Monday, June 8, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

बजेटविहीन इटहरी-धरान : आर्थिक अनुशासन र स्थानीय शासनमाथि प्रश्न

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन २३, २०८२
in टाकुरा विशेष, समाचार
0
बजेटविहीन इटहरी-धरान : आर्थिक अनुशासन र स्थानीय शासनमाथि प्रश्न
114
SHARES
Share on FacebookShare on Twitter

इटहरी : कोशी प्रदेशका दुई प्रमुख उपमहानगरपालिका इटहरी र धरानमा नयाँ आर्थिक वर्ष सुरु भएको झण्डै एक महिनासम्म पनि बजेट पारित गर्न नसकेपछि स्थानीय सेवा प्रवाह, विकास निर्माण, र आर्थिक अनुशासनमै प्रश्न खडा भएको छ।

स्थानीय सरकार सञ्चालन ऐनअनुसार प्रत्येक स्थानीय तहले असार मसान्तभित्र नीति, कार्यक्रम र बजेट पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ।

तर, इटहरी र धरानमा राजनीतिक असहमति, नेतृत्वगत असमझदारी, र कार्यपालिकाभित्रको खिचातानीका कारण यी दुवै उपमहानगर ‘बजेट होलिडे’मा पुगेका छन्।

इटहरीः अनुसूचीविहीन बजेट प्रस्तावमा विवाद

इटहरी उपमहानगरपालिकामा कांग्रेसबाट निर्वाचित मेयर हेमकर्ण पौडेल र एमाले निकटका कार्यपालिका सदस्यहरूबीचको सम्बन्ध चिसिँदा बजेट प्रक्रिया अलमलमा परेको हो। ३२ असारमा बसेको १६ औँ नगरसभा बैठकमा अनुसूची प्रस्तुत नगरी बजेट पास गर्न खोजिएको भन्दै कार्यपालिका सदस्यहरूले असहमति जनाएपछि प्रक्रिया रोकिएको थियो।

उपप्रमुख सङ्गीता चौधरीले भनिन्, “अनुसूची नै नबुझाई बजेट पास गर्न खोजिएको थियो। कुन योजनामा कति रकम विनियोजन गरिने भन्ने विवरण नआउँदा बजेट पास हुन सकेन।” उनका अनुसार कार्यक्रमको नाम, कर निर्धारणको विवरण, र योजनागत खर्चसम्बन्धी अनुसूची नभएसम्म बजेट पारित गर्नु गैरजिम्मेवार हुने कार्यपालिका सदस्यहरूको धारणा छ।

अनुसूची बिना बजेट पास गर्दा भोलिका दिनमा बजेट दुरुपयोग हुनसक्ने कतिपय कार्यपालिका सदस्यहरूको भनाइ छ।

‘मेयर साब (हेमकर्ण पौडेल)ले अहिले बजेट पास गर्ने, अनुसूचि पछि ल्याउने भन्नुभएको थियो। तर, कार्यपालिका सदस्यहरूले भने नमानेपछि बजेट पास नभएको हो,’ उनले भनिन्, ‘अब अनुसूचीसहितको बजेट आयो भने भोलि नै पास हुन्छ।’

इटहरीले चालु आर्थिक वर्षका लागि २ अर्ब ५५ करोड २१ लाख रुपैयाँको बजेट प्रस्ताव गरेको छ। यसमध्ये १ अर्ब ३० करोड पुँजीगत खर्च र १ अर्ब ४ करोड चालु खर्चको अनुमान गरिएको छ। तर, न त नीति पारित भएको छ, न बजेट कार्यान्वयनको सुरुवात भएको छ। गत वर्ष भने इटहरीले ३ अर्ब ५७ करोडको महत्वाकांक्षी बजेट ल्याएको थियो।

धरानमा मेयर–उपमेयरको विवादपछि ढिलाइ

धरान उपमहानगरपालिकामा भने स्वतन्त्र मेयर हर्क साम्पाङ र उपमेयर आइन्द्र विक्रम बेघाबीच श्रमदानसम्बन्धी मतभेदले उत्पन्न आन्तरिक असहमतिका कारण बजेट प्रक्रिया अघि बढ्न सकेको छैन। बजेट सीमा निर्धारणसमेत नभएकाले हाल धरानको प्रशासनिक गतिविधि सुस्त अवस्थामा रहेको छ।

