इटहरी : सरकारी छाप दस्तखत किर्ते मुद्दामा १६ वर्षअघि अदालतबाट दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई प्रहरीले घरैबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका–१, भलायोटार निवासी ३६ वर्षीय रोशन राई रहेका छन्। इलाका प्रहरी कार्यालय चतराबाट खटिएको टोलीले शनिबार राईलाई आफ्नै घरबाट पक्राउ गरेको हो।
सुनसरी जिल्ला अदालतले २०६६ साल फागुन १३ गते राईलाई सरकारी छाप दस्तखत किर्ते मुद्दामा १ वर्ष कैद र २ सय २५ रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो। तर, फैसला भएपछि उनी सजाय भुक्तान नगरी फरार भएका थिए।
सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार फरार प्रतिवादीको खोजी गर्ने क्रममा राईलाई पक्राउ गर्न प्रहरी सफल भएको हो। उनलाई अदालतमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।
अदालतमा पेश भएपछि राईलाई सजाय भुक्तानका लागि कारागार चलान गरिनेछ।














Discussion about this post