इटहरी : एभिन्यूज टेलिभिजनका क्यामेरापर्सन सुरेश रजकको आगजनीमा परी निधन भएपछि आन्दोलनरत पत्रकारहरूले मंगलबार सरकारको ध्यानाकर्षण गराएका छन् ।
पत्रकार रजकको हत्यामा संलग्नलाई कारबाहीको माग राख्दै नेपाल पत्रकार महासङ्घ सुनसरीले मंगलबार सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को ध्यानाकर्षण गराएका छन् ।
महासङ्घ सुनसरीद्वारा प्रमुख जिल्ला अधिकारी धर्मेन्द कुमार मिश्रमार्फत गृह मन्त्रालयको ध्यानाकर्षण गराइएको हो ।
राजावादी समूहको हिंसात्मक आन्दोलनमा मारिएका पत्रकार रजकको मृत्यु र सञ्चारगृहमा भएको तोडफोडको छानबिन गर्न माग गर्दै सरकारलाई ध्यानाकर्षण पत्र बुझाइएको हो ।
प्रजिअ मिश्रमार्फत गृह मन्त्रालयलाई उक्त पत्र पठाइएको हो।
ध्यानाकर्षण पत्रमा चैत १५ गते भएको आन्दोलनका क्रममा पत्रकार रजकको आगलागीमा मृत्यु भएको, अन्नपूर्ण पोष्ट र कान्तिपुर टिभीको कार्यालयमा ढुंगामुढा प्रहार गरिएको तथा हिमालय टिभीको सवारी साधनमा क्षति पुगेको घटनाको छानबिन गर्न माग गरिएको छ।
प्रमुख जिल्ला अधिकारी मिश्रले सुनसरीमा पत्रकारहरूका लागि रिपोर्टिङको क्रममा पत्रकारलाई सुरक्षित वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरे ।














Discussion about this post