Sunday, November 1, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

भागबन्डामा पत्रकारिता पुरस्कार प्रदान नगर्न कोशी सरकारलाई ध्यानाकर्षण

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ ११, २०८२
in समाचार
0
भागबन्डामा पत्रकारिता पुरस्कार प्रदान नगर्न कोशी सरकारलाई ध्यानाकर्षण
63
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : कोशी प्रदेश सरकारले प्रदान गर्दै आएको पुरस्कार दलीय भागबण्डामा वितरण नगर्न सरकारलाई सचेत गराउँदै समाजवादी प्रेस संगठन कोशीले निश्चित मापदण्ड र पारदर्शी प्रक्रिया अवलम्बन गर्न माग गरेको छ ।

संगठनले आइतबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रामप्रसाद आचार्यलाई ज्ञापन पत्र बुझाउँदै पुरस्कार वितरण प्रक्रिया पारदर्शी, निष्पक्ष र मापदण्डयुक्त बनाउन आग्रह गरेको हो।

संगठनका प्रदेश अध्यक्ष बन्धु पोखरेल नेतृत्वमा गएको प्रतिनिधिमण्डलले कोशी प्रदेश सरकारले पत्रकारिता पुरस्कार जस्तो संवेदनशील विषयलाईसमेत दलगत भागबण्डाको आधारमा वितरण गर्ने तयारी गरिरहेकोमा आपत्ति जनाएको छ ।

‘यस प्रकारको कार्यले योग्य र निस्वार्थ पत्रकारहरूको सम्मान गर्नुपर्ने प्रक्रियालाई नै बदनाम गर्ने हाम्रो ठहर छ’ विज्ञप्तिमा भनिएको छ, ‘पुरस्कार वितरण प्रक्रिया निष्पक्ष र स्पष्ट मापदण्डका आधारमा पारदर्शी हुनुपर्दछ भन्ने हाम्रो जोडदार माग छ ।’

संगठनले अहिले विभिन्न क्षेत्रमा विकृति र विसङ्गति मौलाइरहेको अवस्थामा सञ्चार क्षेत्र पनि यसबाट अछुतो नरहेको औंल्याएको छ ।

‘आम नागरिकको विश्वास, आशा र भरोसाको केन्द्र बन्नुपर्ने पत्रकार तथा संस्थाहरू आफै लोभ, प्रलोभन र पहुँचको दबाबमा परी विश्वसनीयता गुमाउँदै जानु चिन्ताको विषय हो’ ज्ञापन पत्रमा भनिएको छ ।

प्रदेश सरकारले सञ्चार क्षेत्र सुदृढ बनाउने नाममा बजेट विनियोजन गरेको तर त्यो बजेट उद्देश्यअनुसार प्रयोग नहुनु, बिचौलिया र निकटस्थहरूको मिलेमतोमा खर्च हुनुले बजेट पारदर्शितामाथि प्रश्न उठाएको संगठनको भनाइ छ । यसले नागरिकको करबाट सञ्चित राजस्वको अपमान समेत गरेको उसले ठहर गरेको छ।

संगठनले कोशी प्रदेशमा सरकारले सञ्चार क्षेत्रको सुदृढीकरणका लागि भनेर केही बजेट विनियोजन गरेको उल्लेख गर्दै, तर त्यो बजेट उद्देश्यअनुसार प्रयोग नभई विभिन्न आवरणका बिचौलिया तथा निकटस्थ व्यक्तिहरूको मिलिभगतमा दुरुपयोग हुने गरेकोमा चिन्ता व्यक्त गरेको छ ।

‘यस प्रकारको कार्यले बजेट पारदर्शिताको प्रश्न मात्रै उठाएको छैन, नागरिकको करबाट सञ्चित राजस्वको अपमान पनि गरेको हाम्रो ठहर छ’ ज्ञापन पत्रमा भनिएको छ, ‘प्रदेश सभाबाट पारित कार्यक्रम तथा बजेटलाई सरकार आफ्नो नीतिअनुसार कार्यान्वयन गर्न स्वतन्त्र छ, त्यसमा हाम्रो आपत्ति छैन । तर त्यस्तो बजेट तोकिएकै कार्यक्रममा परिचालन गरी सरकारले लिएको लक्ष हासिल हुने ढङ्गले खर्च हुनुपर्दछ । साझेदार संस्थाहरूले बजेट शीर्षक र उद्देश्यअनुरुप खर्च गरेका छन् कि छैनन् ? सरकारले गम्भीरतापूर्वक अनुगमन गरोस्, र बजेट दुरुपयोग हुनबाट रोकोस् भन्ने हाम्रो सुपस्ष्ट माग छ ।’

