इटहरी : उदयपुरको बेलका नगरपालिका ८ स्थितमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना चालकको मृत्यु भएको छ ।
को ३८ प ९८७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक मोरङको टंकी सिनुवारी २ का ३२ वर्षीय अनिल राजवंशी र पछाडि सवार भोजपुरको षडानन्द ७ दिङ्लाकी १८ वर्षीया तुलसा कार्की घाइते भएका थिए ।
अस्थायी प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले उद्दार गरी उपचारको लागि विराट टिचिङ अस्पताल विराटनगर पठाएकोमा उपचारको क्रममा राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post