेना गृह व्यवस्थित गर्ने, शैक्षिक क्रियाकलापतर्फ शिक्षक कार्यसम्पादन सम्झौता करार गरि कार्यान्वयन गरिनेलगायतका कार्यक्रम प्रस्तुत गरियो ।

वार्षिकोत्सवको अवसरमा साताव्यापी खेलकुद प्रतियोगिता भएको थियो । खेलकुदका विभिन्न विधाका ५१ वटा इभेन्ट सञ्चालन गरिएको थियो ।

विद्यालयमा बालविकासदेखि कक्षा १२ सम्म साधारणतर्फ र प्राविधिकमा डिप्लोमा इन सिभिल इन्जिनियर पढाई हुने यहाँ कुल एक हजार ९२० जना विद्यार्थी अध्ययनरत छन् ।

यहाँ कक्षा ११ र १२ मा शिक्षा, व्यवस्थापन र विज्ञानतर्फ जीव विज्ञान तथा भौतिकशास्त्र पढाई हुने गरेको छ । साथै, यसै वर्षदेखि होटल म्यानेजमेन्टको पनि पढाई हुँदै आएको छ ।

Tags: छात्रवृत्तिराष्ट्रिय माध्यमिक विद्यालयविद्यालय
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

आजको राशिफल – भाद्र २१ गते आइतबार
धर्म/संस्कृति

आजको राशिफल (भदौ २६ गते शुक्रबार)

by ज्यो. पं. सम्राट् गाैतम
भदौ २६, २०८३
0

२०८३ भदौ २६ गते शुक्रबार, सोही अनुसार ११ सेप्टेम्बर २०२६ । श्रीशाके १९४८, नेपाल संवत् ११४६ गुँलागा, दक्षिणायन, वर्षा ऋतु,...

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
समाचार

कर्तव्य गरी घटना ढाकछोप, दुईजना बालक पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ २५, २०८३
0

फिदिम | पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एक पुरुषको हत्या गरी आत्महत्याको रूप दिन खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला...

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

एकै दिन सुनसरीमा पाँच फरार प्रतिवादी पक्राउ

भदौ २५, २०८३
कानुन पढ्ने विद्यार्थी न्यायको नेतृत्वकर्ता हो – मनोविज्ञ अधिकारी

कानुन पढ्ने विद्यार्थी न्यायको नेतृत्वकर्ता हो – मनोविज्ञ अधिकारी

भदौ २५, २०८३
सर्पको टोकाइबाट एक महिलाको मृत्यु

इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

भदौ २५, २०८३
विकास निर्माणमा हातेमालो श्रमदान

विकास निर्माणमा हातेमालो श्रमदान

भदौ २५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आजको राशिफल – भाद्र २१ गते आइतबार

आजको राशिफल (भदौ २६ गते शुक्रबार)

भदौ २६, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

कर्तव्य गरी घटना ढाकछोप, दुईजना बालक पक्राउ

भदौ २५, २०८३
भोटेकोशी बाढी, उद्धारसँगै पुनःस्थापनाको चुनौती

भोटेकोशी बाढी, उद्धारसँगै पुनःस्थापनाको चुनौती

भदौ २५, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

एकै दिन सुनसरीमा पाँच फरार प्रतिवादी पक्राउ

भदौ २५, २०८३



लाेकप्रिय

  • सर्पको टोकाइबाट एक महिलाको मृत्यु

    इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    337 shares
    Share 135 Tweet 84
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    311 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    290 shares
    Share 116 Tweet 73
  • सङ्खुवासभामा गोली हानेर प्रधानाध्यापकको हत्या

    233 shares
    Share 93 Tweet 58

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.