इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित चतरा घाटमा एक वृद्धले हाम्फाल्न खोज्दा प्रहरीले उद्धार गरेका छन्।
स्थानीयवासीको सूचनाका आधारमा पुगेको प्रहरीले समयमै उद्धार गरेको हो ।
इटहरी उपमहानगरपालिका–२, हलगडा निवास ७० वर्षीय वृद्धले आज (आइतबार) बिहान ६ः५५ बजेतिर कोशी नदीको किनारमा बसेर हामफाल्न लाग्दा प्रहरीले उद्धार गरेको हो।
सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय चतराबाट इलाक प्रहरी नायब निरीक्षक राजन खड्काको कमान्डमा खटिएको प्रहरी टोली घटनास्थल पुगेर वृद्धलाई सम्झाइबुझाई गर्दै सकुशल इलाका प्रहरी कार्यालय चतरामा ल्याएको थियो।
चतरा घाटस्थित उक्त स्थान प्रहरी कार्यालयबाट करिब ५०० मिटर दक्षिणमा पर्छ।
प्रहरीले उनलाई सामान्य अवस्थामा ल्याएर बिहान ७ः४५ बजेतिर उनकै आफन्तको जिम्मा लगाएर घर पठाएको जनाएको छ।














Discussion about this post