इटहरी : इटहरी र विराटनगरका क्षेत्रका विभिन्न विद्यालयका दुई सय भन्दा बढी विद्यार्थी स्काउटरको रूपमा दीक्षित भएका छन् ।
दीक्षित हुने विद्यार्थीमध्ये इटहरी वडा नं. १ को श्री राष्ट्रिय माध्यमिक विद्यालयका मात्रै एक सय ३९ जना रहेका छन् ।
इटहरी वडा नं. ३ मा रहेको तालतलैयामा आयोजित कार्यक्रममा सहभागी विद्यार्थीलाई दीक्षित गरिएको हो ।
इटहरी वडा नं. १ मा सञ्चालित श्री राष्ट्रिय माध्यमिक विद्यालय स्काउट ट्रुपको आयोजनामा विराटनगरका दुई वटा र बाँकी इटहरी क्षेत्रगरी २४ वटा विद्यालयका विद्यार्थीलाई दीक्षित गरिएको हो ।
जसमा इटहरी क्षेत्रका पाँचवटा सामूदायिक विद्यालय र अरु निजी विद्यालयका विद्यार्थीको सहभागिता रहेको कार्यक्रम संयोजक राष्ट्रिय माध्यमिक विद्यालय स्काउट शिक्षक बन्दना दाहालले बताइन् ।
कार्यक्रममा विराटनगर क्षेत्रका दुई वटै सामूदायिक विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो ।
कुल आठ सय ५६ जना विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा फ्रेन्डसिप हाइक एण्ड कुकिङ् प्रतियोगितामा बाल विकास बोडिङ् स्कुल इटहरीका विद्यार्थीको टोली प्रथम भएको थियो ।
यस्तै, विनायक स्कुल विराटनगर दोस्रो, सगरमाथा फुजिसन स्कुल इटहरी तेस्रो र सरस्वती माध्यमिक विद्यालय बौका झोडाका विद्यार्थीको टोली शान्त्वना भएका थिए ।
कुकिङ् प्रतिस्पर्धाको होटल एण्ड म्यानेजमेन्ट विषयका प्रशिक्षक हिमाल बस्नेत निर्णय रहेका थिए ।
कार्यक्रम हुनुअघि राष्ट्रिय माध्यमिक विद्यालयदेखि तालतलैयासम्म झन्डै पाँच किलोमिटर विद्यार्थीहरूले स्काउट ड्रेसमा पैदलयात्रासमेत गरेको श्री राष्ट्रिय माध्यमिक विद्यालयका सहायक प्रधानाध्यपाक लक्ष्मी सुवेदीले बताए ।
कार्यक्रममा स्काउट कोशी प्रदेश समितिका प्रमुख आयुक्त हेमन्त भण्डारीको प्रमुख आथित्यतामा भएको थियो ।
सो क्रममा स्काउट इटहरीका आयुक्त डाक्टर वेणुप्रसाद सिटौला, धरानका आयुक्त मधुसुदन घिमिरे, इटहरी वडा नं. १ का वडाध्यक्ष कैलाश कार्की रतन, श्री राष्ट्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोविदजंग कार्की, प्रधानाध्यापक सरनकुमार बस्नेत, तालतलैया संरक्षण समितिका अध्यक्ष गंङगबहादुर राय क्षेत्री, तालतलैया संरक्षण समिति सदस्य टंक दाहाललगायतको सहभागिता रहेको थियो ।
उत्सव झैँ भएको स्काउटको कार्यक्रमले विद्यार्थीहरूमा अनुशासन, नेतृत्व र सामाजिक जिम्मेवारीको भावना प्रगाढ बनाउन सहयोग पुगेको विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतले बताए ।
















Discussion about this post