Tuesday, August 11, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कोशी प्रदेश सुरक्षा समन्वय समितिको बैठकमा शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा जोड

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन १८, २०८२
in समाचार
0
कोशी प्रदेश सुरक्षा समन्वय समितिको बैठकमा शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा जोड
86
SHARES
Share on FacebookShare on Twitter

इटहरी : कोशी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आइतबार प्रदेशस्तरीय सुरक्षा समन्वय समितिको बैठक सम्पन्न भएको छ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको विशेष आतिथ्यमा सम्पन्न उक्त बैठकमा शान्ति सुरक्षाको अवस्था, विपद् व्यवस्थापन तथा सीमावर्ती क्षेत्रमा देखिएका चुनौतीबारे विस्तृत छलफल गरिएको हो।

बैठकमा सहभागी आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमलबहादुर थापाका अनुसार बैठकमा कोशी प्रदेशमा हाल देखिएका सुरक्षा चुनौतीहरू, लागूपदार्थको बढ्दो प्रयोग र ओसारपसार, सीमा क्षेत्रमा भइरहेको तस्करी नियन्त्रण लगायतका विषयमा कार्ययोजनासहितको निर्णय गरिएको छ।

मुख्यमन्त्री कार्कीले बैठकमा बोल्दै चाडपर्वहरू नजिकिँदै आइरहेकाले कालोबजारी नियन्त्रण तथा बजार अनुगमनलाई तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

साथै, विराटनगर र इटहरीलगायतका सहरहरूमा हुने रथयात्राका क्रममा आवश्यक सुरक्षा व्यवस्था मिलाउन विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिएका थिए।

बैठकमा विपद् व्यवस्थापनका लागि स्थानीय तहसम्म आवश्यक उपकरण व्यवस्थापन गर्ने, लागूऔषधको रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने, सडक सुशासन कायम गर्न प्रदेशभर आवश्यक कार्ययोजना लागू गर्ने, सीमा क्षेत्रमा तस्करी नियन्त्रणमा प्रभावकारिता ल्याउने, रथयात्रा लगायत भीडभाड हुने कार्यक्रमहरूमा शान्ति सुरक्षाको प्रत्याभूति गर्नेलगायतका विषयमा छलफल भएको थियो ।

बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग तथा सुनसरी, मोरङ र झापाका प्रमुख जिल्ला अधिकारीहरूको समेत सहभागिता रहेको थियो।

बैठकको अध्यक्षता प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले गरेका थिए।

मन्त्री भण्डारीले मनसुन सुरु भएसँगै सम्भावित विपद्, क्षति, राहत, दुर्घटनाबारे स्थानीय पालिकासम्म प्रभावकारी कार्ययोजना बनाइने बताए ।

‘सम्भावित क्षति हुन नदिनका लागि प्रदेश सरकारले आवश्यक उपकरणको व्यवस्थापन गर्न थप अगाडि बढ्नेबारे छलफल भएको छ,’ भण्डारीले भने ।

बैठकमा उपस्थित सुरक्षा निकाय प्रमुखहरूले विपद् तथा सम्भावित दुर्घटनाका लागि तयारी अवस्थामा रहनुपर्ने आवश्यकता औंल्याएका थिए।

साथै, विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रदेशस्तरबाट उपकरण तथा स्रोत साधनको उपलब्धता सुनिश्चित गरिने निर्णयसमेत भएको छ।

Tags: #सुरक्षाकोसी प्रदेशविपद्विपद् व्यवस्थापनसुरक्षा बैठक
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशीले संघीय सरकारसँग कर्मचारीदेखि ट्राफिक जरिवानासम्मका विषय उठाउने
FEATURE BREAKING

कोशीले संघीय सरकारसँग कर्मचारीदेखि ट्राफिक जरिवानासम्मका विषय उठाउने

by टाकुरा न्यूज । इटहरी
साउन २६, २०८३
0

विराटनगर : कोशी प्रदेशस्तरीय विकास समस्या समाधान समितिको बैठकले प्रदेशमा देखिएका विकास तथा प्रशासनिक समस्या समाधानका लागि संघीय सरकारसमक्ष विभिन्न...

पौवादुङमा–हतुवागढी जोड्ने पिखुवा खोलामा बेलिब्रिज, अरुण करिडोरसँग जोडिने
विविध

पौवादुङमा–हतुवागढी जोड्ने पिखुवा खोलामा बेलिब्रिज, अरुण करिडोरसँग जोडिने

by रासस
साउन २६, २०८३
0

भोजपुर : भोजपुरको पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मा र हतुवागढी गाउँपालिका–६ को सिमानामा पर्ने फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुने भएको छ ।...

रवीन्द्रको शव सेनाको हेलिकोप्टरबाट सुनसरी लगिने, परिवारका एक सदस्यलाई रोजगारी दिने सहमति

रवीन्द्रको शव सेनाको हेलिकोप्टरबाट सुनसरी लगिने, परिवारका एक सदस्यलाई रोजगारी दिने सहमति

साउन २६, २०८३
शिलप्याक सिलिन्डरमा ग्याँस नभएपछि दुई लाख जरिवाना

मोरङमा सिलिन्डरको तौलमा ठगी ! कोशी ग्यासलाई दुई लाख ९० हजार जरिवाना

साउन २६, २०८३
प्रकृति र हिमाली जीवनको अनुभव दिलाउँदै तिम्बुङ पोखरी

प्रकृति र हिमाली जीवनको अनुभव दिलाउँदै तिम्बुङ पोखरी

साउन २६, २०८३
सुनसरी घटना : सहिद घोषणाको विवादले एक सातादेखि रवीन्द्र मेहताको शव अस्पतालमै

सुनसरी घटना : सहिद घोषणाको विवादले एक सातादेखि रवीन्द्र मेहताको शव अस्पतालमै

साउन २५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशीले संघीय सरकारसँग कर्मचारीदेखि ट्राफिक जरिवानासम्मका विषय उठाउने

कोशीले संघीय सरकारसँग कर्मचारीदेखि ट्राफिक जरिवानासम्मका विषय उठाउने

साउन २६, २०८३
पौवादुङमा–हतुवागढी जोड्ने पिखुवा खोलामा बेलिब्रिज, अरुण करिडोरसँग जोडिने

पौवादुङमा–हतुवागढी जोड्ने पिखुवा खोलामा बेलिब्रिज, अरुण करिडोरसँग जोडिने

साउन २६, २०८३
रवीन्द्रको शव सेनाको हेलिकोप्टरबाट सुनसरी लगिने, परिवारका एक सदस्यलाई रोजगारी दिने सहमति

रवीन्द्रको शव सेनाको हेलिकोप्टरबाट सुनसरी लगिने, परिवारका एक सदस्यलाई रोजगारी दिने सहमति

साउन २६, २०८३
शिलप्याक सिलिन्डरमा ग्याँस नभएपछि दुई लाख जरिवाना

मोरङमा सिलिन्डरको तौलमा ठगी ! कोशी ग्यासलाई दुई लाख ९० हजार जरिवाना

साउन २६, २०८३

लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1113 shares
    Share 445 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    633 shares
    Share 253 Tweet 158
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    467 shares
    Share 187 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    442 shares
    Share 177 Tweet 111

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.