Saturday, May 23, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कोशी अस्पतालमा पहिलोपटक नि:सन्तान क्लिनिक सञ्चालन

रासस by रासस
भदौ ९, २०८२
in समाचार
0
कोशी अस्पतालमा पहिलोपटक नि:सन्तान क्लिनिक सञ्चालन
61
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : कोशी अस्पतालमा इन्ट्रा युट्राइन इन्सेमिनेसन (आइयुआई) सेवा सञ्चालनमा आएपछि नि:सन्तानपनको समस्याले पीडित दम्पतीलाई सहयोग पुर्‍याएको छ ।

दैनिक १० देखि १५ दम्पती निःसन्तान उपचारको लागि अस्पलालद्वारा सञ्चालित निःसन्तान उपचार क्लिनिक आउने गरेका छन् । अस्पतालको स्त्री तथा प्रसूति रोग विभागमार्फत सञ्चालन भइरहेको उक्त क्लिनिक संघीय राजधानी बाहिर पहिलो पटक सरकारी अस्पतालमा सञ्चालन गरिएको हो ।

उक्त सेवा सञ्चालनमा आएपछि निजी अस्पतालमा गएर खर्च धान्न नसक्ने न्यून आय भएका दम्पतीले राहत महसुस गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुणा झाले बताए ।

‘निजी क्लिनिकमा गएर निःसन्तानपनको उपचार गर्न नसक्ने गरिब तथा विपन्न वर्गका दाम्पतीलाई सरकारी अस्पतालमा सर्वसुलभ तरिकाले उपचार सेवा प्रदान गर्ने उद्देश्यले अस्पतालमा सेवा सुरु गरेका थियौं’, उनले भने, ‘अझै पनि धेरैलाई निःसन्तान क्लिनिकले प्रदान गर्ने सेवाको बारेमा जानकारी पयाप्त मात्रामा पुग्न सकेको छैन, त्यसैले सोचेजस्तो सेवाग्राही आएका छैनन् ।’

अस्पतालको स्त्री तथा प्रसूति रोग विभाग प्रमुख डा अञ्जुदेव र स्त्रीरोग विशेषज्ञ डा मधुमिता राणाले उक्त क्लिनिकमा सेवा दिइरहेका छन् । परामर्श, प्रारम्भिक परीक्षणदेखि लिएर आवश्यक भएमा आययूआईसम्मको सेवा विभागमार्फत दिइने गरिएको छ ।

निजी अस्पतालको खर्च धान्न नसक्ने धेरै दम्पती यहाँ सुलभ शुल्कमा परीक्षण, परामर्श र उपचार सरकारी अस्पतालमै सञ्चालन भएपछि धेरैलाई आशा पलाएको प्रमुख डा. अञ्जुदेवको भनाइ छ ।

उनी भन्छन्, ‘हामीले आइयूआई सेवाको शुल्क करिब रु ६ हजार तोकेको छौं । जुन निजी क्लिनिकमा दोब्बर वा सो भन्दा बढी पर्छ । शुल्क सस्तो भएपछि मध्यम आयवर्गका दम्पतीलाई यसले ठूलो राहत दिएको छ ।’

बिमाबाट सेवा लिन सकिने

अस्पतालले सुरु गरेको निःसन्तान उपचार सेवा स्वास्थ्य बिमितका लागि राहतदायी बन्ने भएको छ । अस्पतालका अनुसार बिमामा आबद्ध सेवाग्राहीले बिमा कार्ड प्रयोग गरी आवश्यक जाँच र उपचार सेवामध्ये अधिकांश सुविधा कम खर्चमा लिन सक्नेछन् ।

प्रमुख डा अञ्जुदेवका अनुसार निःसन्तानको समस्यामा परेका दम्पतीका लागि यो सेवा ठूलो राहतका रूपमा आउनेछ ।

