संखुवासभा : संखुवासभाको खाँदबारीमा दुई किशोरीलाई जबरजस्ती यौन शोषण गरेको आरोपमा दुई युवा पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ३५ वर्षीय तुफान राई र २८ वर्षीय प्रकाश राई रहेका छन् । उनीहरूले चिचिला गाउँपालिकाबाट खाँदबारी ल्याएर होटलमा राखी बलात्कार गरेको उजुरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो।
पीडित १६ र १७ वर्षकी बालिकाले प्रहरीमा जाहेरी दिएपछि जेठ ११ गते उनीहरूलाई नियन्त्रणमा लिइएको डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए।
“बालिकाको उजुरीका आधारमा हामीले तत्काल अनुसन्धान अघि बढाएका छौं,” डीएसपी बस्नेतले भने, “घटनाबारे थप अनुसन्धान गरिरहेका छौँ ।”
नेपालको कानुनले १८ वर्षभन्दा मुनिका किशोरीहरूसँगको यौन सम्बन्धलाई ‘बलात्कार’ मानेको छ ।














Discussion about this post