Sunday, June 7, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कोशी प्रदेशमा ट्राफिक प्रहरी : एक वर्षमै ६ लाखभन्दा बढीलाई सचेतना, १६ करोड बढी राजस्व संकलन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन १३, २०८२
in समाचार
0
लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा
78
SHARES
Share on FacebookShare on Twitter

इटहरी : कोशी प्रदेशमा ट्राफिक व्यवस्थापन र सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सशक्त र योजनाबद्ध पहल गर्दै आएको जनाएको छ।

आर्थिक वर्ष २०८१।०८२ मा ट्राफिक प्रहरीले ६ लाख १६ हजारभन्दा बढी सडक प्रयोगकर्तालाई सचेतनामूलक कार्यक्रममार्फत जानकारी प्रदान गरेको छ । यसैगरी ट्राफिक नियम उल्लंघन गर्ने २ लाख १३ हजार ६९५ सवारीसाधनलाई कारबाही गरी १६ करोड २९ लाख ७१ हजार ५५१ रुपैयाँ राजस्व संकलन गरेको छ।

नेपाल प्रहरी अन्तर्गत राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका अनुसार कोशी प्रदेशका १४ जिल्लामा रहेका जिल्ला ट्राफिक कार्यालयसहित ९६ वटा ट्राफिक इकाईमार्फत दैनिक रूपमा ट्राफिक कार्यहरू सम्पादन भइरहेका छन्।

सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले २६ हजार २९३ पटक सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो, जसबाट चालक, सहचालक, विद्यार्थी र सर्वसाधारण लाभान्वित भएका छन्।

ट्राफिक व्यवस्थापन प्रविधिमैत्री बनाउन प्रदेशभर ९३२ स्थानमा सीसीटीभी क्यामेरा जडान गरिएको छ। झापाको झिलझिले, विराटनगरको दूधफारम र खार्जीमा नम्बर प्लेट डिटेक्टरयुक्त क्यामेरा समेत जडान गरिएको छ।

भारतबाट आउने तथा लामो दुरीका सवारीसाधन जाँचका लागि ६ स्थानमा ट्राफिक कम्युनिकेशन एप प्रयोग भइरहेको छ। साथै, सार्वजनिक सवारीको गति नियन्त्रणका लागि २१ स्थानमा टाइम कार्ड प्रणाली लागू गरिएको छ।

सवारी कारबाही पारदर्शी बनाउन ट्राफिक भायोलेसन रेकर्ड सिस्टम कार्यान्वयनमा ल्याइएको जनाइएको छ।

लागूऔषध सेवन र मादक पदार्थ सेवन गरेर सवारी चलाउनेलाई रोक्न ‘लापसे’ तथा ‘मापसे’ जाँच कडाइका साथ गरिएको छ भने राडरगनमार्फत तीव्र गतिमा चलाइएका सवारीको निगरानी भइरहेको प्रहरीको भनाइ छ।

चालकको लापरवाहीका कारण दुर्घटना

सवारी दुर्घटनाका प्रमुख कारणहरूमा तीव्र गतिको सवारी, मोबाइल फोनको प्रयोग, सिट क्षमताभन्दा बढी यात्रु राख्ने, अधिक भार तान्ने, हेल्मेटको फिता नबाँध्ने, सिट बेल्ट नलगाउने, मादक पदार्थ सेवन, थकित अवस्था, अनुमतिपत्रविना सवारी सञ्चालन लगायतका लापरवाहीहरू रहेका छन्।

सोही कारण आर्थिक वर्ष २०८१।०८२ मा प्रदेशभर दुर्घटनामा ४१८ जनाको ज्यान गएको प्रहरीको तथ्यांकमा उल्लेख छ । जसमा ७११ जना गम्भीर घाइते भएका छन् भने ८ हजार ५३० जना सामान्य घाइते भएका छन्।

‘म जिम्मेवार चालक, हामी जिम्मेवार यात्रु’

