Wednesday, October 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

सेभ द अर्थ संस्थाले ग्रामीण क्षेत्रमा स्वास्थ्य सचेतना फैलाउँदा परिवर्तन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस २०, २०८१
in समाचार
0
सेभ द अर्थ संस्थाले ग्रामीण क्षेत्रमा स्वास्थ्य सचेतना फैलाउँदा परिवर्तन
73
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सेभ द अर्थ सुनसरीले महिलाहरूको स्वास्थ्य क्षेत्रमा गर्दै आएको कामले विशेषगरी ग्रामीण क्षेत्रमा परिवर्तन देखिएको छ ।

संस्थाले नेपालमा पाइएका उपेक्षित उष्णप्रदेशीय रोेगहरूबारे समुदायका मानिसहरूलाई जानकारी गराएर सचेतना स्तर बढाइएको छ । उपेक्षित उष्णप्रदेशीय रोगहरूबारे ग्रामीण क्षेत्रका अधिकतर सर्वसाधारण सचेत भएको पाइएको छ ।

संस्थाले भर्खरै सार्वजनिक गरेको सामाजिक परीक्षण रिपोर्टका आधारमा विद्यालयमा विद्यार्थीहरूलार्ई स्वास्थ्य सेवाहरूका सम्बन्धमा चेतना अभिवृद्धि पनि गरिएको छ ।

आमा र बच्चाको स्वास्थ्य सम्बन्धी सचेतनाका लागि संस्थाले काम गर्दै आएको ६ वटा गाउँपालिका र दुईवटा नगरपालिकामा आमा समूह रहेका छन् । प्रत्येक स्वास्थ्य स्वयंसेविकाले समूह निर्माण गरी मासिक रूपमा बैठक राख्ने र बैठकमा नियमित जाँदा आमा र बच्चाको स्वास्थ्य तथा पोषणसम्बन्धी छलफल हुने गरेको छ ।

आमा र बच्चाको स्वास्थ्य स्थितिबारे जानकारी हुँदा केही खतराको संकेत देखिएमा बेलैमा उपचार गर्न सुल्झाउने गरिन्छ ।

स्थानीय स्वास्थ्य संस्थाबाट सञ्चालन गरिने स्वास्थ्य सेवालाई उपलब्ध स्रोत साधनको अधिकतम सदुपयोग गरी सेवालाई थप व्यवस्थित जनमुखी र प्रभावकारी बनाउन, स्वास्थ्य सेवाको सञ्चालन र व्यवस्थापनमा जनसहभागिता परिचालन गर्न नेपालको संविधानले स्थानीय स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिलाई तालिम समेत दिइएको छ ।

यस्तै, नेपालमा पाइएका उपेक्षित उष्णप्रदेशीय रोेगहरूबारेमा स्वास्थ्यकर्मी, आमा समूह, स्वास्थ्य स्वयम्सेविका र जनप्रतिनिधिलाई पनि तालिम दिइएको छ ।

सुनसरीका विभिन्न स्थानमा डेंगु संक्रमणको जोखिम विभिन्न समयमा बढ्ने गरेको छ । स्थानीय तहले डेंगु रोकथामका लागि ‘खोज र नष्ट गर’अभियानमा सेभ द अर्थको विश्वास परियोजनाले पनि सपोर्ट गर्दै आएको सामाजिक परीक्षण रिपोर्टमा उल्लेख छ ।

उपेक्षित उष्णप्रदेशीय रोेगहरूबाट पीडित भएकाहरूको अवस्था बुझन घर भ्रमण गर्नुका साथै कुष्ठरोग तथा हात्तीपाइलेबाट प्रभावित बिरामीलाई थप उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगरसँगै लालगढ र आनन्द वन अस्पताल पठाइएको छ ।

संस्थाले गर्दै आएका कामा स्वास्थ्य आमा समूहको नियमित बैठक हरेक महिना बसेर आमा समूहमा आबद्द महिलाहरूको समग्र स्वास्थ्य अवस्थाबारे छलफल गर्ने गरिएको छ । परियोजना सुरु भएपछि गर्भवती महिलाहरुले नियमित स्वास्थ्य संस्थामा स्वास्थ्य जाँच गराउने गरेका छन् ।

साथै, स्वास्थ चौकीका बर्थिङ सेन्टरमै वच्चा जन्माउने गरेका छन् । आमा समुहको बैठकमा गर्भावस्थामा महिलाहरुमा आउने परिवर्तन, जोखिम तथा सुत्केरी भएपछि ध्यान दिनु पर्ने विषयमा छलफल हुने गरेको छ ।

आमा समूहले बैठकमा उठाएका कतिपय सवालमा स्वास्थ्य स्वयम्सेविकाले संस्थाका सिनियर स्वास्थ्यकर्मीसँग आवश्यक जानकारी लिएर गाउँमा आमा समूहका सदस्यलाई प्रस्ट पार्ने गरेको पाइएको छ ।

संस्थाले स्थानीय तहसँगको सहकार्यमा विश्वास परियोजना अन्तर्गत सुनसरीको आठवटा पालिकाहरूबर्जु, देवानगञ्ज, हरिनगर, कोशी, भोक्राहा नरसिंह, गढी, दुहबी नगरपालिका र इनरुवा नगरपालिकामा स्वास्थ्य सेक्टरमा काम गर्दै आएको छ ।

सेभ द अर्थ सुनसरीले जीविकोपार्जन, जनस्वास्थ्य, सशक्तीकरण, वातावरण र सुशासन र मानवीय सेवामा केन्द्रित छ ।

लक्षित लाभग्राहीमा महिला, आदिवासी जनजाति, बालबालिका, सीमान्तकृत किसान, दैनिक ज्यालादारी मजदुर र खाँचोमा परेका व्यक्तिहरू रहेका छन् ।

सेभ द अर्थ सुनसरी उनीहरूसँग प्रत्यक्ष रूपमा काम गर्दछ र सामाजिक–आर्थिक, सांस्कृतिक र राजनीतिक कमजोरीहरूलाई कम गर्न उनीहरूको क्षमतालाई बलियो बनाउन प्रयास गर्दछ ।

सेभ द अर्थ सुनसरीले फेयरमेड फाउण्डेशन नेपालको सहयोगमा कोशी प्रदेशको सुनसरीमा ‘उपेक्षित ट्रपिकल रोग प्रभावित र जोखिम’ मा रहेकाहरूको हितमा काम गर्दै आएको छ ।

Tags: #स्वास्थ्यसेभ द अर्थ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा
समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईँले पदबाट राजीनामा दिएका छन्। गुरागाईँले कात्तिक १० गते प्रदेश प्रमुख परशुराम खापुङसमक्ष...

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो
खेलकुद

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको खेलमा विराटनगर किङ्ग्स चितवन राइनोजसँग ८ रनले पराजित भएको छ। चितवनले दिएको...

सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

कार्तिक १०, २०८३

झापामा तीन लाखभन्दा बढीका पटका बरामद

कार्तिक १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कार्तिक १०, २०८३
विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

कार्तिक १०, २०८३
सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    841 shares
    Share 336 Tweet 210
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    643 shares
    Share 257 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    512 shares
    Share 205 Tweet 128
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    285 shares
    Share 114 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.