Wednesday, August 5, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

भोजपुरमा जडीबुटी खेतीबाट वार्षिक लाखौं आम्दानी

रासस by रासस
भदौ २, २०८२
in विविध, समाचार
0
भोजपुरमा जडीबुटी खेतीबाट वार्षिक लाखौं आम्दानी
64
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : भोजपुरको षडानन्द नगरपालिका– १० साम्पाङका वडाध्यक्ष प्रेमदोर्ची शेर्पा व्यावसायिक जडीबुटी खेतीमा उदाहरणीय छन् । उनले जनप्रतिनिधि भएर जनताको सेवासँगै जडीबुटी खेती गर्दै आएका छन् ।

थोरै समय दिएर पनि जडीबुटीको बिक्रीबाट वार्षिक पाँचदेखि सात लाखसम्म आम्दानी गर्दै आएको शेर्पाले बताए । उनको बहुउद्देश्यीय जडीबुटी नर्सरी केन्द्रमा अहिले पनि ६० ड्याङमा विभिन्न जातका जडीबुटीको विरुवा रहेका छन् ।

आफ्नो घर भएको स्थान तीनतलेमा २२ वर्ष अघिबाट चिराईतो, सतुवा, लोठसल्ला, सेतक चिनी, सिमखुदोलगायतको खेती गरिरहेको वडाध्यक्ष शेर्पाले बताए ।

जनताको सेवा पश्चात बचेको समयलाई जडीबुटी खेतीमा लगाउने गरेको उनको भनाइ छ ।

‘जनताको सेवाबाट बेचेको समयलाई जडीबुटी खेतीमा लगाउने गर्छु,’ वडाध्यक्ष शेर्पाले भने, ‘जडीबुटीबाट राम्रो आम्दानी गरिरहेको छु । गत वर्षबाट १२ मन (एक मनमा ४० केजी) चिराइतो बेचेँ । अन्यबालीको तुलनामा जडीबुटीबाट दोब्बरको हारहारीमा आम्दानी लिन सकिन्छ ।’

आर्थिक रुपमा सक्षम बन्नको लागि राजनीतिसँगै कृषि उद्यममा जोडिएको वडाध्यक्ष शेर्पाले बताए । फर्मबाट सतुवाको विरुवा, चिराइतोको बोट बीउ, पात, ढुट्टोलगायत बिक्री गर्दै आएको उनको भनाइ छ ।

तीनतले क्षेत्रमा जडीबुटीको लागि उपयुक्त भूगोल रहेकोले राम्रो आम्दानी लिन सहज भएको उनको भनाइ छ ।

‘उत्पादन भएको जडीबुटी बिक्रीको लागि समस्या छैन,’ उनले भने, ‘जडीबुटी खरिदको लागि घरमा नै ठेकेदार आउँछन् । हाम्रो क्षेत्रका प्रायः सबै स्थानीयले जडीबुटीको खेती गरिरहेका छन् । औषत यहाँका एक किसानले वार्षिक रुपमा दुई लाखदेखि दश लाखसम्मको जडीबुटी बिक्री गर्दछन् ।’

पराम्परात बालीभन्दा जडीबुटी खेतीबाट राम्रो आम्दानी हुने शेर्पाले अनुभव सुनाए । दश हजारको अन्यबाली उत्पादन हुने जमिनमा जडीबुटी खेतीबाट ५० हजारसम्म आम्दानी लिन सकिने उनको भनाइ छ ।

आफूले सिकेको सीपलाई जडीबुटीमा लागेका नवआगन्तुकलाई बाँड्ने गरेको उनले बताए । वडाको तर्फबाट पनि जडीबुटी खेतीमा लाग्नेहरुको लागि प्रोत्साहनको कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाइ छ ।

आफ्नो फर्ममा उत्पादन भएको जडीबुटीको बिरुवा बाह्य जिल्लामासमेत निर्यात हुने गरेको शेर्पाले जानकारी दिए ।

‘मसँग जडीबुटी खेतीसम्बन्धी राम्रो ज्ञान छ’ उनले भने, ‘आफूले सिकेको सीपलाई स्थानीयलाई पनि बाड्ने गरेको छु । म जनप्रतिनिधि भएपछि हाम्रो क्षेत्रलाई जडीबुटीको पकेट क्षेत्र घोषणा गर्न सफल भएका छौं ।’

आफूले पहिलाबाट नै कृषि कर्म गरिरहेकाले जनप्रतिनिधि भएपछि पनि यसलाई निरन्तरता दिइरहेको उनको भनाइ छ । राजनीति सेवा भएकाले आर्थिक रुपमा सबल बन्नको लागि पेसा, व्यवसायमा लाग्न आवश्यक रहेको उनले बताए ।

Tags: #कृषि#भोजपुरजडीबुटी
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

मोरङमा एक पुरुष मृत भेटिए
समाचार

मोरङमा अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना, २९ वर्षीय युवकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
साउन १९, २०८३
0

मोरङ : मोरङको बेलबारी नगरपालिका–९ गैराखुनीमा मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। सोमबार राति करिब...

विराटनगरमा पनि निषेधाज्ञा गर्ने निर्णय (निर्णयसहित)
भिजिट नेपाल

विराटनगर नाकाबाट एक वर्षमा २१० विदेशी पर्यटक नेपाल प्रवेश

by रासस
साउन १९, २०८३
0

विराटनगर : मोरङको विराटनगर नाका भइ आर्थिक वर्ष २०८२/८३ मा तेस्रो मुलुकका २१० जना पर्यटक नेपाल प्रवेश गरेको अध्यागमन कार्यालय...

बजेट पुस्तिका सार्वजनिकसँगै विराटनगरमा योजना कार्यान्वयन सुरु

बजेट पुस्तिका सार्वजनिकसँगै विराटनगरमा योजना कार्यान्वयन सुरु

साउन १९, २०८३
कप्तानगन्ज गोलीकाण्ड : रवीन्द्रको उपचार असफल, मृतक संख्या तीन पुग्यो

कप्तानगन्ज गोलीकाण्ड : रवीन्द्रको उपचार असफल, मृतक संख्या तीन पुग्यो

साउन १९, २०८३

झापामा एक वर्षमा ६९६ जनामा स्क्रब टाइफस संक्रमण

साउन १८, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

काँकडभिट्टा नाकाबाट चिया निर्यात घट्यो, आम्दानीमा ६४ करोडको कमी

साउन १८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङमा एक पुरुष मृत भेटिए

मोरङमा अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना, २९ वर्षीय युवकको मृत्यु

साउन १९, २०८३
विराटनगरमा पनि निषेधाज्ञा गर्ने निर्णय (निर्णयसहित)

विराटनगर नाकाबाट एक वर्षमा २१० विदेशी पर्यटक नेपाल प्रवेश

साउन १९, २०८३
बजेट पुस्तिका सार्वजनिकसँगै विराटनगरमा योजना कार्यान्वयन सुरु

बजेट पुस्तिका सार्वजनिकसँगै विराटनगरमा योजना कार्यान्वयन सुरु

साउन १९, २०८३
कप्तानगन्ज गोलीकाण्ड : रवीन्द्रको उपचार असफल, मृतक संख्या तीन पुग्यो

कप्तानगन्ज गोलीकाण्ड : रवीन्द्रको उपचार असफल, मृतक संख्या तीन पुग्यो

साउन १९, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    633 shares
    Share 253 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.