उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका २ स्थितबाट प्रहरीले लागूऔषध गाँजासहित ओसारपसारमा संलग्न दुई जना महिलालाई पक्राउ गरेको छ ।
विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले चौदण्डीगढी १ की रत्नमाया श्रेष्ठको घर, कोठा खानतलासी गर्दा सोही स्थानकी ४२ वर्षीया कमला श्रेष्ठले ३५ वटा प्लास्टिकको बोरामा लुकाई छिपाई राखेको गाँजा बरामद गरेको हो ।
बरामद गरिएको गााजा एक हजार एक सय ४३ किलो २७५ ग्राम रहेको छ ।
गाँजा बरामद भएसँगै संलग्न दुवै जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान तथा कानूनी कारबाही भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित सप्तकोशी नदीमा बेवारिसे अवस्थामा ट्युवमा बग्दै आइरहेको ८ वटा प्लास्टिकको बोरामा रहेको दुई सय किलोग्राम गाँजा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बरामद गरेको छ ।














Discussion about this post