इटहरी : जेन–जी पुस्ताले आयोजना गरेको विरोध प्रदर्शनले इटहरी उपमहानगरपालिका कार्यालय र वरपरको भवनमाथि प्रत्यक्ष असर पुर्याएको छ ।
प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले हवाइ फायर गर्दै दर्जनौं राउण्ड गोली प्रहार गरेको प्रहरी स्रोतले जनाएको छ ।
प्रदर्शनकारीहरूले उपमहानगरपालिकाको परिसरमा प्रवेश गर्ने प्रयास गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो । तर, प्रदर्शनकारीहरूले बहुउद्देश्यीय सहकारीको भवनमा ढुंगामुढा गर्दै तोडफोड गरेका छन् ।
यसैबीच पूर्व–पश्चिम राजमार्ग केहीबेर पूर्ण रूपमा अवरुद्ध भएको छ ।
स्थानीय प्रशासनले सुरक्षा बढाएको छ र स्थिति नियन्त्रणमा लिन प्रयास भइरहेको छ ।














Discussion about this post