संगठनले आफूहरू कुनै पनि प्रकारको अपारदर्शी खर्च, मिलेमतो वा लुटतन्त्रको हिस्सेदार नबन्ने स्पष्ट नीति लिएको उल्लेख गर्दै यदि सरकार गम्भीर नभए संघर्षको बाटो समाउन पछि नपर्ने चेतावनीसमेत दिएको छ।

‘कोशी प्रदेश सरकारका विभिन्न मन्त्रालयहरूबाट एउटा शीर्षकमा बजेट माग गर्ने तर अर्कै शीर्षकमा खर्च गर्ने अनि बजेट निकासा तथा भुक्तानीमा अधिकारीहरू आँखा चिम्लेर संलग्न हुने हो भने यसले के संकेत गर्दछ ? कतै मिलेमतो त छैन भन्ने आशङ्का पैदा गर्दछ,’ ज्ञापन पत्रमा भनिएको छ, ‘यस्ता कार्यले अख्तियारप्राप्त व्यक्तिहरूबीच बजेट बाँडचुँड हुने आम नागरिकको शङ्कालाई थप मलजल गर्ने भएकाले हामी सम्बन्धित अधिकारीहरूलाई त्यसो नगर्न पनि ध्यानाकर्षण गराउँछौं ।’

Tags: कोसी प्रदेशध्यानाकर्षणपत्रकारिता पुरस्कारप्रेस संगठनबन्धु पोखरेल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

फल लाग्ने सिजनमै अकबरे खुर्सानीका बोट मर्न थाले
विविध

फल लाग्ने सिजनमै अकबरे खुर्सानीका बोट मर्न थाले

by रासस
कार्तिक १५, २०८३
0

इलाम : अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका छन् । मुख्य उत्पादन दिने सिजनमै बोट मर्न थालेपछि...

धान फल्ने खेतमा फूलखेती
विविध

धान फल्ने खेतमा फूलखेती

by रासस
कार्तिक १५, २०८३
0

भद्रपुर (झापा) : धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको छ । धानखेती गर्दा वर्षभरिमा करिब ५० हजारको...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुर्घटना, एकको मृत्यु

कार्तिक १४, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कात्तिक २५ गते कोशीमा सरकारी कामकाजको भाषा ऐन लागू हुँदै

कार्तिक १३, २०८३
तिहारका लागि पाँच कट्ठामा सयपत्री फूलखेती

तिहारका लागि पाँच कट्ठामा सयपत्री फूलखेती

कार्तिक १३, २०८३
रामधुनीमा विद्यालय जाने बाटो बन्द, ५ सय विद्यार्थी प्रभावित हुने चिन्ता

रामधुनीमा विद्यालय जाने बाटो बन्द, ५ सय विद्यार्थी प्रभावित हुने चिन्ता

कार्तिक १३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

फल लाग्ने सिजनमै अकबरे खुर्सानीका बोट मर्न थाले

फल लाग्ने सिजनमै अकबरे खुर्सानीका बोट मर्न थाले

कार्तिक १५, २०८३
धान फल्ने खेतमा फूलखेती

धान फल्ने खेतमा फूलखेती

कार्तिक १५, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुर्घटना, एकको मृत्यु

कार्तिक १४, २०८३
पूर्वी नेपालमा नाट्य पर्यटन

पूर्वी नेपालमा नाट्य पर्यटन

कार्तिक १४, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    843 shares
    Share 337 Tweet 211
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    644 shares
    Share 258 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    513 shares
    Share 205 Tweet 128
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    367 shares
    Share 147 Tweet 92
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.