इटहरी : इटहरी उपमहानगरपालिका–१६ जब्दीस्थित खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको ज्यान गएको छ।
शनिबार दिउँसो करिब १२ः३० बजेतिर मुरा खोलामा पौडी खेल्ने क्रममा डुबेका थिए ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मृत्यु हुनेमा इटहरी–१६ का ९ वर्षीय युनिस खत्री र इटहरी–५ का ११ वर्षीय हेमबहादुर भनिने विशु परियार रहेका छन्।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी निरीक्षक लेखनाथ दाहालको कमाण्डमा ११ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
टोलीले खोलाको दहबाट दुवै बालकलाई निकालेर उपचारका लागि सान्वी सिटी अस्पताल इटहरी पुर्याएको थियो। तर, अस्पतालले दुवै जनालाई शनिबार दिउँसो ४ः२० बजेतिर मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जनाएको छ।














Discussion about this post