इटहरी : अन्तर्राष्ट्रिय सामाजिक कार्य दिवसको अवसरमा इटहरी नमुना कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा ७७ पिन्ट रगत संकलन भएको छ ।
मंगलबार बिहान ग्रीनपिस लिङ्कन कलेजको प्राङ्गणमा भएको रक्तदान कार्यक्रमलाई विराट टिचिङ अस्पतालले प्राविधिक सहकार्य गरेको थियो ।
कलेजका सामाजिक कार्य संकाय प्रमुख नितेश गौतमले रक्तदानले समाजमा रहेको रगत अभाव कम गर्न मद्दत गर्ने मात्र नभई, विद्यार्थीहरूलाई सामाजिक उत्तरदायित्वबारे सचेत गराउने उद्देश्यले कार्यक्रम गरेको बताए ।
कार्यक्रममा कलेजका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूले रक्तदान गरेका थिए ।
यस वर्षको अन्तर्राष्ट्रिय सामाजिक कार्य दिवसको सन्देश ‘सबैलाई साथ दिऔं, सुन्दर भोलि बनाऔं’ रहेको छ ।
कलेज प्रमुख धर्म न्यौपानेले कलेजले सामाजिक कार्यसँग सम्बन्धित विभिन्न सचेतनामूलक तथा अन्तरक्रियात्मक कार्यक्रमहरू आयोजना गर्ने जानकारी दिए ।
विराट टिचिङले उपलब्ध गरायो ‘सहुलियत कार्ड’
रक्तदान कार्यक्रममा सहभागीहरूलाई विराट टिचिङ अस्पतालले विशेष सहुलियत कार्ड उपलब्ध गराएको छ ।
यसकार्डमार्फत ओपीडी, ल्याब परीक्षण, युएसजी, ईसीजी, एक्स(रे, सिटी स्क्यान, एमआरआई, सल्यक्रिया, आइसियु, औषधि तथाजनरल बेड लगायतका विभिन्न स्वास्थ्य सेवामा १० देखि १०० प्रतिशत सम्म छुट प्रदान गर्ने अस्पतालले जनाएको छ ।
रक्तदान गर्नेहरूका लागि यस्तो सहुलियतले थप प्रोत्साहन गर्ने विश्वास छ ।














Discussion about this post