Friday, July 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home भिजिट नेपाल

‘पर्यटन प्रवर्द्धन दीर्घकालीन सोचका साथ गर्नुपर्छ’ : मुख्यमन्त्री कार्की

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन २४, २०८१
in भिजिट नेपाल, विविध, समाचार
0
‘पर्यटन प्रवर्द्धन दीर्घकालीन सोचका साथ गर्नुपर्छ’ : मुख्यमन्त्री कार्की
82
SHARES
Share on FacebookShare on Twitter

इटहरी : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पर्यटन प्रवर्द्धन र विकास दीर्घकालीन सोचका साथ गर्नुपर्ने बताएका छन् ।

शनिबार इटहरीमा आयोजित कोशी पर्यटन वर्ष २०८२ को नीतिगत अन्तरक्रिया कार्यक्रममा उनले पर्यटन क्षेत्रको विकास एकदिने अभियान नभई निरन्तर गरिरहनुपर्ने काम भएकाले योजनावद्ध रूपमा अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

मुख्यमन्त्री कार्कीले भने, ‘पर्यटनको विकास र प्रवर्द्धन बिहे गरेजस्तो एकदिने कार्य होइन, यो वर्षौं लगाएर गर्ने काम हो । त्यसैले दीर्घकालीन सोचका साथ अगाडि बढ्नुपर्छ ।’

पर्यटन क्षेत्रको मजबुत विकासबाट राष्ट्रिय पुँजी निर्माण गर्न सकिने उनले बताए ।

पर्यटन प्रवर्द्धनका लागि सरकार, निजी क्षेत्र र कर्मचारी संयन्त्रबीच एकरूपता आवश्यक रहेकोमा उनले जोड दिए । सोचाइहरू फरक भएमा कार्यान्वयनमा समस्या आउने उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशले पर्यटनको क्षेत्रमा केन्द्र र स्थानीय तहलाई प्रेरित गर्ने गरी उदाहरणीय काम गर्नुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री कार्कीले पर्यटन प्रवर्द्धनका लागि संरचनागत, नीतिगत र कानुनी सुधार अनिवार्य रहेको उल्लेख गर्दै व्यवस्थापकीय कामलाई चुस्तदुरुस्त बनाउनुपर्ने धारणा राखे ।

उनले युवाहरूलाई पर्यटन प्रचारप्रसारमा संलग्न गराउँदै पर्यटन क्षेत्रबाट मुलुकको उज्ज्वल भविष्य सम्भव छ भन्ने सन्देश दिनुपर्ने बताए ।

पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरू, प्रदेशसभा सदस्य, सचिव तथा निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता थियो ।

Tags: #पर्यटन#भिजिट नेपालकोसी प्रदेशहिक्मत कार्की
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन
विविध

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

by टाकुरा न्यूज । इटहरी
साउन १, २०८३
0

इटहरी : गत भदौमा जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त बनेको इटहरीस्थित प्रहरी भवन पुनर्निर्माण भएपछि स्थानीय स्तरमा प्रहरी सेवा पुनःस्थापित...

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान
पर्यावरण

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

by रासस
साउन १, २०८३
0

चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा २२ वटा गैँडा मरेका छन् । गत आर्थिक वर्षको असार मसान्तसम्ममा निकुञ्ज क्षेत्रमा...

पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरीमा राजस्व सेवा सात दिन पूर्ण बन्द

साउन १, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

साउन १, २०८३
कोशी ब्यारेज पुल

कोशी ब्यारेज पुल

साउन १, २०८३
मोरङमा खसी खेदाउने क्रममा सडक पार गर्दा टिपरको ठक्करले वृद्धाको मृत्यु

मोरङमा खसी खेदाउने क्रममा सडक पार गर्दा टिपरको ठक्करले वृद्धाको मृत्यु

साउन १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३
एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरीमा राजस्व सेवा सात दिन पूर्ण बन्द

साउन १, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

साउन १, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    923 shares
    Share 369 Tweet 231
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    766 shares
    Share 306 Tweet 192
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    463 shares
    Share 185 Tweet 116
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    407 shares
    Share 163 Tweet 102

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.