Wednesday, June 10, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

भागबन्डामा पत्रकारिता पुरस्कार प्रदान नगर्न कोशी सरकारलाई ध्यानाकर्षण

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ ११, २०८२
in समाचार
0
भागबन्डामा पत्रकारिता पुरस्कार प्रदान नगर्न कोशी सरकारलाई ध्यानाकर्षण
62
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : कोशी प्रदेश सरकारले प्रदान गर्दै आएको पुरस्कार दलीय भागबण्डामा वितरण नगर्न सरकारलाई सचेत गराउँदै समाजवादी प्रेस संगठन कोशीले निश्चित मापदण्ड र पारदर्शी प्रक्रिया अवलम्बन गर्न माग गरेको छ ।

संगठनले आइतबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रामप्रसाद आचार्यलाई ज्ञापन पत्र बुझाउँदै पुरस्कार वितरण प्रक्रिया पारदर्शी, निष्पक्ष र मापदण्डयुक्त बनाउन आग्रह गरेको हो।

संगठनका प्रदेश अध्यक्ष बन्धु पोखरेल नेतृत्वमा गएको प्रतिनिधिमण्डलले कोशी प्रदेश सरकारले पत्रकारिता पुरस्कार जस्तो संवेदनशील विषयलाईसमेत दलगत भागबण्डाको आधारमा वितरण गर्ने तयारी गरिरहेकोमा आपत्ति जनाएको छ ।

‘यस प्रकारको कार्यले योग्य र निस्वार्थ पत्रकारहरूको सम्मान गर्नुपर्ने प्रक्रियालाई नै बदनाम गर्ने हाम्रो ठहर छ’ विज्ञप्तिमा भनिएको छ, ‘पुरस्कार वितरण प्रक्रिया निष्पक्ष र स्पष्ट मापदण्डका आधारमा पारदर्शी हुनुपर्दछ भन्ने हाम्रो जोडदार माग छ ।’

संगठनले अहिले विभिन्न क्षेत्रमा विकृति र विसङ्गति मौलाइरहेको अवस्थामा सञ्चार क्षेत्र पनि यसबाट अछुतो नरहेको औंल्याएको छ ।

‘आम नागरिकको विश्वास, आशा र भरोसाको केन्द्र बन्नुपर्ने पत्रकार तथा संस्थाहरू आफै लोभ, प्रलोभन र पहुँचको दबाबमा परी विश्वसनीयता गुमाउँदै जानु चिन्ताको विषय हो’ ज्ञापन पत्रमा भनिएको छ ।

प्रदेश सरकारले सञ्चार क्षेत्र सुदृढ बनाउने नाममा बजेट विनियोजन गरेको तर त्यो बजेट उद्देश्यअनुसार प्रयोग नहुनु, बिचौलिया र निकटस्थहरूको मिलेमतोमा खर्च हुनुले बजेट पारदर्शितामाथि प्रश्न उठाएको संगठनको भनाइ छ । यसले नागरिकको करबाट सञ्चित राजस्वको अपमान समेत गरेको उसले ठहर गरेको छ।

संगठनले कोशी प्रदेशमा सरकारले सञ्चार क्षेत्रको सुदृढीकरणका लागि भनेर केही बजेट विनियोजन गरेको उल्लेख गर्दै, तर त्यो बजेट उद्देश्यअनुसार प्रयोग नभई विभिन्न आवरणका बिचौलिया तथा निकटस्थ व्यक्तिहरूको मिलिभगतमा दुरुपयोग हुने गरेकोमा चिन्ता व्यक्त गरेको छ ।

‘यस प्रकारको कार्यले बजेट पारदर्शिताको प्रश्न मात्रै उठाएको छैन, नागरिकको करबाट सञ्चित राजस्वको अपमान पनि गरेको हाम्रो ठहर छ’ ज्ञापन पत्रमा भनिएको छ, ‘प्रदेश सभाबाट पारित कार्यक्रम तथा बजेटलाई सरकार आफ्नो नीतिअनुसार कार्यान्वयन गर्न स्वतन्त्र छ, त्यसमा हाम्रो आपत्ति छैन । तर त्यस्तो बजेट तोकिएकै कार्यक्रममा परिचालन गरी सरकारले लिएको लक्ष हासिल हुने ढङ्गले खर्च हुनुपर्दछ । साझेदार संस्थाहरूले बजेट शीर्षक र उद्देश्यअनुरुप खर्च गरेका छन् कि छैनन् ? सरकारले गम्भीरतापूर्वक अनुगमन गरोस्, र बजेट दुरुपयोग हुनबाट रोकोस् भन्ने हाम्रो सुपस्ष्ट माग छ ।’