ट्राफिक प्रहरीले यो प्रयासमा एक्लो नभई चालक, यात्रु र सडक प्रयोगकर्ता सबैको सक्रिय सहभागिता अपरिहार्य रहेको स्पष्ट पारेको छ। ट्राफिक नियम पालना गर्दा मात्र दुर्घटनाको जोखिम कम गर्न सकिने बताउँदै “ट्राफिक नियम आफ्नै सुरक्षाका लागि हो” भन्ने सन्देश दिइएको छ।

सन्देशमा भनिएको छ – ‘म’ जिम्मेवार चालक, ‘हामी’ जिम्मेवार यात्रु, सुरक्षित सडक र सवारी, हामी सबैको जिम्मेवारी।

Tags: #ट्राफिकट्राफिक प्रहरीदुर्घटना
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

रास्वपा सुनसरी अधिवेशनमा विवाद, मतदान अधिकार कटौतीको आरोपपछि तनाव
FEATURE BREAKING

रास्वपा सुनसरी अधिवेशनमा विवाद, मतदान अधिकार कटौतीको आरोपपछि तनाव

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २३, २०८३
0

इटहरी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम सुनसरी जिल्ला अधिवेशनमा मतदान अधिकार कटौती गरिएको आरोपपछि विवाद उत्पन्न भएको छ। कोशी गाउँपालिका–१...

चुलीपोखरी ट्रास म्याराथनमा एक सय चार किलोभन्दा बढी फोहोर सङ्कलन
पर्यावरण

चुलीपोखरी ट्रास म्याराथनमा एक सय चार किलोभन्दा बढी फोहोर सङ्कलन

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २३, २०८३
0

इटहरी : विश्व वातावरण दिवस २०२६ को अवसरमा हरित सामाजिक कार्य नेपालले आयोजना गरेको “चुलीपोखरी ट्रास म्याराथन” सफलतापूर्वक सम्पन्न भएको छ।...

मध्यपहाडी लोकमार्गमा बाढीको क्षति, आवागमन प्रभावित

मध्यपहाडी लोकमार्गमा बाढीको क्षति, आवागमन प्रभावित

जेष्ठ २३, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

लागूऔषध कारोबारविरुद्ध प्रहरी सक्रिय, दुई जिल्लाबाट सात जना पक्राउ

जेष्ठ २३, २०८३
पहिरोले सङ्खुवासभाको पाँचखपन–चैनपुर सडक अवरुद्ध, आवागमन ठप्प

पहिरोले सङ्खुवासभाको पाँचखपन–चैनपुर सडक अवरुद्ध, आवागमन ठप्प

जेष्ठ २३, २०८३
जनशक्ति अभावबीच ग्रामीण शिक्षाको भरोसा बनेको सगरमाथा मावि

जनशक्ति अभावबीच ग्रामीण शिक्षाको भरोसा बनेको सगरमाथा मावि

जेष्ठ २३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

रास्वपा सुनसरी अधिवेशनमा विवाद, मतदान अधिकार कटौतीको आरोपपछि तनाव

रास्वपा सुनसरी अधिवेशनमा विवाद, मतदान अधिकार कटौतीको आरोपपछि तनाव

जेष्ठ २३, २०८३
चुलीपोखरी ट्रास म्याराथनमा एक सय चार किलोभन्दा बढी फोहोर सङ्कलन

चुलीपोखरी ट्रास म्याराथनमा एक सय चार किलोभन्दा बढी फोहोर सङ्कलन

जेष्ठ २३, २०८३
मध्यपहाडी लोकमार्गमा बाढीको क्षति, आवागमन प्रभावित

मध्यपहाडी लोकमार्गमा बाढीको क्षति, आवागमन प्रभावित

जेष्ठ २३, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

लागूऔषध कारोबारविरुद्ध प्रहरी सक्रिय, दुई जिल्लाबाट सात जना पक्राउ

जेष्ठ २३, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1503 shares
    Share 601 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    903 shares
    Share 361 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    613 shares
    Share 245 Tweet 153
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    517 shares
    Share 207 Tweet 129

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.