धरानका प्रवक्ता तथा १७ नम्बर वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज)का अनुसार हाल बजेटको अन्तिम छलफल जारी छ। “साउनभित्र बजेट सार्वजनिक गर्ने तयारीमा छौँ,” उनले भने, “यसपटक कुनै विवाद छैन, तयारी अन्तिम चरणमा छ।” उनका अनुसार बजेटको आकार २ अर्बभन्दा बढी हुने अनुमान छ।

सेवा प्रवाह ठप्प, आर्थिक अनुशासनमाथि प्रश्न

बजेट अभावमा इटहरी र धरानमा विकास आयोजनाहरूको भुक्तानी, उपभोक्ता समितिहरूको काम, कर्मचारी तलब तथा नियमित सेवा प्रवाह ठप्पप्रायः छन्।

विश्लेषकहरूका अनुसार जनप्रतिनिधिहरूबीचको शक्ति संघर्ष र दलगत अहंकारका कारण स्थानीय सरकारको विश्वसनीयता र दक्षतामाथि प्रश्न उठेको छ।

कोशी प्रदेशकै अन्य स्थानीय तहहरूले असारमै बजेट पास गरेर कार्यान्वयनमा अगाडि बढिसकेका छन्।

प्रदेशको एकमात्र महानगर विराटनगर महानगरपालिका र अन्य पालिकाहरूमा विकास योजना अघि बढिरहेको अवस्थामा प्रदेशका मुख्य शहरी केन्द्र इटहरी र धरानमा ‘बजेट संकट’को अवस्था देखिनु अस्वभाविक रहेको जानकारहरूको भनाइ छ।

Tags: #अर्थ#इटहरी#इटहरी उपमहानगरपालिका#धरान#धरान उपमहानगरपालिकाटाकुरा विशेष
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मोरङमा एक पुरुष मृत भेटिए
FEATURE BREAKING

सुनसरीको रामधुनीमा रोकिराखेको टिपरमा तीनजना सवार मोटरसाइकल ठोक्किँदा एक युवाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २५, २०८३
0

इटहरी : सुनसरीको रामधुनी नगरपालिका–२ तित्रिवनस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार राति भएको सवारी दुर्घटनामा एक युवाको मृत्यु भएको छ। टायर पञ्चर भई...

समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान
विविध

जेठमा खडेरी ! धानको ब्याड चिरा पर्न थालेपछि उदयपुरका किसान चिन्तित

by रासस
जेष्ठ २४, २०८३
0

उदयपुर : जेठको पहिलो हप्तादेखि अत्यधिक गर्मीसँगै सुक्खा खडेरी सुरु भएकाले असार साउनमा रोपाइँका लागि किसानले राखेको धानको ब्याड सुक्न...

टेम्केमैयुङमा सिरदली–चौडेनी सडक स्तरोन्नति, स्थानीयको दैनिकी सहज

टेम्केमैयुङमा सिरदली–चौडेनी सडक स्तरोन्नति, स्थानीयको दैनिकी सहज

जेष्ठ २४, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरी र धरानबाट लागूऔषधसहित चार जना पक्राउ

जेष्ठ २४, २०८३
रास्वपा सुनसरी जिल्ला सभापतिमा सागर दाहाल निर्वाचित

रास्वपा सुनसरी जिल्ला सभापतिमा सागर दाहाल निर्वाचित

जेष्ठ २४, २०८३
कामधेनुका कर्मचारी आत्महत्या प्रकरण : दुई फरार प्रतिवादी पक्राउ गर्न अदालतको आदेश

कामधेनुका कर्मचारी आत्महत्या प्रकरण : दुई फरार प्रतिवादी पक्राउ गर्न अदालतको आदेश

जेष्ठ २४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङमा एक पुरुष मृत भेटिए

सुनसरीको रामधुनीमा रोकिराखेको टिपरमा तीनजना सवार मोटरसाइकल ठोक्किँदा एक युवाको मृत्यु

जेष्ठ २५, २०८३
समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान

जेठमा खडेरी ! धानको ब्याड चिरा पर्न थालेपछि उदयपुरका किसान चिन्तित

जेष्ठ २४, २०८३
टेम्केमैयुङमा सिरदली–चौडेनी सडक स्तरोन्नति, स्थानीयको दैनिकी सहज

टेम्केमैयुङमा सिरदली–चौडेनी सडक स्तरोन्नति, स्थानीयको दैनिकी सहज

जेष्ठ २४, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरी र धरानबाट लागूऔषधसहित चार जना पक्राउ

जेष्ठ २४, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1503 shares
    Share 601 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    903 shares
    Share 361 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    613 shares
    Share 245 Tweet 153
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    517 shares
    Share 207 Tweet 129

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.