ताप्लेजुङ : ताप्लेजुङको फुङलिङ नगरपालिका–६ का अर्जुन गुरुङले खुकुरी प्रहार गरी २८ वर्षीय तेजेन्द्र लिम्बूको हत्या गरेका छन् ।
फक्ताङलुङ गाउँपालिका–३ लिङखिम सिस्ने नजिकको सडकमा कोखामा गम्भीर चोट लाग्दा लिम्बूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
हत्या अभियुक्त गुरुङ फरार रहेका छन् भने उनको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ ।
प्रहरीका अनुसार उनी आफ्नै श्रीमती सरिता लिम्बूसँग फक्क्तालुङ गाउँपालिका–३ तावा बस्ने फुपु योगमाया लिम्बुको घरमा पाहुना गएका थिए । त्यहाँ अर्जुन गुरुङ र उनकी श्रीमतीबीच विवाद भई झगडा भएको थियो ।
फूपु योगमायाले सम्झाइबुझाइ उनीहरुलाई आफ्नै घर जानु भनि श्रीमतिसहित स्थानीय तेजेन्द्र समेतलाई साथ लगाई फुङलिङ तर्फ पठाएकी थिइन् ।
त्यही क्रममा सिस्ने खोला नजिक बाटोमा आइपुग्दा अर्जुनले खुकुरी प्रहार गरी तेजेन्द्रको बायाँपट्टीको कोखमा हानेको र घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।
प्रहरी घटनास्थलतर्फ खटिएर आवश्यक कानुनी प्रक्रिया गरिरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post