ताप्लेजुङ : ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–३ मा गए राति पहिरोले स्थानीय हस्तबहादुर कटुवालको घर पुरिँदा एकै परिवारका चार जना घाइते भएका छन्।
स्थानीय मौसम सेलिङका अनुसार घरमाथिको कुलो थुनिएर पहिरो खसेपछि घर पुरिएको थियो।
कटुवालसँगै उनकी श्रीमती ठगमाया, छोरा जगत र छोरी सम्झना घाइते भएका छन्। छिमेकीहरूले उद्धार गरेको उक्त परिवारका तीन जनाको अवस्था गम्भीर बताइएको छ।
उनीहरूलाई उपचारका लागि पाँचथर लैजाने तयारी प्रहरीले गरिरहेको छ।












Discussion about this post