इटहरी : इटहरीस्थित एक फ्याक्ट्रीमा आगलागी भएको छ ।
आज (बुधवार) बिहानको राति २ः३० बजेतिरदेखि लागेको आगो नियन्त्रणबाहिर छ । इटहरी उपमहानगरपालिका वडा नं. १२ डुमाटका स्थितमा रहेको तिरूपति प्लाइड उद्योग फ्याक्ट्रीमा आगलागी भएको हो ।
हाल सुनसरी र मोरङका विभिन्न पालिकाबाट आएका १० वटा दमकलको सहयोगमा आगो निभाउने काम भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।
तत्काल अन्य ठाउमा आगो फैलन सक्ने सम्भावना नरहेको बताइएपनि आगलागी निन्त्रणमा आउन अझै समय लाग्ने प्रहरीले जनाएको छ ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीको नेतृत्वमा १७ जना प्रहरी खटिएका छन् । प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ ।
विराटनगर ५ बस्ने वसन्त राठी र धरान बस्ने विकास अटलले संयुक्त रूपमा सञ्चालनमा ल्याएको उक्त फ्याक्ट्रीमा कसरी आगलागी भयो भन्नेबारे यकिन भइसकेको छैन ।



















Discussion about this post