विराटनगर : विराटनगर महानगरपालिकाले महिलाहरूको स्थितिपत्र तयार पार्ने भएको छ ।
महानगरकी उपमेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, वडाध्यक्ष काजीबहादुर बस्नेत, कुमार पोखरेल, बासुबहादुर बस्नेत, सन्तोष न्यौपाने, राम पोखरेल, अर्जुन गिरी, तीर्थेन्द्र नेउपाने, सूर्यनारायण महतो, श्याम घिमिरे, कार्यपालिका सदस्य सरिता घिमिरे, ओमप्रकाश साह, सुन्तली विश्वकर्मालगायत सहभागी थिए ।
यसैगरी सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, राजस्व महाशाखा प्रमुख सरोज गौतम, कानुन शाखाकी प्रमुख शारदा थपलिया, महिला, बालबालिका शाखाकी प्रमुख मञ्जु लोहनीलगायतको उपस्थितिमा भएको कार्यशालामा स्वतन्त्र विज्ञ चन्द्र तिम्सिना उपाध्यायले स्थितिपत्र तयार पार्दा अबलम्बन गरिने विषयबारे जानकारी गराएका थिए ।
स्थितिपत्र आगामी जेठ मसान्तभित्र तयार गर्ने लक्ष्य रहेको छ । महानगर क्षेत्रभित्र बसोबास गर्ने एक लाख २१ हजार ७५३ जना महिलाको पारिवारिक, आर्थिक, वैवाहिक, पेशा, व्यवसाय, रोजगारी, जातीय, राजनीतिलगायतको अवस्थाका विषयमा अध्ययन गरिनेछ ।
१९ वटै वडामा पुगेर महिलाको स्थितिपत्र तयार पारिने उपमेयर कार्कीले जानकारी दिइन् ।
उनले निर्वाचित भएर आएपछि महानगरका महिलाको अवस्था के रहेछ भनेर स्थितिपत्र तयार पार्ने योजना रहेको सुनाइन् ।
स्थितिपत्र तयार पारेपछि महिलाका क्षेत्रमा बजेट विनियोजन गर्न सजिलो हुने उपमेयर कार्कीको भनाइ थियो ।













Discussion about this post