इटहरी : हिसान स्पोर्टस् मिट अन्तर्गत हिसान एन्फा सुनसरी कप अन्तर विद्यालय फुटबल प्रतियोगिताको सोमबारको खेलमा ज्ञानदर्पण, विश्व आदर्श, कोशी सेन्ट जेम्स र इम्पेरियल कलेज विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेका छन् ।
सोमबारको पहिलो खेलमा ज्ञानदर्पण एकेडेमीले सियोन स्कुल धरानलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गरेको छ ।
दोस्रो खेलमा विश्व आदर्श कलेजले लर्ड बुद्ध इन्टरनेशनल स्कुललाई ५–० गोल अन्तरले पराजित गरेको छ ।
तेस्रो खेलमा कोशी सेन्ट जेम्सले नास्ट कलेज धरानलाई ४–० ले पराजित गर्दा अन्तिम खेलमा इम्पेरियल कलेजले प्रिमियर कलेजलाई सडेन डेथमा पराजित गरेको प्रतियोगिता संयोजक एवंम एन्फा सुनसरी महासचिव कोबिदजंग कार्कीले जानकारी दिए ।
क्रिकेटमा कस्तुरी र पूर्वाञ्चलको विजयी सुरूआत
उच्च शिक्षालय तथा माध्यमिक बिद्यालय संघ हिसान सुनसरीको स्पोर्टस मिट अन्तर्गत क्रिकेट प्रतियोगितामा कस्तुरी र पूर्वाञ्चल कलेजले बिजयी सुरुवात गरेका छन् । सोमबार हुने भनिएको उद्घाटन खेलमा पिसजोन उच्च माबि नआएपछी कस्तुरी कलेज वाओभर पाएर बिजयी बनेको हो ।
दोस्रो खेलमा पूर्वाञ्चल कलेजले प्रिमियर कलेजलाई १९ रनले पराजित गर्दै उत्कृष्ट सुरूआत गरेको छ । मंगलबार हुने पहिलो खेलमा सुष्मा गोदावरी कलेज र सिबी कलेजबीच प्रतिष्पर्धा हुनेछ ।
दोस्रो खेलमा इटहरी नमुना कलेज र कोशी सेन्ट जेम्स कलेजबीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । माघ १८ गतेसम्म चल्ने क्रिकेट प्रतियोगितामा सुनसरीभरीका एक दर्जन उच्च माबिहरुको सहभागिता रहेको थियो ।
छात्र, छात्रा भलिबल पनि सुरू
स्पोर्टस् मिट अन्तर्गत छात्र–छात्रा भलिबल पनि सोमबारबाट सुरू भएको छ । सोमबार भएको छात्रतर्फको पहिलो खेलमा पूर्वाञ्चल कलेजले कोशी सेन्ट जेम्स कलेजलाई पराजित गरेको छ । दोस्रो खेलमा विश्व आदर्श कलेजले पिसजोन उच्च माबिलाई पराजित गरेको छ ।
तेस्रो खेलमा नास्ट कलेज नआएपछी लर्डबुद्ध इन्टरनेशनल कलेज वाकओभर पाएर बिजयी भएको छ । चौथो खेलमा बेबिलोन स्कुलले ग्रिनपिस स्कुललाई पराजित गरेपनि ‘प्रोटेस्ट’ परेकाले छानबिन भैरहेको जनाइएको छ ।
पाँचौं खेलमा सुष्मा कलेजले इम्पेरियल कलेजलाई पराजित गरेको छ । अन्तिम खेलमा ज्ञानदर्पण एकेडेमीले प्रिमियर कलेजलाई पराजित गरेको छ । छात्रातर्फ पनि सोमबार चार खेल सम्पन्न भएका छन ।
पहिलो खेलमा पूर्वाञ्चल कलेजले कस्तुरी कलेजलाई पराजित गर्दा दोस्रो खेलमा लर्ड बुद्ध कलेज नआएपछि प्रिमियर कलेज वाकओभर पाएर विजयी बनेको छ । तेस्रो खेलमा विश्व आदर्श कलेजले सुष्मा कलेजलाई पराजित गरेको छ ।
अन्तिम खेलमा धरान आदर्शले ग्रिनपिस कलेजलाई पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ ।














Discussion about this post