Monday, October 26, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

धरानका मेयर हर्क साम्पाङको स्टाटसप्रति बीपी प्रतिष्ठानको आपत्ति

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन ७, २०८२
in टाकुरा विशेष, समाचार
0
वीपी प्रतिष्ठानमा अख्तियारको छापा
95
SHARES
Share on FacebookShare on Twitter

इटहरी : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत अस्पताल सम्बन्धी टिप्पणी गरेका एक स्टाटसप्रति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले आपत्ति जनाएको छ।

प्रतिष्ठानका सहप्रवक्ता डा. अभिजीत कुमारद्धारा जारी विज्ञप्तिअनुसार मेयर साम्पाङले आफ्नो फेसबुक पेजमार्फत प्रकाशित स्टाटसमा अस्पताल र चिकित्सकहरूप्रति तथ्यहीन, भ्रामक र बदनाम गर्ने किसिमका अभिव्यक्तिहरू व्यक्त गरेका थिए। सार्वजनिक रूपमा भएको टिप्पणीले सेवाग्राहीमा भ्रम फैलिएको र संस्थाको गरिमामा आँच पुगेको प्रतिष्ठानको दाबी छ।

विज्ञप्तिमा भनिएको छ, “प्रमुखज्यूबाट हाम्रो पुरानो अस्पताल भनिएकोमा धरान छाताचौक स्थित पुरानो अस्पताल तथा स्वयम् बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि आम धरानवासीको धरोहर तथा सम्पति भएको तथ्य अवगत गराइन्छ ।”

प्रतिष्ठानले उक्त स्टाटस हटाउन र भविष्यमा यस्ता अभिव्यक्ति नदिई संयमित व्यवहार गर्न आग्रह गरेको छ।

साथै, विज्ञप्तिमा मेयरको स्टाटसको कारण चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई अपमान महसुस भएको भन्दै मानसिक असरसमेत परेको उल्लेख छ। प्रतिष्ठानले आफूहरू जनताप्रति उत्तरदायी रहेकाले सत्य, तथ्यमा आधारित सूचना प्रवाह हुनुपर्नेमा जोड दिएको छ।

“बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्था गर्न बनेको ऐन २०४९ तत्कालिन प्रतिनिधिसभाबाट पारित भई स्थापना भएको स्वायत्त संस्था हो । प्रतिष्ठान स्थापना भए पश्चात तत्कालीन श्री ५ को सरकारको मिति २०४८।१०।०४ को निर्णय बमोजिम साविकको धरान बजारस्थित अस्पतालले चर्चेको १ बिघा ४ कठ्ठा १३.१ धुर जग्गा प्रतिष्ठानको नाममा नामसारी गर्ने निर्णय भएको व्यहोरा समेत सर्वसाधारणलाई अवगत गराइन्छ,” विज्ञप्तिमा भनिएको छ, “यी सबै प्रक्रिया हुन प्रतिष्ठानको कार्यकारिणी समिति तथा संचालक परिषद् समेतको निर्णय प्रकृया भई जानुपर्ने हुन्छ । १ संचालक परिषदको सदस्यमा तत्कालीन धरान नगरपालिका हाल धरान उपमहानगरपालिका प्रमुख सदस्य रहने व्यवस्था रहेको समेत सम्पूर्ण धरानवासीहरूलाई जानकारी गराइन्छ ।”

मेयर साम्पाङले मंगलबार सामाजिक सञ्जालमा “स्वास्थ्य मन्त्री ज्यू, हाम्रो पुरानो अस्पताल बीपीले हडपेको छ । धरान उपमहानगरलाई फिर्ता दिने कि नदिने ? मैले अस्पताल बनाउन र चलाउन बजेट राख्नु कि नराख्नु यस्पाल ?” भनेर लेखेका थिए ।

साथै, बुधबार स्वास्थ्य मन्त्रालयलाई पनि सोही किसिमको पत्र काटेका थिए ।

यसबारे खण्डन गर्दै प्रतिष्ठानले स्थानीय सरकार प्रमुखबाट सुटुक्कै लगेको, हडपेकोजस्ता शब्दावली प्रयोग हुँदा आम जनसमुदायलाई भ्रमित पार्ने र गलत सूचना प्रवाह भएकोमा आपत्ति जनाएको छ ।

“साथै प्रतिष्ठानको सर्वोच्च निकाय सञ्चालक परिषद्को सदस्यसमेत रहनभएका धरान उपमहानगरपालिका प्रमुखजस्तो गरिमामय पदको व्यक्तित्वबाट स्ट्याटस सम्प्रेषणमा यस प्रकारका शब्द प्रयोग गरी आम सर्वसाधारणमा गलत सूचना प्रवाह नगरिदिनहुन र उक्त स्ट्याटस सच्याई दिनहुन धरान उपमहानगरपालिका प्रमुखज्यूलाई प्रतिष्ठान सादर अनुरोध समेत गर्दछ,” विज्ञप्तिमा भनिएको छ, “जहाँसम्म पुरानो अस्पताल भएको क्षेत्रलाई कसरी धरानवासीको हितमा प्रयोग गर्न सकिन्छ भन्ने सम्बन्धमा आम धारणा बनाई स्थानीय सरकारबाट कुनै प्रस्ताव वा संवाद तथा छलफल हुँदा प्रतिष्ठान सदैव सकारात्मक रहने र सहकार्य गर्न हरदम तयार रहने प्रतिबद्धता समेत प्रतिष्ठान व्यक्त गर्न चाहन्छ ।”

Tags: #वीपी प्रतिष्ठानटाकुरा विशेषवीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानहर्क साम्पाङ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इलाममा बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा २१ वर्षीय चालकको मृत्यु
समाचार

इलाममा बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा २१ वर्षीय चालकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
कार्तिक ९, २०८३
0

इलाम : इलाममा बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । जिल्लाको देउमाई नगरपालिका–१, चमैता बजारमा आज...

मोरङमा एक पुरुष मृत भेटिए
समाचार

सुनसरीमा बोराभित्र पुरुषको शव फेला

by रासस
कार्तिक ९, २०८३
0

सुनसरी : सुनसरीको बर्जु गाउँपालिका–२, भीमपुरस्थित केसेलिया खोलामा बोराभित्र हालिएका अवस्थामा एक पुरुषको शव फेला परेको छ । भारतको बनारस...

हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापाका किसान धानबाली जोगाउने चटारोमा, हात्तीको जोखिम

कार्तिक ९, २०८३
सप्तकोशीमा पानीबोट दुर्घटना, तीन जनाको मृत्यु, तीन बेपत्ता

सप्तकोशीमा पानीबोट दुर्घटना, तीन जनाको मृत्यु, तीन बेपत्ता

कार्तिक ८, २०८३
ऐलानी जग्गाको मोह : भत्किएको घर, नफर्किएको लगानी

ऐलानी जग्गाको मोह : भत्किएको घर, नफर्किएको लगानी

कार्तिक ७, २०८३
आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ

धरानमा लागूऔषधसहित दुई जना पक्राउ

कार्तिक ६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इलाममा बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा २१ वर्षीय चालकको मृत्यु

इलाममा बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा २१ वर्षीय चालकको मृत्यु

कार्तिक ९, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

सुनसरीमा बोराभित्र पुरुषको शव फेला

कार्तिक ९, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापाका किसान धानबाली जोगाउने चटारोमा, हात्तीको जोखिम

कार्तिक ९, २०८३
मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

कार्तिक ८, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    840 shares
    Share 336 Tweet 210
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    641 shares
    Share 256 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    511 shares
    Share 204 Tweet 128
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    290 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    284 shares
    Share 114 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.