संगठनले आफूहरू कुनै पनि प्रकारको अपारदर्शी खर्च, मिलेमतो वा लुटतन्त्रको हिस्सेदार नबन्ने स्पष्ट नीति लिएको उल्लेख गर्दै यदि सरकार गम्भीर नभए संघर्षको बाटो समाउन पछि नपर्ने चेतावनीसमेत दिएको छ।

‘कोशी प्रदेश सरकारका विभिन्न मन्त्रालयहरूबाट एउटा शीर्षकमा बजेट माग गर्ने तर अर्कै शीर्षकमा खर्च गर्ने अनि बजेट निकासा तथा भुक्तानीमा अधिकारीहरू आँखा चिम्लेर संलग्न हुने हो भने यसले के संकेत गर्दछ ? कतै मिलेमतो त छैन भन्ने आशङ्का पैदा गर्दछ,’ ज्ञापन पत्रमा भनिएको छ, ‘यस्ता कार्यले अख्तियारप्राप्त व्यक्तिहरूबीच बजेट बाँडचुँड हुने आम नागरिकको शङ्कालाई थप मलजल गर्ने भएकाले हामी सम्बन्धित अधिकारीहरूलाई त्यसो नगर्न पनि ध्यानाकर्षण गराउँछौं ।’

Tags: कोसी प्रदेशध्यानाकर्षणपत्रकारिता पुरस्कारप्रेस संगठनबन्धु पोखरेल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मिक्लाजुङमा कविताको वर्षा
FEATURE BREAKING

मिक्लाजुङमा कविताको वर्षा

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २७, २०८३
0

मेरो माया मफलर भए बाँधिहिड्थेँ गलामा ! कैलेकाहीँ त मन नहुँदा टाँगिहिड्थेँ किलामा !  करिब ६५ वर्षअघि, अयामेली कवि बैरागी...

विराटनगर विमानस्थल : नयाँ टर्मिनल भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत
FEATURE BREAKING

विराटनगर विमानस्थलमा ‘उडान अघि ठगी’ रोक्न प्रशासनको एक्सन, यी चार व्यवसायीलाई तिराइयो १२ लाख जरिवाना

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २६, २०८३
0

विराटनगर : विराटनगर विमानस्थल परिसरभित्र यात्रुहरूबाट अत्यधिक मूल्य असुल्ने प्रवृत्ति बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मोरङले छड्के अनुगमनमार्फत कडा कारबाही गरेको...

इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

मोरङको लेटाङमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु, तीन जना घाइते

जेष्ठ २६, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

सुनसरी, मोरङ र झापाबाट लागूऔषधसहित तीन जना पक्राउ

जेष्ठ २६, २०८३
तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरणको तयारी 

तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरणको तयारी 

जेष्ठ २६, २०८३
भोजपुरमा ‘रुद्राक्ष पकेट क्षेत्र’का रूपमा विकास गर्ने योजना

भोजपुरमा ‘रुद्राक्ष पकेट क्षेत्र’का रूपमा विकास गर्ने योजना

जेष्ठ २६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मिक्लाजुङमा कविताको वर्षा

मिक्लाजुङमा कविताको वर्षा

जेष्ठ २७, २०८३
विराटनगर विमानस्थल : नयाँ टर्मिनल भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत

विराटनगर विमानस्थलमा ‘उडान अघि ठगी’ रोक्न प्रशासनको एक्सन, यी चार व्यवसायीलाई तिराइयो १२ लाख जरिवाना

जेष्ठ २६, २०८३
इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

मोरङको लेटाङमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु, तीन जना घाइते

जेष्ठ २६, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

सुनसरी, मोरङ र झापाबाट लागूऔषधसहित तीन जना पक्राउ

जेष्ठ २६, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1504 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    391 shares
    Share 156 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.