इटहरी : नेपाल सरकारका उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले कोशी प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्षले नेपालको अर्थतन्त्रलाई महत्वपूर्ण टेवा पुर्याउने बताएका छन् ।
आज (बुधवार) तेह्रथुमको तिनजुरे मिल्केमा कोशी पर्यटन वर्ष २०८२ उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले पर्यटनको माध्यमबाट कोशी प्रदेशले समृद्धि र विकास क्षेत्रमा प्रशंसनीय काम रहेको बताए ।
कोशी प्रदेशमा पर्यटनको प्रचुर सम्भावना रहेको र यसका लागि भारतबाट पर्यटक भित्र्याउन सक्ने चर्चा गर्दै उनले यसतर्फ प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए।
पर्यटनको माध्यमबाट देशमा बढ्दै गएको आर्थिक शिथिलता लाई कम गर्न सकिने बताउँदै उनले पर्यटनबाट नेपालको समृद्धि हुने बताए ।
मुलुक संघीयतामा गएको र यसबाट आम रुपमा जीवन स्तर वृद्धि भएको बताउँदै उनले २०४६ साल यताका विकासका तथ्य तथ्याङ्क हेर्न सुझाव दिए ।
कतिपयले विकास नै नभएको भाष्य सिर्जना गरेर नकारात्मकता फैलाउने प्रयत्न गरेको बताउँदै उनले विकास निर्माण र त्यसबाट भएको प्रभावलाई हेर्न आग्रह गरे।
आग्रह पूर्वाग्रह भन्दा तथ्यमा विकास हेर्नुपर्नेमा उनको जोड थियो ।














Discussion about this post