‘कुनै–कुनै अपवादबाहेक अधिकांश जाँच स्वास्थ्य बिमा योजनामार्फत नै गराउन सकिन्छ,’ उनले भने, ‘हाम्रो चाहना सकेसम्म बिरामीलाई न्यून खर्चमा सेवा दिन सकियोस् भन्ने हो ।’

उपचारको बारेमा आम जनतालाई अझ जानकारी दिनुपर्ने आवश्यकता औंल्याउँदै, बिमाको पहुँच बढे उपचार सेवामा सहजता आउने विश्वास रहेकोसमेत बताए ।

यसबाट विशेषगरी आर्थिक कारणले उपचारबाट वञ्चित हुँदै आएका परिवारलाई प्रत्यक्ष लाभ हुने अपेक्षा गरिएको उनको भनाइ छ ।

Tags: कोशी अस्पतालक्लिनिकनि:सन्तान
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान
FEATURE BREAKING

कोशीमा सत्ता समीकरणको नयाँ संकेत, कांग्रेस नेतृत्वको दाबी किन बढ्दैछ ?

by टाकुरा न्यूज । इटहरी
जेष्ठ ८, २०८३
0

इटहरी : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कोशी प्रदेश सरकारको नेतृत्व अब कांग्रेसले गर्ने दाबी सार्वजनिक गरेपछि सत्ता गठबन्धनभित्रको शक्ति...

जीवित शिशुलाई मृत घोषित गर्ने चिकित्सकलाई काममा रोक, छानविन समिति गठन
समाचार

‘जेनजी’ भन्दै कोशी अस्पतालमा हंगामा गरेपछि… 

by टाकुरा न्यूज । इटहरी
जेष्ठ ८, २०८३
0

विराटनगर : विराटनगरस्थित कोशी अस्पतालमा आफूलाई ‘जेनजी’ समूहसँग आबद्ध बताउँदै चिकित्सक र स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गर्ने एक युवा पक्राउ परेका छन्।...

प्रदेश १ : सभामुखमा माओबादीका गौतमको एकल उम्मेदवारी

नेकपा कोशी संसदीय दल उपनेताको जिम्मेवारी पूर्वसभामुख बाबुराम गौतमलाई 

जेष्ठ ८, २०८३
विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

जेष्ठ ८, २०८३
सोलुखुम्बुमा मनसुनजन्य विपद्‌ प्रतिकार्यसम्बन्धी कृत्रिम घटना अभ्यास 

सोलुखुम्बुमा मनसुनजन्य विपद्‌ प्रतिकार्यसम्बन्धी कृत्रिम घटना अभ्यास 

जेष्ठ ८, २०८३
कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत, २०८५ सम्म भ्रमण वर्ष मनाइने

कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत, २०८५ सम्म भ्रमण वर्ष मनाइने

जेष्ठ ७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशीमा सत्ता समीकरणको नयाँ संकेत, कांग्रेस नेतृत्वको दाबी किन बढ्दैछ ?

जेष्ठ ८, २०८३
जीवित शिशुलाई मृत घोषित गर्ने चिकित्सकलाई काममा रोक, छानविन समिति गठन

‘जेनजी’ भन्दै कोशी अस्पतालमा हंगामा गरेपछि… 

जेष्ठ ८, २०८३
प्रदेश १ : सभामुखमा माओबादीका गौतमको एकल उम्मेदवारी

नेकपा कोशी संसदीय दल उपनेताको जिम्मेवारी पूर्वसभामुख बाबुराम गौतमलाई 

जेष्ठ ८, २०८३
विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

जेष्ठ ८, २०८३



लाेकप्रिय

  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1414 shares
    Share 566 Tweet 354
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    624 shares
    Share 250 Tweet 156
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    604 shares
    Share 242 Tweet 151
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    514 shares
    Share 206 Tweet 129
  • इटहरी निवासी अधिकारीको नियात्रा सार्वजनिक 

    375 shares
    Share 150 Tweet 94

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.