इटहरी : सेभ द अर्थ सुनसरीले महिलाहरूको स्वास्थ्य क्षेत्रमा गर्दै आएको कामले विशेषगरी ग्रामीण क्षेत्रमा परिवर्तन देखिएको छ ।
संस्थाले नेपालमा पाइएका उपेक्षित उष्णप्रदेशीय रोेगहरूबारे समुदायका मानिसहरूलाई जानकारी गराएर सचेतना स्तर बढाइएको छ । उपेक्षित उष्णप्रदेशीय रोगहरूबारे ग्रामीण क्षेत्रका अधिकतर सर्वसाधारण सचेत भएको पाइएको छ ।
संस्थाले भर्खरै सार्वजनिक गरेको सामाजिक परीक्षण रिपोर्टका आधारमा विद्यालयमा विद्यार्थीहरूलार्ई स्वास्थ्य सेवाहरूका सम्बन्धमा चेतना अभिवृद्धि पनि गरिएको छ ।
आमा र बच्चाको स्वास्थ्य सम्बन्धी सचेतनाका लागि संस्थाले काम गर्दै आएको ६ वटा गाउँपालिका र दुईवटा नगरपालिकामा आमा समूह रहेका छन् । प्रत्येक स्वास्थ्य स्वयंसेविकाले समूह निर्माण गरी मासिक रूपमा बैठक राख्ने र बैठकमा नियमित जाँदा आमा र बच्चाको स्वास्थ्य तथा पोषणसम्बन्धी छलफल हुने गरेको छ ।
आमा र बच्चाको स्वास्थ्य स्थितिबारे जानकारी हुँदा केही खतराको संकेत देखिएमा बेलैमा उपचार गर्न सुल्झाउने गरिन्छ ।
स्थानीय स्वास्थ्य संस्थाबाट सञ्चालन गरिने स्वास्थ्य सेवालाई उपलब्ध स्रोत साधनको अधिकतम सदुपयोग गरी सेवालाई थप व्यवस्थित जनमुखी र प्रभावकारी बनाउन, स्वास्थ्य सेवाको सञ्चालन र व्यवस्थापनमा जनसहभागिता परिचालन गर्न नेपालको संविधानले स्थानीय स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिलाई तालिम समेत दिइएको छ ।
यस्तै, नेपालमा पाइएका उपेक्षित उष्णप्रदेशीय रोेगहरूबारेमा स्वास्थ्यकर्मी, आमा समूह, स्वास्थ्य स्वयम्सेविका र जनप्रतिनिधिलाई पनि तालिम दिइएको छ ।
सुनसरीका विभिन्न स्थानमा डेंगु संक्रमणको जोखिम विभिन्न समयमा बढ्ने गरेको छ । स्थानीय तहले डेंगु रोकथामका लागि ‘खोज र नष्ट गर’अभियानमा सेभ द अर्थको विश्वास परियोजनाले पनि सपोर्ट गर्दै आएको सामाजिक परीक्षण रिपोर्टमा उल्लेख छ ।
उपेक्षित उष्णप्रदेशीय रोेगहरूबाट पीडित भएकाहरूको अवस्था बुझन घर भ्रमण गर्नुका साथै कुष्ठरोग तथा हात्तीपाइलेबाट प्रभावित बिरामीलाई थप उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगरसँगै लालगढ र आनन्द वन अस्पताल पठाइएको छ ।
संस्थाले गर्दै आएका कामा स्वास्थ्य आमा समूहको नियमित बैठक हरेक महिना बसेर आमा समूहमा आबद्द महिलाहरूको समग्र स्वास्थ्य अवस्थाबारे छलफल गर्ने गरिएको छ । परियोजना सुरु भएपछि गर्भवती महिलाहरुले नियमित स्वास्थ्य संस्थामा स्वास्थ्य जाँच गराउने गरेका छन् ।
साथै, स्वास्थ चौकीका बर्थिङ सेन्टरमै वच्चा जन्माउने गरेका छन् । आमा समुहको बैठकमा गर्भावस्थामा महिलाहरुमा आउने परिवर्तन, जोखिम तथा सुत्केरी भएपछि ध्यान दिनु पर्ने विषयमा छलफल हुने गरेको छ ।
आमा समूहले बैठकमा उठाएका कतिपय सवालमा स्वास्थ्य स्वयम्सेविकाले संस्थाका सिनियर स्वास्थ्यकर्मीसँग आवश्यक जानकारी लिएर गाउँमा आमा समूहका सदस्यलाई प्रस्ट पार्ने गरेको पाइएको छ ।
संस्थाले स्थानीय तहसँगको सहकार्यमा विश्वास परियोजना अन्तर्गत सुनसरीको आठवटा पालिकाहरूबर्जु, देवानगञ्ज, हरिनगर, कोशी, भोक्राहा नरसिंह, गढी, दुहबी नगरपालिका र इनरुवा नगरपालिकामा स्वास्थ्य सेक्टरमा काम गर्दै आएको छ ।
सेभ द अर्थ सुनसरीले जीविकोपार्जन, जनस्वास्थ्य, सशक्तीकरण, वातावरण र सुशासन र मानवीय सेवामा केन्द्रित छ ।
लक्षित लाभग्राहीमा महिला, आदिवासी जनजाति, बालबालिका, सीमान्तकृत किसान, दैनिक ज्यालादारी मजदुर र खाँचोमा परेका व्यक्तिहरू रहेका छन् ।
सेभ द अर्थ सुनसरी उनीहरूसँग प्रत्यक्ष रूपमा काम गर्दछ र सामाजिक–आर्थिक, सांस्कृतिक र राजनीतिक कमजोरीहरूलाई कम गर्न उनीहरूको क्षमतालाई बलियो बनाउन प्रयास गर्दछ ।
सेभ द अर्थ सुनसरीले फेयरमेड फाउण्डेशन नेपालको सहयोगमा कोशी प्रदेशको सुनसरीमा ‘उपेक्षित ट्रपिकल रोग प्रभावित र जोखिम’ मा रहेकाहरूको हितमा काम गर्दै आएको छ ।















Discussion about this post