Friday, July 31, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

धरान एक्स्पोमा गोष्ठी : कृषि र पर्यटनका नयाँ सम्भावना उजागर

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ ७, २०८१
in विविध, समाचार
0
धरान एक्स्पोमा गोष्ठी : कृषि र पर्यटनका नयाँ सम्भावना उजागर
64
SHARES
Share on FacebookShare on Twitter

धरान : धरान एक्स्पो–२०८१ अन्तर्गत आयोजित कृषि र पर्यटनसम्बन्धी दुई गोष्ठी सम्पन्न भएको छ ।

यी गोष्ठीहरूले स्थानीय उत्पादनलाई व्यवसायिक बनाउन, पर्यटन प्रवर्द्धनमा नयाँ दृष्टिकोण ल्याउन, र नवीनतम् प्रविधिहरूको प्रयोगबारे जानकारी दिन महत्त्वपूर्ण भूमिका खेलेका छन्।

कृषि गोष्ठीमा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले स्थानीय उत्पादनलाई बजारीकरण गर्ने र आधुनिक प्रविधिको प्रयोगले उत्पादनशीलता बढाउने उपायहरूबारे चर्चा गरे।

उनले भने, कृषिमा युवाहरूको आकर्षण बढाउन र उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन योजनाबद्ध रूपमा अघि बढ्नुपर्छ।

कार्यशालामा कृषि विज्ञ विष्णुप्रसाद काफ्लेले धरान वडा ४, ५, ६ र २० लाई कृषि उत्पादनका सम्भावनायुक्त क्षेत्रका रूपमा चिनाउनुपर्ने बताए ।

उनले अदुवा, बेसार, अम्लिसो, तेजपात, केरा, र कोदोजस्ता रैथाने बालीहरूको व्यवसायिक उत्पादनले किसानहरूको आय वृद्धि गर्न मद्दत गर्ने धारणा राखे ।

उनले भने, रैथाने बालीमा प्रचुर पौष्टिक तत्त्व पाइने भएकाले यी बालीहरूलाई संरक्षण र प्रवर्द्धन गर्न विशेष ध्यान दिनुपर्छ।

गोष्ठीमा नेपालको संविधान, राष्ट्रिय कृषि नीति २०६१, कृषि जैविक विविधता नीति २०६४, र कृषि विकास रणनीति २०१५ ले रैथाने बालीहरूको महत्वलाई उजागर गरेको चर्चा गरिएको थियो ।

साथै, सरकारको २०७५ देखि सुरु भएको प्राङ्गारिक कृषि प्रवर्द्धन मिसन अन्तर्गत रैथाने बाली प्रवर्द्धन अभियानले किसानहरूलाई थप सम्भावनाहरू सिर्जना गरिरहेको जनाइएको छ।

पर्यटन गोष्ठीमा कोशीका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले स्थानीय पर्यटन क्षेत्रको महत्वबारे बोले ।

उनले धरानको प्राकृतिक र सांस्कृतिक विविधतालाई प्रवर्द्धन गरेर यहाँको पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउन सकिने बताए । मण्डलले भने, स्थानीय पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन यसको मौलिकता र विविधतालाई उजागर गर्न जरूरी छ।

गोष्ठीमा सहभागी व्यवसायी, किसान, र पर्यटन व्यवसायका प्रतिनिधिहरूले आफ्ना अनुभव र धारणा राख्दै यस्ता कार्यक्रमले व्यावसायिक दृष्टिकोण फराकिलो बनाएको बताए।

धरान एक्स्पो माघ ८ गतेसम्म सञ्चालन हुनेछ । यसपटकको एक्स्पोमा नेपाल, भारत, बंगलादेश, र पाकिस्तानका एक सय ४२ वटा स्टलहरूमा विभिन्न उत्पादनहरू प्रदर्शनमा राखिएका छन् ।

विशेषगरी, क्यालिबर सुजको सीमित अफर, जैविक सख्खर, र बम्पर अफरले ग्राहकहरूको ध्यान खिचेको छ।

आयोजक सुनसरी उद्योग वाणिज्य संघकाअनुसार एक्स्पोमा १० करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ।

Tags: #धरानएक्स्पोगोष्ठी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

झापामा तीव्र गतिका कारण मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

by टाकुरा न्यूज । इटहरी
साउन १५, २०८३
0

झापा : झापाको बाह्रदशी गाउँपालिका-३ रामनगरमा मोटरसाइकलको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मोटरसाइकलको तीव्र गतिका...

देवानगञ्ज घटनामा पीडित परिवारको माग– ‘सहिद घोषणा गरियोस्’
समाचार

सुनसरी घटना : मृतक परिवार र सरकारबीच सात बुँदे सहमति, शहीद घोषणा र १० लाख दिइने, आज अन्त्यष्टि

by टाकुरा न्यूज । इटहरी
साउन १५, २०८३
0

इटहरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन १० गते राति भएको गोलीकाण्डमा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार...

सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक पुरुषको मृत्यु

मोरङको सुन्दरहरैँचामा भरुवा बन्दुक र गाँजासहित एक पक्राउ

साउन १४, २०८३
कोसी प्रदेशमा १० रुपैयाँले घट्यो दूधको मूल्य

दूधको पैसा नपाएपछि किसान पुगे दमकका अख्तियार

साउन १४, २०८३
सुनसरी घटना : गोली लागेर घाइते भएको पाँच दिनपछि उपचारका लागि काठमाडौं लगियो

सुनसरी घटना : गोली लागेर घाइते भएको पाँच दिनपछि उपचारका लागि काठमाडौं लगियो

साउन १४, २०८३
उदयपुरमा कारुणिक घटना : एकै घरका तीन दाजुभाइको डुबेर मृत्यु

उदयपुरमा कारुणिक घटना : एकै घरका तीन दाजुभाइको डुबेर मृत्यु

साउन १४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा तीव्र गतिका कारण मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

साउन १५, २०८३
देवानगञ्ज घटनामा पीडित परिवारको माग– ‘सहिद घोषणा गरियोस्’

सुनसरी घटना : मृतक परिवार र सरकारबीच सात बुँदे सहमति, शहीद घोषणा र १० लाख दिइने, आज अन्त्यष्टि

साउन १५, २०८३
सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक पुरुषको मृत्यु

मोरङको सुन्दरहरैँचामा भरुवा बन्दुक र गाँजासहित एक पक्राउ

साउन १४, २०८३
कोसी प्रदेशमा १० रुपैयाँले घट्यो दूधको मूल्य

दूधको पैसा नपाएपछि किसान पुगे दमकका अख्तियार

साउन १४, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    631 shares
    Share 252 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.